×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जब कपिल शर्माको छेउमा राखेर जितुलाई ‘फाल्तु’ बनाइयो

  •  
  • मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    पराईलाई काखा, आफ्नालाई पाखा गर्छन् यहाँ

     

    करिब दुई वर्ष अगाडि भारतीय हास्यकलाकार कपिल शर्माले काठमाडौंमा एउटा स्टेज शो गर्ने कार्यक्रम बनेको थियो । त्यसमा नेपालबाट जितु नेपाल र विल्सनविक्रम राईले पनि पर्फम गर्ने वाला थिए । तर, सुरक्षा कारण देखाएर शो रद्द गरियो ।

    शो रद्द भए पनि आयोजकले कपिल शर्माको टिमलाई काठमाडौं ल्यायो । पत्रकार सम्मेलन आयोजना गरियो । त्यो पत्रकार सम्मेलनमा जितु र विल्सनलाई पनि बोलाइएको थियो । विल्सन आएनन्, तर जितु आए ।

    ‘कपिल शर्मा आफूलाई मन पर्ने कलाकार पनि भएकाले उत्साहित भएर गएको थिएँ । तर त्यहाँ मलाई गरिएको उपेक्षा र तिरस्कारले जीवनमा कहिल्यै नगरेको अपमानवोध गरेँ,’ जितु आज भन्दैछन् ।

    भयो के त ?

    याक एन्ड यति होटलमा जितु पुग्दा पत्रकारहरु खचाखच थिए । आयोजक संस्थाका कर्मचारीहरु पनि ठूलै संख्यामा थिए । सबैलाई कपिल शर्मा र उनको टीमको व्यग्र प्रतिक्षा थियो । तर, कपिल शर्माको भने पत्तोअत्तो थिएन । जितुले चिनजानका केही पत्रकारलाई हाई-हेल्लो गरे र उनीहरुसँगै मिसिएर बसे । आयोजकले उनलाई खासै ध्यान दिएनन् ।

    यता, सबैलाई पर्खाएर कपिल शर्मा भने होटलको कोठाभित्र आरामले सुतिरहेका रहेछन् । एक घन्टा पछि आयोजकका एक जनाले कपिल शर्मा ओछ्यानबाट उठेर बाथरुम पसेको सूचना ल्याए । त्यसपछि पत्रकारहरु सजग भएर आआफ्नो कुर्सीमा बसे । कपिल बस्ने लहरमा सबैभन्दा छेउमा टुसुक्क बसे जितु ।

    त्यसको आधाघन्टापछि दुई अतिथिको प्रवेश भयो । तर, कपिल शर्मा नभएर उनको कमेडी शोमा दादी र नोकर बनेर अभिनय गर्ने कलाकारहरु थिए । पत्रकारहरु उत्साहित बनेर उनीहरुलाई नै प्रश्न गर्न थाले । जितु पत्रकार र भारतीय कलाकारको सवालजवाफ सुनिरहे ।

    त्यसको करिब आधा घन्टापछि कपिल शर्माको आगमन भयो । त्यतिञ्जेल दादी र नोकर हिँडिसकेका थिए । जितु त्यहीँ थिए । उनी भर्खर निद्राबाट व्यूँझेको मुद्रामा थिए ।

    jitu nepal and Kapil Sharma

    उनी जितुकै छेउमा बसे । आफू करिब दुई घन्टा ढिला भएकोमा माफीसम्म मागेनन् । सवालजवाफ सुरु भयो । पत्रकारले अंग्रेजीमा सोधेको प्रश्नको हिन्दीमा कपिलले जवाफ दिए ।

    करिब ४५ मिनेट प्रश्नोत्तर चल्यो । कपिल शर्मा उठे । पत्रकारहरु पनि जर्‍याक-जुरुक उठे । जितु पनि उठे । उक्त पत्रकार सम्मेलनमा जितुले निकै नमिठो अनुभुति गरेका रहेछन् । उनी फ्ल्यासब्याकमा पुग्दै भन्छन्, ‘वास्तवमा म आफू नेपालमा जन्मेकोमा सँधै गौरव गर्छु । तर, त्यसदिन ग्लानी महसुस गर्ने अवस्था आयो । भारतीय कलाकारको हाई-हाई भयो, मलाई कसैले पुछ्दा पनि पुछेनन् । म कार्टुन भएँ ।’

    मैले सोचेको थिएँ, पत्रकारले मलाई पनि केही प्रश्न सोध्लान् । तर कपिल शर्माका लागि दुई घन्टा प्रतिक्षा गर्दा मिडियाले मलाई भने बाल दिएनन् । म आफूलाई एकदमै निरिह सम्झेर चुपचाप बसिरहेँ । धेरैपटक त्यहाँबाट उठेर हिँडौं जस्तो नभएको होइन । तर, एउटा कलाकार हुनुको मर्यादाले त्यसो गर्न दिएन ।

