×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मानब अधिकार समितिद्वारा अलपत्र कामदारलाई राहत

  •  
  • बुधबार, जेठ २६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – होम कार्की, दोहा
    ४४ स्थित क्याम्पमा कतार मानब अधिकार समितिको पहलमा जुटेको राहत लिंदै पीडित कामदार । उसले २०८ बोरा चामल उपलब्ध गराएको थियो ।

    जेष्ठ २६, २०७३- कतारको इल्युसिड इलोक्ट्रो मेकानिकलमा कार्यरत २०८ कामदारलाई कतारको राष्ट्रिय मानब अधिकार समितिको पहलमा राहत उपलब्ध गराइएको छ । जसमा एकसय ८५ जना नेपाली कामदार छन् ।

    पीडित कामदारलाई कतारबाट स्वदेश नफर्केसम्मको लागि भोकै बस्न नपरोस् भनेर समितिले मंगलबार राहत सामग्री उपलब्ध गराएको हो । उसले प्रति कामदार १८ केजीको चामल उपलब्ध गराएको हो । समितिले बाँकी आवश्यक खाद्यान्य सामग्री तुरुन्त उपलब्ध गराउने बताइएको छ ।

    पीडित कामदारले खाद्यान्य तथा राहत सामग्री उपलब्ध गराउन र तुरुन्त स्वदेश उद्दार गरेर पठाउनका लागि गत बिहीबार मानब अधिकार समितिलाई अनुरोध गरेको थियो । समितिले उनीहरुलाई उद्दारको लागि आबश्यक कार्य भइरहेको जनाएको छ ।

    त्यसअघि हिमालयन युबा एसोसियसनले ४० बोरा चामल, ३ बोरा दाल, ६० किलो मासु, तेल, तरिकारी लगायतका अत्यावश्यक खाद्यान्नहरु सहयोग गरेको हो ।

    नेपाल फर्कने पर्खाइमा रहेका कामदारहरुलाई खानका लागि समस्या परेको खबर पाएपछि एभरेष्ट युथ एसोसियसन कतारले सहयोग गरेको एसोसियसनका अध्यक्ष उत्तम गुरुङ्गले बताए ।

    गैरआवासीय नेपाली संघका आइसीसी सदस्य आरके शर्मा, मध्यपूर्व उपसंयोजक उमेश अधिकारी, व्यबसायी अब्दुल बासिदलगायतकाले पनि राहत उपलब्ध गराएका थिए ।

    पीडित कामदारले आफ्नो उद्धारको लागि ढिलाई भएको दुख ब्यक्त गरेका छन् । पीडितले गत फेबुअरीदेखि तलब पाएको छैनन् ।

    गत जनवरी महिनायता तलब नपाएका उनीहरुलाई कम्पनीले गएको अप्रिल १० बाट काम दिएको छैन । ‘जति दिन लम्बिंदै गयो । त्यति नै हाम्रो अवस्था जटिल बन्दै छ’, कम्पनीको क्याम्प इन्र्जाज रहेका शेर्पा भन्छन्,‘अहिलेसम्म त हामी खानाको समस्या भोग्दै छौं । त्यो त जुटिरहेको छ । क्याम्पको मालिकले भाडा नपाएको धेरै महिना भइसकेको छ । उसले छिट्टै नगए क्याम्पको बत्ती र पानी काटिदिने बताएको छ ।’

    कम्पनीका जिम्मेवार ब्यक्ति कामदारको सम्र्पकमा छैनन् । ‘हामीलाई कसले स्वदेश पठाइदिन्छ भनेर हामी निकै चिन्तामा छौं’, लम्जुङका कुमार दमाईले भने,‘आफूसँग भएको पैसा खाएर सिध्दियो । अहिले चिनजानका साथीहरुबाट खानाको जोहो भइरहेको छ ।’

    एकसय ८५ जना मध्ये सबै स्वदेश फिर्न चाहेका छन् । दुई वर्षदेखि कार्यरत दाङका ओभीराम बिक भन्छन्,‘पाउनुपर्ने तलब पाइदिए हुन्थ्यो । यहाँ बसेर मुद्दा लड्ने बाताबरण देखेको छैन ।’

    दुताबासले गम्भीरता नदेखाएकोले समस्या लम्बिरहेको पीडितहरु बताउँछन् । ‘म हरेक दिनजसो फलोअपको लागि दूताबास पुगेको हुन्छु । मेरो साथीहरु पनि गइरहेको छ’, शेर्पा भन्छन्,‘सधै उही अबस्था देख्छु । ठोस प्रगति देख्दिनँ ।’

    कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले पीडितलाई उद्दारको लागि दूताबासले काम गरिरहेको बताए । ‘कुटनीति निकायले काम गरिरहेको छ । यस सम्बन्धी छिट्टै नतिजा निस्कन्छ’, उनले कान्तिपुरलाई भने,‘जहाँ गएर भन्नुपर्ने हो त्यहाँ गएर हामीले पहल गरेका छौं ।’

    पीडित कामदारले कतारको मानब अधिकार समितिमा स्वदेश पठाइदिन र खानाको लागि ब्यबस्था गर्न गत बिहीबार निवेदन दिएका छन् । ‘समितिले कतारी निकायसँग समन्वय गरी छिट्टै समाधान गर्ने आश्वासन दिएको छ’, शेर्पाले भने,‘यो तत्काल समाधान भइदिए हामीलाई ठूलो राहत मिल्ने थियो ।’

    त्यस कम्पनीमा चालक, लेबर, कारपेन्टर, स्टिल फिक्सरलगायतको काम गर्ने नेपाली कामदार छन् । जसमा तीन हजारदेखि १५ हजार रियालसम्म तलब पाउँन बाँकी छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.