युएई । वैदेशिक रोजगारीका लागि नेपालीहरुको लागि सहज गन्तव्य युएई विश्वकै आर्थिक, पर्यटकीय, रोजगार तथा सपिङ गन्तव्य बन्दै गएको छ ।
विश्वकै अग्लो टावर बुर्ज खलिफा, संसारकै ठूलो इन्डोर आइसपार्क, सुविधासम्पन्न सपिङ मलहरु, गगनचुम्बी महलहरु, अत्याधुनिक सडक, भौतिक सम्पन्नता लगायत विविध कारणले यूएईलाई एसियाको यूरोप पनि मानिन्छ ।
युएईमा सातवटा इमिरेट्सहरु (गणराज्य) छन् । संघीयताको अवधारणाअनुरुप सबै राज्यहरुमा आ-आफ्नै प्रकारका नियम कानुनहरु छन् ।
२०१५ को तथ्यांक अनुसार यहाँ कुल जनसंख्या लगभग ९५ लाख छ । जसमा झन्डै १० लाख अर्थात् ११ प्रतिशत मात्रै स्थानीय हुन भने अन्य विदेशीहरु ।

सबैभन्दा धेरै अर्थात् २७.१५ प्रतिशत भारतीय, १२.५३ पाकिस्तानी र तेस्रो नम्बरमा यहाँका स्थानीय मानिसहरू छन् भने नेपाली कुल जनंख्याको ३.१३ प्रतिशत छन् ।
४४ बर्ष अगाडि बेलायतबाट स्वतन्त्र भएपछि समृद्धि र विकासको गतिमा लम्केको युएईले अहिले दुनियाँलाई चकित पारिरहेको छ । यहाँको मुख्य आयस्रोत सुरूवाती दिनहरूमा ग्याँस तथा तेल निर्यात भए पनि अहिले पर्यटन र व्यापारमा विश्वकै हब बनेको छ ।
विश्वकै अग्लो बुर्ज खलिफा टावर, समुन्ऽलाई पुरेर बनाइएको पाम जुमेरा, विश्वकै ठुलो सपिङ मल दुबई मल, बिश्वमै धेरै प्रजातिका फूलहरु पाउने दुबईको मिराकल गार्डेन, अबुधाबीमा रहेको शेख जाइद ग्रेन्ड मस्जिद र मनोरञ्जनको लागि अबुधाबीमा रहेको फेरारी वर्डले बिश्वका मानिसहरूलाई निरन्तर तानिरहेको छ ।
अरु देशहरुभन्दा फरक काम गरेर आफ्नो पृथक इतिहास रच्न चाहने युएईमा बनाइएका संरचनाहरु आश्चर्यचकित पार्ने खालका छन् ।

गगनचुम्बी भवनहरु, १४ लनेसम्मका फराकिला र चिल्ला सडकहरु, अत्याधुनिक अन्डरग्राउन्ड मेट्र्रो टे्रन, नयाँ नयाँ प्रबिधिहरुको रंगीचंगी दुनियाँले संसारका मानिसलाईलाई चुम्बकले झै तानिरहेको छ ।
यहाँ आएका नेपालीहरुको संख्या ४ लाख नाघेको तथ्यांक रोजगार विभागले सार्वजनिक गरेको छ । सामान्य मजदुरदेखि सुपरभाइजरसम्म, सेल्सम्यान देखि एरिया म्यानेजरसम्म मात्र नभएर आफै व्यापार व्यावसाय गर्ने नेपालीहरु पनि दिनप्रतिदिन बढिरहेका छन् ।
पछिल्लो समयमा नेपालीहरुको आकर्षक रोजगारीको गन्तव्य बन्दै आएको युएईमा मासिक २५ हजारदेखि २५ लाखसम्म कमाई गर्ने नेपालीहरु भेट्न सकिन्छ ।

यूएईमा करिब २ सय १५ भन्दा बढी देशका नागरिकले रोजगार तथा व्यापारमा आबद्ध भएका काम गरिरहेका छन् । यहाँ कार्यरत धैरै मानिसहरु खुसी छ्न् । आफ्नो देशमा रहेका सबै बासिन्दाहरु खुसी रहून भनी यहाँको सरकारले हृपाप्पिनेस मन्त्रालय गठन गरेको छ ।








onlinekhabar




















