×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

स्थानीय चुनाव नगराउनु मानव अधिकार हनन: बेलायती प्राध्यापक

  •  
  • मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – कान्तिपुर संवाददाता , लन्डन

    जेष्ठ १८, २०७३- नेपालबारे जानकार एकजना ब्रिटिस प्राध्यापक डा. डेभिड गेलनरले नेपालमा गएको १९ वर्षदेखि स्थानीय निकायको चुनाव नगराउनु मानव अधिकारको हनन भएको जनाएका छन्।

    इन्टरनेशनल सोलिड्यारिटी नेपाल यूकेशाखाद्वारा सोमबार लण्डनमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै संसारकै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. गेलनरले संघीयतामा जाने नाममा स्थानीय निकायको चुनाव रोक्नु कुनै पनि हालतमा उपयुक्त नहुने बताए। उनले अहिले तुरुन्तै जिल्लास्तरसम्मको चुनाव गराउन नसके गाउँ र नगरपालिकाहरुको चुनाव अविलम्ब गराउन सुझाव पनि दिए।

    नेपाली भाषामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक गेलनरले संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, जर्मनी जस्ता विकसित मुलुकहरुमा संघीयता रहेको चर्चा गरे। ‘ब्रिटेन एउटा संघीय राज्य भएर पनि यहाँ कोही पनि संघीयताको बारेमा चर्चा गर्न चाहंदैनन्। संघीयता देश बनाउने एउटा उपाय हो, यसले विखण्डन गर्दैन,’ डा. गेलनरले भने।

    उनले अधिकांश नेपालीहरु जातीय संघीयता र पहिचान सहितको संघीयताका बारेमा अलमलमा परेको भन्दै अहिले नेपालमा जातीय संघीयताको वकालत गर्ने कुनै दल नरहेको दावी पनि गरे। संघीयतामा जाँदा प्रदेशहरुलाई कुन कुन अधिकार दिने भन्नेबारे विचार नगरिएको भन्दै डा. गेलनरले संघीयताबारेको अहिलेको वहस ‘यो गिलास आधा खाली छ वा आधा भरी छ’ भनेजस्तै भएको बताए।

    ‘संघीयता र नेपालमा आदिवासी प्रश्न’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अक्सफोर्ड विश्वविद्यालयसंग सम्वद्ध एकजना अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले माओवादी सशस्त्र युद्धपछि आदिवासी, जनजाति हकको विषय मूलधारमा आएको बताए। उनले अन्तर्राष्ट्रिय श्रम संगठनको धारा १६९ ल्याटिन अमेरिकी देशहरुमा औपनिवेशिक मुलुकहरुले स्थानीय वासिन्दाहरुलाई गरेको शोषणको पृष्ठभूमिमा आएको तर नेपालको सन्दर्भ त्यो भन्दा बेग्लै रहेको पनि बताए। भारत, चीन र बंगलादेशमा देशका सबै वासिन्दाहरु आदिवासी हुन् भन्ने भनाइ आइरहेको बेला नेपाल पनि सोही दिशातर्फ जान लागेको जस्तो देखिएको उनले बताए।

    हाल ब्रिटेनको एसेक्स विश्वविद्यालयमा अनुसन्धान गरिरहेकी मानवअधिकारकर्मी मन्दिरा शर्माले नेपालको नयाँ संविधानले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको तर नागरिकले तिनको उपभोग गर्न नपाएको अवस्थामा कानुनी रुपमा कसरी त्यसको प्रत्याभूति गराउने भन्ने प्रश्न बाँकी नै रहेको बताइन्। उनले नेपालको संविधानलाई एउटा प्रगतिशिल दस्तावेज भन्दै महिला, मधेसी जस्ता समुदायको हकमा भने वर्तमान संविधान अन्तरिम संविधान भन्दापनि अनुदार रहेको बताइन्।

    दोस्रो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै सेन्टर फर नेप्लीज स्टडिज यूकेसँग सम्वद्ध एकजना अनुसन्धाता डा. चन्द्र लक्सम्बाले पूर्वका नौवटा जिल्लामा एउटा दीगो संघीय राज्य हुने आधार रहे पनि पांचथर, ताप्लेजुङ र तेह्रथुम लगायत ती कुनै पनि जिल्लामा लिम्बुहरु बहुमतमा नरहेको बताए। ‘सो प्रान्तमा चुनाव भयो भने लिम्बुहरुले बहुमत ल्याउने आधार छैन्,’ डा. लक्सम्बाले भने।  गएको ४० वर्षदेखि गाउँ नगएका नेताहरुले काठमाडौंमा बसेर लिम्बुवानको नारा लगाइरहेको भन्दै उनले गाउँघरमा यो कुनै मुद्दा नै नरहेको बताए। उनले बहुसांस्कृतिक नेपाली समाजमा संगै मिलेर बस्नुको कुनै विकल्प नरहेको पनि उल्लेख गरे ।

    ‘संघीयता, महिला र नागरिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लण्डन स्कुल अफ इकोनोमिक्समा अध्यापनरत डा. पुनम यादवले नयाँ संविधानले नागरिकता सम्वन्धि मामिलामा पुरुषको तुलनामा नेपाली नारीविरुद्ध अझैपनि भेदभाव गरेको बताइन्। महिलाहरुलाई अझै पनि दोश्रो दर्जाको नागरिककोरुपमा व्यवहार गरिएको भन्दै उनले महिलाको शरीरलाई राजनीतिक उद्देश्य पुरा गर्न उपयोग गर्न नहुनेमा जोड दिइन्।

    अन्तिम सत्रमा ‘संघीयतामा स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै ब्रिटेनको लिभरपुलस्थित जोन मुर्स विश्वविद्यालयमा जनस्वास्थ्य विषयका प्राध्यापक तथा सहायक डीन पदम सिंखडाले ५० वर्ष अघि नेपालमा कुनै स्वास्थ्य प्रणाली नै नरहेको र त्यसको तुलनामा अहिले देशभरि नै स्वास्थ्य सेवा पुगेको बताए। तर पनि संघीयतामा गइसकेपछि स्वास्थ्य सेवालाई कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्ने प्रमुख चुनौती रहेको उनले बताए। ५० लाख तिरेर एमबीबीएस गरेका डाक्टरको ध्यान आफ्नो लगानी कसरी उठाउने भन्नेनै हुने भन्दै उनले बिरामी तथा चिकित्सकबीचको ठूलो खाडल नेपालको स्वास्थ्य प्रणालीको एक प्रमुख समस्या रहेको पनि बताए।

    कार्यक्रममा डा. भरत सिंखडा, डा. कृष्ण उपाध्याय, डा. पुरुषोत्तम पौडेल, डा. विनोद घिमिरे, विनोद न्यौपाने, भगवती पाण्डे लगायतले नेपालमा संघीयताका विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए।

    कार्यक्रमआयोजक संस्था इन्टरनेशनल सोलिड्यारिटी नेपाल यूकेशाखाका डा. कृष्ण उपाध्यायले नेपालमा र नेपाल बाहिर पनि कुनै दल विशेषसँग नजिक रही समसामयिक विषयमा छलफल गर्ने प्रचलन रहेकोमा नेपालसँग सम्वन्धित जल्दाबल्दा विषयमा प्राज्ञिक दृष्टिकोणबाट वहस अगाडि बढाउने उद्देश्यले सो कार्यक्रम गरिएको बताएका थिए।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.