×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कैलाश यात्राका लागि पर्यटकको चाप नेपालगन्जमा

  •  
  • शनिबार, असार ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आज मात्रै सिमकोटका लागि ३५ उडान, साघुँरो भयो विमानस्थल

    – शब्द/तस्विर: जनक नेपाल , काठमाडौं

    असार ४, २०७३- नेपालगन्जबाट मुस्किलले एउटा वा दुई वटा उडान हुने हुम्लाको सिमकोट विमानस्थलका लागि शनिवार ३५ उडान भएका छन् । साँझ करिब ६ बजेसम्म ती उडानहरु भइरहे ।

    हावाको चापले मध्यान्हपछि उडान नहुने सिमकोटका लागि शुक्रवारपनि साँझ ५ बजे सम्म २१ वटा उडान भएको थियो । तैपनि, ट्राभल एजेन्सी र एअरलाइन्सहरुको सेवा अपर्याप्त भईरहेको छ । सयौं यात्रुहरु तिब्बतको मानसरोवर(कैलाश पर्वत)  जाने पालो कुरेर नेपालगन्जका होटलहरुमा बसिरहेका छन् । भारतीय पर्यटकले भरिभराउ विमानस्थल साँघुरो भएको छ ।

    मौसमी प्रतिकूलताले चाहे जति उडान हुन सकेका छैनन । त्यसमाथि सोमवारको पूणिर्मामा कैलाश दर्शन गर्न चाहने भारतीय धार्मिक पर्यटकको भीड थामिनसक्नु छ । नेपालगन्जका स्तरीय कुनै पनि होटलमा खाली कोठा छैन ।

    मौसमी प्रतिकूलताले बेलैमा उडान नहुँदा तिर्थयात्रीहरु विमानस्थलमै विश्राम गरिरहेका छन् । कोही छिटो उड्न कामना गर्दै भजनर्कितन गरेको भेटिन्छन् । तारा, सिता, गोमा, सिमि्रक र मकालु एयरलाइन्सले सकेको जति उडान गर्दा पनि यात्रुहरु नेपालगन्ज र सिमकोटमा रोकिएर बस्नुपर्ने अबस्था आएको छ ।


    दुई साताअघि भारतीय दुतावासले चीनको मानसरोवर कैलाश यात्रामा जाने आफ्ना नागरिकका लागि ‘ट्राभल एडभाइजरी’ जारी गर्दै सावधानी अपनाउन अपिल गरेको थियो । तर, कैलाश परिक्रमा गर्न जाने भारतीय पर्यटकको संख्या बढेको-बढ्यै छ ।

    १८ पर्यटन कम्पनीहरुले झण्डै ८ हजार तिर्थयात्रीलाई यो बर्ष मानसरोवर कैलाश दर्शन गराउादैछन् । यसअघि बुद्धपूणिर्मामा कैलाश दर्शन गर्न सबैभन्दा धेरै भिड लागेको थियो । जुन महिनाको पूणिर्माका लागि २५ सय जनाले बुकिङ गरेको पर्यटन व्यवसायीले बताएका छन् । मे देखि सेम्टेम्बर मानसरोवर दर्शनको मुख्य मौसम हो ।

    गत बर्षको भूकम्पपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द गरेपछि कैलाश जाने सबै तिर्थयात्रीहरु नेपालगन्ज-सिमकोट-हिल्सा रुटबाट जान थालेका हुन् । अघिल्ला बर्षहरुमा झण्डै १५ हजार भारतीय पर्यटकले कैलाश दर्शन गर्थे । त्यसमध्ये हुम्लाहुँदै एक हजार पाँच सय जति पर्यटक मात्र जान्थे ।सिमकोटबाट पर्यटकहरु हेलिप्टरबाट हिल्सा पुगेर चीनको सीमा प्रवेश गर्छन ।

     



    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.