×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘बेटी बचाओ बेटी पढाओ’ मोटरसाइकल यात्रा काठमाडौंबाट

  •  
  • मङ्गलबार, जेठ २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चन्द्रशेखर अधिकारी, काठमाडौं

    जेष्ठ २४, २०७३- दक्षिण एसियाली मुलुकहरुको केन्द्रको रुपमा रहेको काठमाडौंबाट चार भारतीय चेलीले ‘बेटी बचाओ बेटी पढाओ’ अभियान आरम्भ गरेकी छन् । लैनचौर स्थित भारतीय दूतावासबाट उनीहरुको मोटर बाइक यात्रा आरम्भ भएको हो । उनीहरुले छोरीलाई बचाउने र उच्च शिक्षा दिलाउने अभियान प्रवर्द्धनको लागि यस्तो साहसिक यात्रा आरम्भ गरेका हुन् ।

    उनीहरुले काठमाडौंबाट मोटरसाइकल यात्रा आरम्भ गरेका हुन् । उनीहरुले आफ्नो यात्रा सार्क अध्यक्ष मुलुक नेपालको काठमाडौंबाट आरम्भ गर्दै दक्षिण एसिया तथा दक्षिण पूर्वि एसियाली मुलुक भारत, बंगलादेश, भुटान, म्यानमार, थाइल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, मलेसिया र सिंगापुर पुग्ने बताएका छन ।  यात्रा ३६ दिनमा पुरा गर्ने समेत बताएका छन् ।

    साइकोलोजीमा विद्यावारधी गरेकी डा. सारिका मेहताको नेतृत्वमा उक्त टोली काठमाडौं आएर आफ्नो मोटरसाइकल यात्रा आरम्भ गरेको हो । उनीहरुले नेपाल दक्षिण एसियाको हव भएको कारण यहाँबाट यात्रा आरम्भ गरेको समेत जानकारी दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको मुख्यालय काठमाडौंमा रहेकोले नेपाल यस क्षेत्रको केन्द्रको रुपमा लिइन्छ ।

    मेहता गुजरात राज्यबाट बेटी बचाऔ बेटी पढाऔ अभियानको ब्रान्ड एम्वास्डर समेत रहेकी उनले यस क्षेत्रमा छोरीलाई जन्म नदिने, जन्मिए पनि छोरा सरह हेरचाह नगर्ने जस्ता पुरानो सोचाई अझै बाँकी रहेको भन्दै यसको परिवर्तनको लागि अभियान थालिएको बताएकी छन् ।

    उनले हिमाल आरोहण र अन्य विभन्न युरोपेली मुलुकमा पनि मोटरसाइकल यात्रा गरेकी जानकारी दिइएको छ । मेहतासँग युग्मा देसाई पनि छिन् । उनी इन्टेरियर डिजाइनर हुन । उनले यस अघि पनि यस्तो अभियना आफैले संचालन गरेकी थिइन । सडक सुरक्षा, लागू औषधको उपयोग नगरौ, सामाजिक सदभाव कायम राखौ लगायतको अभियानमा थिइन । ख्याती एन देसाई अर्की सहभागि हुन् । उनी मानव संसाधान विकासमा स्नाकोत्तर रहेकी उनी आफ्नो छोरीलाई समय दिन पर्नेमा जोड दिइएको छ ।

    एक बच्चाकी आमा समेत रहेकी डुरिया एम तपि पनि यो यात्रामा छिन । उनले ३० हजार भन्दा बढी यस्तो यात्रा गरिसकेकी छन । क्लव बाइकिङ क्विनको सदस्य समेत हुन् । भारतीय राजदूत रणजित रायले उनीहरुको मोटरसाइकल यात्रा आरम्भ गराउदै यो राम्रो काम भएको बताउदै सफलताको कामना गरेका थिए । दूतावास परिसरमा उनीहरुलाई एक औपचारिक कार्यक्रम नै गराएर यात्रा र अभियानको सफलताको शुभकामना दिइएको थियो । यस्तै अभियानले समाजमा परिवर्तन ल्याउने भन्दै राजदूत रायले उनीहरुलाई हौसला बढाउने काम गरेका थिए । उनीहरुको यात्राले यस क्षेत्रको जनस्तरको सम्वन्धलाई पनि माथि उठाउने बताइएको छ । साहसिक महिलाहरुको यो कार्यले निकै ठूलो उत्साह यसमा मिलेको पनि बताइएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.