कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३२ गते । गोरखाको बेनीघाट पुल बाट पानीमा हामफाल्दा एक बृद्वको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार गोरखा जिल्लाको ताप्ले गाउँ बिकास समिति ७ मा बसोबास गर्ने ७६ बर्षिय डिल्लीराम भट्टले नामजुङ्ग गाबिसमा रहेको बेनीघाट पुलबाट हामफाल्दा गण्डकीले बगाएर भट्टको मृत्यु भएको हो ।
भट्टले पुलमाथी बाट हामफालेको सुचना प्रहरीलाई प्राप्त हुनासाथै प्रहरीले गोरखा र धादीङ्गको दुवै किनारमा उनको खोजी गरेको थियो । मृक्तक भट्टको लास धादिङ्गको मैदी गाबिस ९ को गजियार भन्ने स्थानमा फेला परेको थियो ।
मृक्तक भट्टले पुल बाट हामफाल्नु अघि पुलमा खोली छाडेको कपडा समेत प्रहरी फेला पारेको थियो । घटनाका बिषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ ।
पानीमा हामफाल्दा एक बृद्वको मृत्यु
पानीमा हामफाल्दा एक बृद्वको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















