×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

यातायातमा चीनको सवा ७ खर्ब

  •  
  • बुधबार, जेठ १९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    • तीन वर्षभित्र तीन सय परियोजना सञ्चालन हुने
    • अति पिछडिएका र अति विपन्न क्षेत्रमा रेल र सडक विस्तार
    • सबै जनसंख्यालाई गरिबीको चक्रबाट मुक्त गर्ने सरकारी योजना
    • विकटलाई राष्ट्रिय मूलप्रवाहमा जोड्न सरकार दृढ

    ……………………………….

    बढीभन्दा बढी दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक/रेल सञ्जालमा जोड्न चीनले ठूलो परिमाणको लगानी घोषणा गरेको छ । विकटमा यातायात पहुँच पुर्‍याएर समृद्धिको ढोका खोल्ने सरकारी नीति छ ।

    त्यसका लागि तीन वर्षमा पूरा गर्ने गरी तीन सयवटा नयाँ परियोजनाको खाका तयार पारिएको छ । मुलुकका अति पिछडिएका तथा विपन्न र क्षेत्रीय केन्द्रसम्म सडक/रेल विस्तार गर्ने सरकारी योजना छ । चिनियाँ अधिकारीहरूले चार दशमलव सात ट्रिलियन युआन खर्चिने योजना तयार पारेका हुन्, जसको अमेरिकी मूल्य सात खर्ब २५ अर्ब डलर हुन आउँछ । आगामी तीन वर्षभित्र उक्त रकम खर्च गरिसकेर लक्ष्य चुम्न सरकारले अधिकारीहरूलाई निर्देशन दिएको छ ।

    राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका चेन जियानको भनाइमा उक्त विशाल लगानी गरिबी उन्मुलनको सरकारी लक्ष्यसँग सम्बन्धित छ । चीनले सन् २०२० सम्ममा सबै जनसंख्यालाई गरिबीको रेखामाथि उकासिसक्ने लक्ष्य तय गरेको छ । ‘आवतजावतको विश्वसनीय ढाँचाले मानिसलाई गरिबीको चक्रबाट मुक्त गर्न सहज हुने हाम्रो आशा छ,’ चेनले भने, ‘सोही कारण हामीले ग्रामीण सडक विस्तारलाई नयाँ योजनाको आधार स्तम्भ बनाएका हौं । राष्ट्रिय गतिविधिबाट टाढा रहेका विकट क्षेत्र केही वर्षभित्रै आर्थिक समृद्धिको आधार बन्ने क्रममा छन् ।’

    चीनको फरक भौगोलिक अवस्था, खासगरी मुलुकको दक्षिण र दक्षिणपश्चिमी भागमा ठूलो जनसंख्या अन्य भागको तुलनामा अलगथलग अवस्थामा छ । हालसम्म सरकारी सहयोगबाट उक्त जनसंख्या टाढा छ । सोही कारण विकासको गतिमा समेटिन सकेको छैन ।

    यातायातमा नयाँ लगानी योजना चीनमा मुख्य केन्द्रसम्म सर्वसाधारणको पहुँच विस्तारमा केन्द्रित छ । खासगरी याङ्जी र पर्ल नदीको तटीय क्षेत्रमा बसेका सहरहरूबीच अन्तरसम्बन्ध विस्तारमा उक्त योजना लागू हुनेछ । राजधानी बेइजिङबाट तियान्जिन नगर हुँदै हेबेई प्रान्त जोड्ने सरकारी योजना तीव्र गतिमा अगाडि बढेको छ ।

    एक क्षेत्र एक सडकको महत्त्वाकांक्षी परियोजना अगाडि सारेर चीनले संसारभर आफ्नो पहुँच विस्तारको रणनीति तय गरेको छ । यस्तै प्राचीन सिल्क रोडलाई पुन:स्थापित गरेर आर्थिक समृद्धिको ढोका खोल्ने योजनामा चीन छ । आफ्नो त्यस दूरगामी लक्ष्यलाई चुम्न आन्तरिक पहुँच विस्तार र गरिबीको चक्रबाट जनतालाई मुक्ति दिने चट्टानी अडान चिनियाँ सरकारले लिँदै आएको छ ।

    असन्तुष्टि र निरासाबाट मुक्त भएर सबै जनसंख्या आर्थिक उपार्जन र उत्पादनमा केन्द्रित हुने आशामा सरकार देखिन्छ । हिमालपारिको कठिन मरुभूमिलाई हराभरा र उत्पादनयोग्य बनाउन चीनले गरिरहेको प्रयास त्यसको एक आधार हो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    अभिनेत्री केली हटलको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.