कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ ३२ गते । गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलीकमको टावर मर्मत गर्ने क्रममा टावरबाट खसेर हुवावे कम्पनी बाट आएका अनिल ताम्राकारको मृत्यु भएको छ ।
गोरखाको आरुचनौटे गाउँ बिकास समिति १ को आरुघाट बजारमा रहेको टावरमा खराबी आए पछि राजधानी देखी मर्मतका लागी आएका थानकोट निवासी २४ बर्षका अनिल ताम्राकार टावरबाट खसेर गंभिर घाइते भएका थिए । घाइते ताम्राकारलाई सामान्य उपचार पछि थप उपचारको लागि राजधानीको न्यूरो अस्पताल भर्ना गरीएको भएता पनि उनको उपचारकै क्रममा मृत्यू भएको थियो ।
टावरको २० मिटर उचाई बाट खसेका ताम्राकारको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
टावर मर्मत गर्दा मृत्यु
टावर मर्मत गर्दा मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



