×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

शिक्षा र पुर्ननिर्माणमा सहयोग गर्न कतारका गोर्खालीद्धारा २८ लाखको अक्षयकोष

  •  
  • सोमबार, जेठ २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गणेश बन्जाडे/घनश्याम पराजुली,दोहा । शिक्षाको अवसरबाट बन्चीत अनाथ असहाय बालबालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्याउने । प्राकृतिक दैविक प्रकोपबाट क्षतीग्रस्त सामाजिक भौतिक संरचनाको पुर्ननिर्माणमा सहगोग गर्ने उद्धेश्यका साथ पछिल्लो समयमा खटिरहेको गोरखा सेवा समाज कतारले अनन्तः रु २८ लाख बराबरको अक्षयकोषको स्थापना गर्ने भएको छ ।

    ‘तन ,मन, वचन र कर्मले सेवा गरौ’ भन्ने मुल नाराका साथ सन् २००३ मा कतारमा स्थापना भएको यस संस्थाले आफ्नो नारालाई काम गरेर सावित गरेको हो । सानो योजनाका साथ अक्षयकोष सहयोग संकलनमा जुटेको संस्थाले जिल्लामा रु २८ लाखको अक्षयकोषको स्थापना गर्ने पक्कापकी गरेको छ । अहिलेसम्म २८ लाख संकलन भईसकेको छ भने अझै अक्षयकोषको रकम थपिने बताईएको छ ।

    गत शुक्रबार सनैयाको एसियाना टाउनमा अक्षयकोषका लागी सहयोग गर्ने सहयोगीहरुलाई संस्थाले सम्मान समेत गरेको छ । गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको प्रमुख अतिथीमा गैर आवासीय नेपाली संघ , अन्तराष्ट्रिय सम्वन्य परिषदका उपाध्यक्ष कुमार पन्त  रहेका थिए । गोरखा फुजेलका उनी आफ्नै जिल्ला संस्थाले आयोजना गरेको कार्यक्रममा जर्मनीबाट विहिबार कतार आएका हुन । कार्यक्रममा बोल्दै पन्तले विदेशमा बसेर पनी संस्थाले आफ्नै जिल्ला गोरखाको लागी सहयोग जुटाएकोमा खुसी प्रकट गरे । भुकम्पको मारमा परेको गोरखा जिल्ला धेरै कुराहरुबाट बन्चित भईरहेको अवस्थामा कतारको सहयोग अमुल्य रहने उनको भनाई थियो । विदेशमा रोजगारमा आउने नेपालीहरुलाई अव आफ्नै देशका लागी काम गर्ने वातावरणको खोजी हुनु जरुरी रहेको बताए । उनले कार्यक्रममा रु ५ लाख सहयोगको घोषणा गरेका थिए । एनआरएनएको सन्र्दभका बोल्दै उनले संस्थागत रुपमा नेपाल सरकारलाई बैदेशिक रोजगारमा जाने कामदारहरुको विषयमा घच्घचाही रहेको बताए ।

    प्रवासको ठाउँमा रहेर गोर्खाली युवाहरुको अथक प्रायसमा स्थापना गर्न लागीएको अक्षयकोषका सहयोगीहरुको सम्मान कार्यक्रममा गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठको समेत उपस्थिती रहेको थियो । विशेष अतिथी श्रेष्ठले विदेशमा रहेर पनी स्वदेशी भुमीको सहयोगमा जुटिरहेका गोर्खालीहरुलाई धन्यवाद दिए । नेपालमा पारदर्षी रुपबाट यो अक्षयकोष सम्बन्धी ठाउँमा उपयोग गर्ने उनले बताए । कार्यक्रममा सबै देशका गोर्खालीहरुलाई एकजुट हुदै सामाजिक काममा अग्रसर रहन उनले आग्रह गरे ।

    दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रममा गतसालको बैशाखमा भुकम्पमा परि ज्यान गुमाएका साथै कतारमा कामको शिलशिलामा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो । संस्थाका उपाध्यक्ष राकेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव राजेश्वर ढकालले सन्चालन गरेका हुन । अक्षयकोष स्थापनाका लागी रु  ५ हजार देखी १० हजार सम्म सहयोग गर्ने सहयोगीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै रु १० हजार  एक देखी २५ हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्र , रु २५ हजार एक देखी ५० हजार सहयोग गर्नेलाई ताम्रापत्रद्धारा साथै र रु ५० हजार एक देखी माथी सहयोग गर्ने सहयोगीहरुलाई ताम्रापत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

    सम्मान कार्यक्रमसँगै सांगितिक प्रस्तुतीले कार्यक्रममा रौनक थपेको थियो । किरण लामा, जगत चुनारो, अजय श्रेष्ठ र सिजा राईले नृत्य प्रस्तुत गरेका थिए । राज लामा र शेभा साहनीको युगल नृत्य र टौमाया गुरुङ्गले एकल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमा अंकित परियार , सन्तोष बन्जारा र सिमु गुरुङ्गले सांगीतीक प्रस्तुती राखेका थिए ।

    कार्यक्रमको विशेष अतिथीहरुमा संस्थाका संरक्षक बद्रि प्रसाद पाण्डे र बुधबल गुरुङ्ग , नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश प्रसाद बन्जाडे , पुर्व अध्यक्षहरु आश बहादुर गुरुङ्ग र श्रीकृष्ण भट्टराई , एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारी , आईसीसी सदस्यहरु बिनोद भट्टराई , हंसराज ढकाल र आरके शर्मा , एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग लगायत कतारमा स्थापित विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्था प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन गर्दै सभापती भट्टले विभिन्न समस्याका बाबजुत अक्षयकोष स्थापना गर्नका लागी सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिए ।




    imagenepalnews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.