×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘बजेटको तथ्य चुहिएको भए अर्थमन्त्रीले राजीनामा देऊ’

  •  
  • मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :रफत क्लबमा बोल्दै बिजुक्छें । तस्बिर: अन्नपूर्ण
    ओली सरकार ढाल्न भारतीय राजदूतसहितको चलखेल
    भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बजेटको सूचना चुहिएको हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।
    रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले बजेट आउनुअगावै विभिन्न स्थानमा बजेटबारे जानकारी हुँदा विभिन्न क्षेत्रका ब्यक्तिहरुले लाभ लिएको भन्दै नैतिकताका आधारमा अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।
    ‘बजेटको सूचना चुहिएको बारेमा कांग्रेसले संसद् अवरोध गर्नु जायज हो’, उनले भने, ‘यदि कांग्रेसले भने जस्तै हो भने नैतिकताको आधारमा अर्थ मन्त्रीले पद छाड्नुपर्छ ।’
    उनले अहिलेको बजेट बिदेशी सहयोग र अनुदानमा निर्भर भएको पनि बताएका छन् ।
    वर्तमान बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा विदेशीको सहयोगमा आएकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भरता पनि बढाउने उनको तर्क थियो ।
    सरकार परिवर्तनका लागि भारतसहितका राजदूतहरुको चलखेल सुरु भएको भन्दै बिजुक्छेंले कांग्रेस, मधेसबादी र राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुको समिकरणमा सरकार निर्माणको प्रयास जारी रहेको बताए ।
    उनले भारत लगायत युरोपियनका देशसमेत नेपालमा नाम मात्रका बामपन्थीको सरकार परिवर्तनमा लागिरहँदा एमालेले यही सरकारमा कांग्रेस लगायत अन्य दललाई समेट्ने प्रयासमा लागेको समेत टिप्पणी गरे ।
    स्थानीय निर्वाचन गरे संघीयता ओझेलमा परेर लाभ लिन नपाउने चिन्ताले भारतले तत्कालै निर्वाचन गर्न बाधकको भूमिका खेलेको उनले आरोप लगाए ।
    उनले अहिलेको संसद्लाई सांसद्हरुको राय विचार लिएर छलफल गर्न नसक्ने र ठूला दलहरुको कुर्सी हान्ने थलोको संज्ञा दिँदै नेपालीमाझ विश्वास हराउँदै गएको बताए ।
    भारतले गरेको प्रत्यक्ष हस्तक्षेपलाई लिएर पछिल्लो समयमा ‘चाइना कार्ड’ को बिषय उठान गरेता पनि चीन नेपालको असल छिमेकीको भूमिकामा देखिएकाले नेपालको अहितमा नजाने भन्दै चाइना कार्डको बिषय उठान गलत भएको उनको भनाइ छ ।
    बिजुक्छेंले स्थानीय निवार्चन वर्तमान सरकारले तोकेको मितिमा सम्पन्न गर्न संसद्मा बिधेयक प्रस्ताब पारित गरेर अगाडि बढेमात्र सम्भब रहेको बताए । उनले यसो नभएसंघीय संरचनाका कारण पाँच वर्षसम्म पनि स्थानीय निर्वाचन हुन नसक्ने बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.