सूचना प्रविधिले २१ औ शताब्दीमा नयाँ-नयाँ आविष्कार गरेर विश्वलाई चकित बनाइरहेको छ। यस्तै चकित बनाउन अनुसन्धानकर्ताहरुले शरीरमा लगाउने सर्टले गर्मीमा शीतलता दिने र चिसो मौसममा न्यानोपना दिने खालको कपडा बनाउन लागेको दाबी गर्दै आएका छन्।
यो कपडा बनेपछि जुनसुकै मानिसको शारीरीकको बनावटअनुसार आकार परिवर्तन हुनेछ। यस्तो कपडा बनाउन लागेको छ जसबाट तपाईले मोबाइल चार्ज गर्न सक्नुहुन्छ। यसबाट मानिसले अब मोबाइल फोन राखेर रिचार्ज गर्ने झंझटबाट छुटकारा पाउनेछन्। फोनलाई पकेटमा राख्ने बित्तिक्कै चार्ज हुन थाल्छ।
न्यूयोकर्कको फेशन तथा टेक्निक एक्सपर्ट अमान्डा पार्क्सका अनुसार अब कपडाबाटै मोबाइल फोन चार्ज हुने अवधारणा तीव्र गतिमा आउन लागेको
बताएका छन्।यसले गर्दा मानिसलाई मोबाइल चार्ज गर्न सुविधा हुनुका साथै आफ्नोपनको महसूस गराउनेछ।
तर यस्तो किसिमको कपडा बनाउने टेक्निक एक्स्पर्ट र फेशन उद्योगलाई निक्कै मेहनत गर्नुपर्ने हुन्छ। किनकी यो विधिमा पनि उत्तरी र दक्षिणी ध्रुव हुने हुनाले यसको तालमेल मिलाउनु पर्ने हुन्छ।
यसबारेमा अमान्डा पार्क्स भन्छिन्, ‘कुनै पनि फेशन डिजाइनरलाई अब इलेक्ट्रिकल इन्जिनियर हुनु वा इन्जिनियरलाई फेशन डिजाइनर हुनु जरुरी छैन्।तर यी दुवै क्षेत्रका सत्य र तथ्यगत कुरालाई एक अर्काले बुझ्नु जरुरी हुन्छ। जसबाट विश्वले नयाँ चीजको आविष्कार गर्नेछ।
अहिले पनि प्रविधि र फेशनलाई मिलाएर कयौ धेरै कम्पनीले उचाइ लिएका छन्। अमेकरिकाको लस एन्सल्सको स्टार्टअप कम्पनी ‘थीसिस कोत्यूर’ जसले महिलाको अग्लो जुत्तालाई आरामदायी तरिकाले लगाउन मिल्ने बनाएको थियो। यो जुत्ता बनाउन बेलिस्टिक ग्रेडको प्लास्टिक तथा थर्मोप्लास्टिक पोलियूरेथेनको प्रयोग गरिएको थियो।
कम्पनीको यो प्रयासलाई सफल बनाउन एक रकेट वैज्ञानिक, एक पूरुव अन्तरीक्ष यात्री, जुत्ताको एक डिजाइनर र स्वयम अमान्डा पार्क्स संलग्न थिए। अहिले यसको नेतृत्व ‘थीसिस कोत्यूर’को संस्थापक डाली सिंहले गरिरहेकी छन्।
यस्तै यही फेशनलाई मन पराउँदै ‘पोलोटेक सर्ट’को निर्माण गरेका छन्। जसले मुटको धड्कन नाप्ने गर्दछ। यसले मानिसले फेर्ने/फ्याक्ने सासको गतिलाई निगरानी गर्ने काम गर्छ । साथै यी सबै जानकारी आइफोन वा एप्पलको घडीसम्म पुर्याउने गर्दछ। यस पोलोटेक सर्टको मूल्य २९५ अमेरिकी डलर पर्दछ।
यस्तै अमेरिकी एक्स्पर्ट डेविड नार्टनका अनुसार आउँदो समयमा लगाउने सबै चीजमा दुई विभागमा छुट्टिनेछन्। एक स्मार्ट अनि अर्को मूर्ख। उनी भन्छन्, अहिले पनि चलन भनेको कि जुराफ वा जुत्ता या त कपडा। तर यतिमात्रै नभएर स्मार्ट कपडाको माग समेत विश्व बजारमा बढ्न थालेको छ।’ उनका अनुसार यदि यसको माग विशेष भएमा यसको मूल्य पनि अधिक नै हुनेछ।
एजेन्सी




















