कैलासबावु श्रेष्ठ/गोरखा
असार ६ गते । महोत्तरीमा विषाक्त मदिरा सेवन गरेका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी ससौला–६ का रामबृक्ष मल्लिक डोम, प्रकाश डोम र गौशाल–७ का पन्त मल्लिक रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
मदिरा सेवनबाट गम्भीर विरामी भएका औरी–३ का बद्री मल्लिक डोम र विनोद महराको रामगोपालपुर स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । नेपाल भारत सिमा क्षेत्रमा भारतले मदिरा निषेध गरेपछि भारतीयहरु मदिरा सेवन गर्नकै लागी नेपाली सिमामा रहेका पसलहरुमा आउने क्रम पछिल्लो समय बडेका थियो ।
नेपाली सिमा क्षेत्रमा मदिरा व्यापार व्यवसाय र मदिरा सेवन गर्नेहरुप्रती नेपाल प्रहरीले ध्यान नदिएकोले सस्तो घटना घटेको स्थानीयले आरोप लगाएका छन । मदिरा सेवन बाट मृत्यु हुनेहरुको शव रामगोपालपुर स्वास्थ्यकेन्द्रमा राखिएको छ । भने मदिरा बेच्नेहरु फरार रहेको र खोजी भैरहेको प्रहरीले बताएको छ ।
बिषाक्त मदिरा सेवनका कारण तिन जनाको मृत्यु
बिषाक्त मदिरा सेवनका कारण तिन जनाको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


