बिकास मरहट्टा/गोरखा
जेष्ठ १४ गते । गोरखाको पालुङटार नगरपालिकामा संचालित तिन दिने निशुल्क आखा शिविर सम्पन्न भएको छ । मनोज एसोसियसन फ्रान्स र गोरखाली समाज यूकेको आर्थिक सहयोग, नेपाल आखा अस्पताल त्रिपुरेश्वर र लायन्स क्लब अफ रामेछाप काठमाडौको प्राविधिक सहयोग तथा स्थानिय महिला समूहहरुको समन्वयमा भएको शिविरमा ६० जनाको निशुल्क मोतियाविन्दुको अप्रेशन गरिएको हाम्रो हिमचुली बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष चेत कुमारी श्रेष्ठले जानकारी दिनुभयो । पालुङटार नगरपालिका वडा नम्वर १० हवाइग्राउण्ड स्थित एकता सामुदायिक र मिलिजुली महिला भवनमा भएको शिविरमा तिन सय ३० जनाले आखा जाँच गराएका थिए । आखा जाँच गर्न आएका अधिकांश बिरामीहरुमा आखामा मासु पलाउने, आखा रातो हुने, पोल्ने जस्ता समस्या भएको श्रेष्ठले बताउनुभयो । बरिष्ठ आखा रोग बिशेषज्ञ डा. पुजा कार्कीको नेतृत्वमा आएको सात जना चिकित्सकको टोलीले आखा जाँच गरेका थिए । शिविरमा गोरखा, लम्जुङ्ग र तनहूका स्थानियहरुले सेवा लिएका थिए ।



