×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘अहिलेकै चालले बन्दैन बुढीगण्डकी’

  •  
  • शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं– राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना अहिलेकै ढाँचा र गतिमा जाने हो भने बन्नै नसक्ने धारणा संसदीय समितिमा शुक्रबार पेस गरिएको छ।

    bud2.jpg

    मुलुकभित्र निर्माणका लागि प्रस्ताव गरिएको ऊर्जासम्बन्धी ठूला आयोजनामध्ये विस्तृत अध्ययन गरी तत्कालै अघि बढाउन सकिने आयोजनाको सूचिमा बुढीगण्डकीलाई अग्रपङ्क्तिमा राखेर हेरिँदै आएको थियो। बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिको शुक्रबारको बैठकमा विकासको मोडालिटीको तय र आर्थिक जोहोको पक्ष अझै यकिन नभएको मात्र होइन, आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक सहयोग नभएको अहिलेको अवस्था कायम रहने हो भने सो आयोजना नबन्ने ठोकुवा गरे।
    bud1.jpg
    देशको विद्यमान विद्युत् सङ्कट निवारण गर्न विशेष योगदान पुर्याउन सक्ने क्षमता भएको उक्त आयोजनालाई अघि बढाउने हो भने संस्थागत संरचनाको परिवर्तन गर्न आवश्यक रहेको उक्त अवसरमा समितिलाई जानकारी गराइयो। एक हजार २०० मेगावाट क्षमताको सो आयोजना सुक्खायाममा पनि अत्यधिक बिजुली उत्पादन गर्न सकिने र सकेसम्म पानी खेर नजाने तथा कम लागतका रुपमा हेरिँदै आएको छ।

    दुई सय ६३ मिटर अग्लो डबल आर्च कर्भेचरी ड्याम रहने उक्त आयोजना ६३ वर्ग किमी क्षेत्र ओगट्ने प्रारम्भिक डिजायन गरिएको छ। बूढीगण्डकीबाट आवश्यकताअनुरुप २०० मेगावाटदेखि एक हजार २०० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिनेछ। आयोजनाबाट गोर्खाका १४ र धादिङ–१३ गाविस पूर्णरुपले तथा व्यक्तिगत जमिन ५८ हजार रोपनी डुबानमा पर्ने छ। सो आयोजनाबाट दुवै जिल्लाका आठ हजार ११७ घरधुरी र ४५ हजार ६११ जनसङ्ख्या प्रभावित हुने छन्। सो आयोजनाको अनुमानित लागत रु दुई खर्ब ६० अर्ब रहेको छ भने निर्माण अवधि आठ वर्षको हुनेछ।

    डुबान क्षेत्रको अधिग्रहण गर्नुपर्ने जग्गा रोक्का भएको, अधिग्रहणका लागि उपसमिति गठन भएको, जनता आयोजनाप्रति सकारात्मक रहेको र उनीहरु छिटो र एकमुष्ट मुआब्जा तथा सेयर हाल्न चाहेको अवस्था रहेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक प्रशासन नियमावली स्वीकृतिका लागि पठाएको तीन वर्ष बितेको, जग्गा अधिग्रहण, पुनर्वास तथा पुनःस्थापना नीतिको मस्यौदा पठाएको दुई वर्ष पूरा भएको, वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन १० महिनादेखि मन्त्रालयमै रोकिएको अवस्थाले आयोजनाको संस्थागत पक्ष निरीह अवस्थामा रहेको पुष्टि भएको आयोजनाले जनाएको छ।

    आयोजना निरिह, काम लथालिङ्ग अवस्थामा रहेको हुँदा काम गर्न असजिलो र अप्ठ्यारो अवस्थामा रहेको हुँदा स्वतन्त्र रुपले काम गर्न नसक्ने अवस्था रहेको धारणा आयोजनाका तर्फबाट समितिलाई जानकारी गराइएको थियो। आयोजनाका तर्फबाट प्रस्तुत गरिएको अवधारणामा भनिएको छ, ‘एउटा कर्मचारीबाट कुनै कुरा सदर, अर्काे फेरिन्छ बदर, न योग्य कर्मचारीको व्यवस्था गरिन्छ, न विज्ञ राख्ने अनुमति नै दिइन्छ, राय माग्यो जवाफ आउँदैन, आयोजना क्षेत्रमा मध्यपहाडी राजमार्गजस्ता आयोजना बनिरहन्छन्।

    आयोजना प्रमुख देवकोटाले प्रस्तुत गरेको अवधारणाअनुसार स्वतन्त्र रुपमा निर्णय लिन सक्ने र काम गर्न पाउने अधिकारसहितको समितिको व्यवस्था गर्ने हो भने समितिको आयोजनाको नेतृत्व लिन तयार मात्र होइन, नेपाली पुँजीबाट नै यो आयोजनाको काम समयमा नै सम्पन्न गर्न सक्षम छ। ‘अन्यथा यही तौरतरिकाले जाने हो भने आयोजना वर्तमान समितिले बनाउन सक्दैन, यस अवस्थामा कि त सरकारले समिति खारेज गरोस् त्यो नगर्ने हो भने मलाई बिदा दिइयोस्,’ प्रमुख देवकोटाले बैठकमा भने।

    राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माणस्थल र डुबान क्षेत्रमा मध्यपहाडी लोकमार्ग भकाभक निर्माण हुनुले हाम्रो भनाइ, व्यवहार र प्रतिबद्धतालाई छर्लङ्ग तुल्याएको भनी सरकारको काम गर्ने तरिकाको उनले आलोचना गरे। ऊर्जा मन्त्रालयका निमित्त सचिव सञ्जय शर्माले आवश्यकता भए बमोजिमको कर्मचारी भर्नामा आयोजनालाई अधिकार रहेको धारणा व्यक्त गरे।

    मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले सरकारको २०७० भदौ २६ गतेको निर्णयअनसार बूढीगण्डकी प्रभावित क्षेत्रमा लोकमार्ग निर्माणको काम भए पनि त्यसलाई पछि प्रभावित क्षेत्रमा बनाइने चक्रपथसँग जोड्न सकिने जानकारी दिए। रासस

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.