×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लुम्बिनी गुरुयोजनाको २० प्रतिशत काम बाँकी , अझै छ अर्ब रुपियाँ र चार वर्ष लाग्ने

  •  
  • शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मण पौडेल

     

    भैरहवा, जेठ ७ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजनाको ८० प्रतिशत काम सकिएको छ ।
    गुरुयोजनाले उल्लेख गरेअनुसार पवित्र क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोण्ड, सङ्ग्रहालयलगायतका संरचनाको काम पूरा भएकाले आगामी चार वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ ।
    चार वर्षभित्र काम पूरा गर्न कोषले छ अर्ब रुपियाँ लाग्ने अनुमान गरेको कोषका सदस्य सचिव अजितमान तामाङ्गले बताउनुभयो । उहाँले कोषले माग गरेअनुसार सरकारले रकम विनियोजन गर्दै गए चार वर्षभित्र गुरुयोजना पूरा गर्न कुनै समस्या नआउने बताउनुभयो ।
    जापानका वास्तुकलाविद प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ । पछिल्ला वर्षमा लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण संरचनाको निर्माण कार्य धमाधम हुन थालेको लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनले बताउनुभयो । चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणको काम करिब सकिएका छन् ।
    पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सकिएको छ । पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भएको छ । पवित्र उद्यान क्षेत्रभित्र करिब रु ७० लाख रुपियाँको लागतमा पुरातात्विक कार्यालय भवन निर्माण गरिएको छ ।
    शान्ति दीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी र त्यसको छेउमा आकर्षक मिनी पर्यटक सूचना केन्द्र बन्दैछ । यसलाई सिम्बोलिक पेभिलियन नाम दिइएको छ ।
    पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रको व्यवस्था यो पेभिलियनमा गरिनेछ । लुम्बिनीभित्र यस्ता पेभिलियन आठ जोडी बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि रु दुई करोड खर्च लाग्ने अनुमान छ । पूर्वी बिहार क्षेत्रमा १३ वटा थेरवाद बुद्ध धर्म मान्ने मुलुकहरुले आकर्षक बिहारको निर्माण कार्य हुँदैछ भने अधिकांश पूरा भएका छन् ।
    पश्चिमी बिहार क्षेत्रमा बिहार निर्माणको काम जारी छ । २९ मध्ये २६ वटा मुलुकले बिहार निर्माण गरिरहेका छन् । गुरुयोजनाअनुसार लुम्बिनीमा बन्न लागेका अन्य केही ठूला आयोजनाहरुमा शान्ति स्तुपाको दुवैतिर विशाल खानेपानी ट्याङ्की, फोहोरबाट सञ्चालित बायोग्यास प्लाण्ट, सङ्ग्रहालय शैलीमा आठवटा भवनहरु, अन्तर्राष्ट्रिय मापदण्डका अत्याधुनिक शौचालय आदिको निर्माण हुने कोषले जनाएको छ । लुम्बिनी ग्राममा अहिले प्रशासनिक भवन तथा पर्यटक सूचना केन्द्रको निर्माण गरिएको छ  ।
    सञ्चालनमा रहेको सङ्ग्रहालयको शैलीमा यस्ता आठवटा भवन बन्ने छन् ।  गुरुयोजना क्षेत्रभित्र नौवटा द्वारमा आधुनिक सुरक्षा पोष्टहरुको निर्माण कार्यसमेत सुरु भएको छ । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य करिब पूरा भएको छ ।
    नयाँ लुम्बिनी ग्राम क्षेत्रमा रु ३५ करोडको लागतमा अग्लो खानेपानी ट्याङ्की, रु ३५ करोडकै लागतमा भूमिगत दूरसञ्चार र विद्युत विस्तार, रु ३५ करोडकै लागतमा ढल निकासको प्रबन्धसमेत गरिनेछ । वाटर टावर, भूमिगत दूरसञ्चार र विद्युत बिस्तारको काम आगामी आर्थिक वर्षबाट सुरु हुने गरी तयारी भैरहेको कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो ।
    लुम्बिनी विकास कोषको स्थापना भएको २९ वर्ष पूरा भएको छ । कोषमार्फत् खर्च भएको रु तीन अर्ब ७३ करोड ५७ लाखमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रहरुले लगानी गरेका छन् ।
    खर्च विवरणअनुसार लुम्बिनी गुरुयोजनाभित्र बिहार क्षेत्रमा सबैभन्दा बढी रु एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । १२ वटा बिहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी बिहार निर्माणका लागि ती मुलुकहरुले रु ५२ करोड ८० लाख लगानी गरेका छन् ।  यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रु ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयुकाइले रु ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न रु ५२ करोड लाग्ने अनुमान छ ।
    त्यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापन र पानी ट्याङकी निर्माणका लागि रु दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान छ । ८० प्रतिशत काम सम्पन्न हुँदासम्म लुम्बिनी गुरुयोजनाको आकार आइसकेको र लुम्बिनी घुम्न लायक भएको ठहर कोषको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.