×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ५५ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

माओवादी एकता : टाउको ठूलो, शरीर र खुट्टा उस्तै

  •  
  • बुधबार, जेठ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोष्टबहादुर बस्नेत

    केन्द्रीय सदस्य ४९९, एमाओवादीमा विवाद

    आन्तरिक द्वन्द्व र लामो प्रयासपश्चात अन्तत: माओवादी समूहरुबीच बिहीबार (भोलि) एकता घोषणा हुँदैछ। पछिल्लो चरणमा कमजोर बन्दै गएका माओवादी पार्टीहरुबीचको एकताको सन्देशले धेरै माओवादी नेताहरु उत्साहित भएका थिए। तर अहिले आएर सबै  नेता-कार्यकर्ताहरु उक्त प्रक्रियाबाट खुसी भने छैनन्।

    मोहन वैद्य नेतृत्वको पार्टीसँग एकताले सांगठनिक शक्ति केही बढ्ने अपेक्षा गरिएको थियो। तर उक्त पार्टीबाट अहिले रामबहादुर थापाको समूहसँग मात्र एकता हुँदैछ। अर्थात, वैद्य नेतृत्वको पार्टीबाट करिब आधा नेता-कार्यकर्तामात्र एमाओवादीसँग एकता गर्दैछन्। वैद्य पार्टीका धेरै जुझारु कार्यकर्ता नेता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा गइसकेका र केही अझै वैद्यसँग नै रहेकाले बादलसँगको एकताले एमाओवादी धेरै बलियो नहुने पार्टी नेताहरु बताउँछन्।

    मात्रिका यादवको समूह एकता प्रक्रियाबाट नै पछि हटेको छ। एमाओवादी नेताहरुका अनुसार अहिले ‘राष्ट्रिय स्वाधीनता होइन, गणतन्त्र कार्यान्वयन प्रमुख मुद्दा हुनुपर्ने’ र ‘मधेस आन्दोलनलाई समर्थन गर्नुपर्ने’ उनको माग पूरा नहुने भएपछि उनले एकता गर्न चाहेनन्। एकता प्रक्रियाबाट यादव सुरुमा निकै उत्साहित थिए, तर एकताको अन्तिम चरणमा पछि हटे। उनीसँगको एकताले पार्टी सांगठनिक रुपले बलियो नै नभए पनि मधेसमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको थियो।

    ‘उहाँको मागसँग हामी सहमत हुन सकेनौं। उहाँ एकता प्रक्रियाबाट पछि हट्नुभएको छ,’ माओवादी नेता मणि थापाले भने। छुट्टै समूहको नेतृत्व गर्दै आएका थापा अहिले एमाओवादीसँग एकता गर्ने प्रक्रियामा छन्।

    ‘एमसीसी’ भन्ने अर्को समूहका नेताहरुलाई शान्ति प्रक्रियापछि ‘हतियार’ सम्बन्धी मुद्धा लागेकाले गृह मन्त्रालयले मुद्दा फिर्ता नलिएसम्म एकता प्रक्रियामा सामेल नहुने भएका छन्। अब ६ गते हुने भनेको एकता बादल र मणि थापा समूह र विप्लव समूहका पाँच जना नेताहरुसँग मात्र  हुनेछ।

    एकताको अर्को समस्या भनेको अब केन्द्रीय समिति आजसम्मकै सबैभन्दा ठूलो हुनेछ। अर्कोतर्फ को-को केन्द्रीय सदस्य बन्ने भन्ने विवाद पनि पार्टीभित्र चर्किएको छ।

    अहिले ४९९ जनाको केन्द्रीय सदस्य बन्ने भन्ने सहमति छ। १३० जना बादल समूहबाट, १५१ एमाओवादीबाट, १५ जना मणि थापा समूह र पाँच जना विप्लव समूहबाट सोझै केन्द्रीय सदस्य हुनेछन्।

    त्यसबाहेक पूर्व केन्द्रीय सदस्यहरु पनि उक्त समितिमा आउनेछन्। हेटौडा महाधिवेशनअघि २६८ जनाको महाधिवेशन आयोजक समिति अर्थात् तात्कालीन केन्द्रीय समिति थियो, जसमध्ये १५१ मात्र महाधिवेशनबाट निर्वाचित भएका थिए। बाँकी सदस्यलाई नयाँ बन्ने केन्द्रीय समितिमा समावेश गर्ने सहमति भएको छ।

    नयाँ बन्ने केन्द्रीय समितिबाट एमाओवादी नेता-कार्यकर्ता खुसी छैनन्। पार्टी फुटेको समयमा धेरै जुनियर कार्यकर्ता वैद्य नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बने। अब एकता हुँदा ती कार्यकर्ता केन्द्रीय सदस्य बन्नेछन् भने एमाओवादीमा नै रहेका र उनीहरुभन्दा सिनियर कार्यकर्ता केन्द्रीय सदस्यमा नपर्ने भए। यसले पार्टीमा ब्यापक असन्तुष्टि जन्माएको छ।

