×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सांसद कोषको रकम कार्यकर्तालाई बाडिँदै

  •  
  • शनिबार, जेठ १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    गोरखा: राज्यको ढुकुटी आफ्ना कार्यकर्तालाई बाँड्ने बानी परेका सांसदहरु यो वर्ष पनि सांसद बर्षेनी भत्ता बढाउनु पर्ने माग गर्ने गर्छन्। हाल आफ्नो निवार्चन क्षेत्रमा बाँडफाड गर्न हरेक सांसदलाई २० लाख रुपियाँ दिने व्यवस्था छ।
    उनीहरुको नाममा जिल्लामा खर्च गर्न दिइएको रकम आफै संवद्ध तथा आफ्नो पार्टीका जिल्लास्तरका नेता कार्यकर्ता संवद्ध संघसंस्थालाई बाँडेर सक्ने गरेका छन्।
    निर्बाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन कार्यविधि) नियमावलीमा कुनै राजनीतिक दल वा तिनीहरुका भातृसंस्था वा ब्यक्तिलाई दिन पाइने छैन भनी उल्लेख भएपनि अधिकांश सांसदहरुले कार्यकर्तालाई बाँडेर २० लाख सक्ने गरेका छन्।
    जिल्लाका विकास समितिमा सांसदका एजेण्टले सो रकम बाँडफाँड गर्न पेश गरिएको विवरणमा ९० प्रतिशत भन्दा धेरै रकम पार्टीका नेता कार्यकर्ता रहेको संघसंस्थालाई प्रदान गर्ने उल्लेख छ।
    कार्यविधिको उपनियम १ ख मा कम्तीमा ५० प्रतिशत रकम पूर्वाधार निर्माणमा गर्ने गरी छनौट गर्नुपर्छ भनिएको छ। तर सभासद कृष्ण धितालले बिभिन्न १० योजनामध्य नौ वटा शीर्षकको रकम कार्यकर्ता मात्र रहेका संघसंस्थालाई दिएका छन्।
    सचेतना कार्यक्रम, अन्तरक्रिया, नेतृत्व विकास गर्न, खेलकुद सामग्री खरिद गर्नमा मात्र सांसद कोषको रकम खर्च गरिएको छ। भद्रकाली माविको भौतिक पूर्वाधार शीर्षकमा मात्र दुईलाख रुपियाँ बिनियोजन गरिएको छ।
    त्यस्तै अर्का सभासद छमबहादुर गुरुङले उनको कोषको २० लाख रुपियाँमध्य संबिधान अनुशिक्षण, आमा समूह, युवा क्वल, सहकारी खेती तालिम, सहिद तथा बेपत्ता परिवार बीच अन्तरक्रिया, खेलकुद सामग्री खरिद, कृषक समूह, जडिबुटी सम्बन्धी सचेतना लगायतका शीर्षकमा खर्च गरेका छन्। १३ वटा बिभिन्न शीर्षक मध्य चार वटा शीर्षकमा तीनलाख रुपियाँ मात्र पूर्वाधार निर्माणमा खर्च गरिएको छ।
    त्यस्तै सांसद हितराज पाण्डेले आफ्नो कोषको २० लाख रुपियाँ पनि कार्यविधिको बेवास्ता गरी सिध्याएका छन्। बिभिन्न १२ वटा शीर्षक मध्य कार्यकर्ताहरु रहेको छवटा बिभिन्न क्लवलाई खेलकुद सामग्री, भेषभुषा खरिद गर्न बाँडेका छन्।
    त्यस्तै तीन वटा सहिद, बेपत्ताको शीर्षमा खर्च गरिएको छ भने एउटा सडक निर्माणमा दुई लाख खर्च गरिएको छ। सभासद कमला पन्तले बिभिन्न १२ वटा शीर्षकमा खर्च गरेको २० रुपियाँ मध्य आठ वटा शीर्षक आफ्नै कार्यकर्ता रहेको आमा समूह, क्लव, दलित समूहका लागि बाँडिएको छ।
    तालिम, अन्तरक्रिया, जागरण तथा सचेतना कार्यक्रम आदिमा अधिकांश रकम खर्च भएका छन्। चार बिभिन्न शीर्षक मात्रै पूर्वाधार निर्माण सम्बन्धी रहेको छ।
    सांसदले राज्यले तय गरेका नियम, कानून कुल्चेर कार्यकर्तालाई बाँडेर आफ्नो कोषको रकम सिध्याउने गरेका जिल्लास्थित राजनीतिक दलका नेताहरु नै बताउने गर्छन्। ‘सांसद कोषको बजेट बर्षेनी आफ्नै कार्यकर्तालाई बाँडेर सक्ने गरिएको छ’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक नेताले भने ‘वर्षेनि एउटै संस्थालाई, एउटै शीर्षकमा बाँडिएको छ।
    अनुगमन गर्नुपर्ने प्राबधान भएपनि नेताको डरले कहिल्यै अनुगमन गर्ने गरिएको छैन।’ सञ्चालन कार्यविधिको दफा ८, क मा जिल्ला विकास समितिले कार्यक्रमको अनुगमन गरी चौमासिक रुपमा मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ। तर सांसद तथा उनका जिल्लास्थित नेताका डरले कुनै कार्यक्रमको अनुगमन नगरिएको उनले बताए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.