    ‘पार्टी फुटेपछि वैद्य समूहमा जाने र चुनाव बहिष्कार गरेर पार्टीलाई हराउने जुनियर कार्यकर्ता पुरस्कृत हुने भए, पार्टीप्रति निष्ठावान इमान्दार कार्यकर्ता दण्डित हुने भए,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘अब आफ्ना कार्यकर्ताको चित्त कसरी बुझाउने हो अध्यक्षको जिम्मा।’

    पार्टीभित्र असन्तुष्टि बढेका कारणले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सात वटा राज्य समितिबाट २५ जनाका दरले नयाँ केन्द्रीय समितिमा थप्ने आश्वासन दिएका छन्l यदि उनीहरु सबैलाई केन्द्रीय सदस्य बनाउने हो भने थप १७५ नयाँ केन्द्रीय समिति हुनेछन्।

    ‘कस-कसलाई केन्द्रीय सदस्य बनाउने हो भन्नेबारे समस्या छ,’ प्रदेश नम्बर १ का पार्टी प्रमुख राम कार्कीले भने, ‘मिलाएर लाने हो भने नयाँ केन्द्रीय समितिमा ६०० जति केन्द्रीय सदस्य हुन्छ होला।’ अहिलेका लागि भने बाबुराम भट्टराईसँग पार्टीबाट फुटेर गएका सदस्यको स्थानमा मात्र प्रचण्डले आफ्नो पार्टीका तर्फबाट नयाँ सदस्य नियुक्ति गर्ने एक केन्द्रीय सदस्यले बताए।

    केन्द्रीय सदस्य छान्नका निम्ति पार्टीभित्र निश्चित विधि र प्रक्रिया नभएका कारण समस्या सिर्जना भएको कार्कीको भनाइ छ।

    बादलसँगै वैद्य नेतृत्वको पार्टीबाट एकता प्रक्रियामा आएका महेश्वर दाहाल भने महाधिवेशनबाट नयाँ केन्द्रीय समिति बन्ने हुँदा यसले ठूलो समस्या नहुने धारणा राख्छन्। तर हेटौडा महाधिवेशनको अनुभवले भन्छ, एकपटक ठूलो केन्द्रीय समिति बनाएपछि घटाउन सजिलो छैन। केन्द्रीय समिति घटाउँडा हेटौंडामा निकै ठुलो विवाद भएको थियो l

    अर्को समस्या भनेको स्थानीय स्तरमा बादल र प्रचण्डका कार्यकर्ताबीचको वैमनस्यता हो। पद र प्रतिष्ठाको विवादबाहेक, वैद्य समूहमाथि पार्टी फुटाएको र चुनाव हराएको आरोप छ। स्थानीय स्तरमा मनमुटाव र झगडाको अवस्था छ, जसले माथिल्लो स्तरमा पनि समस्या सृजना गर्न सक्ने देखिन्छ l तर, महेश्वर दाहाल भने आशावादी छन्। ‘आखिर हामी सबै जनयुद्द लडेर नै आएका हौँ। सबैको मूल एकै हो। समस्या होला तर समाधान नहुने प्रश्न नै छैन।’

    माओवादी समूहहरु आफू राजनीतिक रुपले कमजोर हुँदै जाँदा अस्तित्वको नै संकट आएको र द्वन्द्वकालका मुद्दाले आफ्ना कार्यकर्तालाई सरकार र अदालतले ‘पीडित’ बनाएको महसुस गर्दै आएका थिए। एकता भयो भन्ने बाहिर सन्देश पनि जाँदैछ, जुन पार्टीका लागि सकारात्मक कुरा हो । तर एकताले पार्टीलाई साँच्चै बलियो बनाउने कुरामा अधिकांश नेताहरु ढुक्क भने छैनन्।

    माथिल्लो निकायमा ठूलो र नाम चलेका नेता छन् भने जनस्तरमा भने पार्टी उस्तै कमजोर रहेको छ। राजनीतिक मुद्दाको कमि, बचेका कार्यकर्तामा पनि मार्दै गएको जाँगर  र सरकारमा रहेका मन्त्रिहरुको कमजोर  भूमिकाका कारण पार्टीमा अहिले तेज छैन l  टाउको ठूलो भए पनि शरीर र खुट्टा भने कमजोर हुँदा पार्टीले हानि पनि बेहोर्न सक्ने धेरै नेताहरुको उनीहरुको मत छ।

    सेताेपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.