    ‘मलाई यो पनि लागेको थियो, कपिल शर्माको टीम आएपछि आयोजकले मलाई उनीहरुसँग परिचय गराउलान् र केही बोल्न अनुरोध गर्लान् । सुरुमा कपिल शर्माका सहयोगीहरु आए । पत्रकारहरुले उनीहरुलाई प्रश्न सोधे । म चुपचाप सुनेर बसेँ । त्यसपछि कपिल शर्मा आए । मैले उनलाई ‘वेल्कम टु काठमाडौं’ भनेर हातसम्म मिलाएँ । उनले ‘थ्याङ्क यु’ भने । त्यत्ति हो । उनलाई म को हुँ भन्ने पनि थाहा भएन । त्यसपछि उनीलाई पत्रकारले भटाभट प्रश्न राखे । उनीसँग एउटै हारमा बसेको मेरो कुनै भूमिका भएन, प्रश्नोत्तर सुन्नेबाहेक । क्यामराहरु कपिल र उनका सहयोगीतर्फ मात्रै सोझिए । प्रश्नोत्तर सकिएपछि सबै जना उठे र म पनि उठेर हिडेँ ।’

    जितु अगाडि भन्छन्, ‘म सडकबाट दौडिएर कपिल शर्मालाई हेर्न आएको थिइनँ । मलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । कपिल शर्मा भारतका लागि ठूलो कलाकार हो भने म पनि नेपालमा धेरथोर ख्याति कमाएकै कलाकार हुँ । कपिल शर्माले धेरै पैसा कमाउलान्, मैले थोरै कमाउँला । तर, पेशा हामी दुवैको उस्तै हो ।’

    नेपाली कलाकारलाई भारतीय कलाकारसँग सँगै उभ्याउनु नै गलत अभ्यास भएको ठहर जितुले गरेका छन् । ‘सँगै उभ्याएर उनीहरुलाई हाई-हाई गरिन्छ, अनि हामीलाई उपहासको पात्र बनाइन्छ । यो प्रचलन आफैंमा वेठीक छ । यदी भारतीय कलाकारको शो छ भने त्यहाँ नेपाली कलाकारलाई किन पर्फर्म गर्न लगाउने ? किन दर्शकहरुलाई तुलना गर्ने मौका दिने । भारतीयहरु जत्तिको नेपालीले गर्न सक्दैनन् भन्ने पुष्टि गर्नकै लागि यस्तो परिपाटी चलाइएको त होइन ? भारतमा अरबौं जनसंख्या छ । कलाकारहरुलाई पैसा छेलोखोलो छ । अवसर प्रशस्त छ । त्यसैले उनीहरु हामीभन्दा खारिएका हुन्छन् । हामी उनीहरुसँग प्रतिस्पर्धामा पछाडि पर्छौं । मेसी र विमल घर्तिमगरलाई फुटबलमा प्रतिस्पर्धा गराइयो भने के हुन्छ ? त्यस्तै हो ।’

    हालै दुई भारतीय हिरोइनहरुलाई काठमाडौं ल्याएको विषयले यतिबेला ठूलो रुप लिइरहेको छ । उनीहरुसँगै नेपाली ७ जना नायिकाहरुलाई नचाइएको थियो । जितु भन्छन्, ‘भारतीय हिराइनहरुलाई मात्रै पर्फर्म गर्न दिएको भए भइहाल्थ्यो नी, नेपालका हिराइन किन मिसाउनुपथ्र्यो ? कलिउड र बलिउडका हिराइनलाई सँगै नचाएर के सावित गर्न खोजिएको हो ? हाम्रा नायिका उनीहरुको दाँजोमा छैनन् भन्ने नेपाली दर्शकहरुलाई महसुस गराएर कसलाई आनन्द आउँछ ?’

    त्यसो त जितु पनि भारतीय नायिकाहरुको शो हेर्न पुगेका रहेछन् । नायिका पि्रयंका कार्कीले ५ हजार रुपैयाँवाला टिकट उपलब्ध गराएर आउन आग्रह गरेकाले गएको उनले बताए ।

    ‘भारतीय हिरोइनहरु स्टेजमा आउँदा ठूलो होहल्ला र हुटिङ भयो । जबकि नेपाली हिरोइनहरु आउँदा खासै हुटिङ भएन । यो दृष्य मलाई बिझायो । उद्घोषिकाले पनि नेपाली कलाकारलाई तिमी भनेर सम्वोधन गरेको तथा भारतीय कलाकारलाई तपाईं-हजुर भनेको पनि शोभनीय भएन ।’

    नेपालीहरुबाटै आफ्ना कलाकारलाई तिरस्कार र विदेशी कलाकारलाई जयजयकार हुनु दुर्भाग्यपूर्ण मान्छन् जितु । उनको भनाईमा बिमानस्थलमा भारतीय हिरोइनलाई सेनाका जर्नेलले स्वागत गर्नु त्यति ठूलो विषय होइन, जति ठूलो चर्चा भएको छ । ‘ठूलो विषय त भारतीय र नेपाली कलाकारलाई सँगै नचाइनु अनि भारतीय कलाकारको मात्र हाईहाई हुनु हो,’ उनले भने ।

    ०००

    त्यसो नेपाली कलाकारहरु पनि विभिन्न कार्यक्रमका सिलसिलामा बारम्बार विदेशमा गइरहन्छन् । उनीहरुलाई कस्तो व्यवहार हुँदो हो ?

    जितु भन्छन्, ‘हामी जुन देशमा गए पनि नेपालीहरुको निम्तोमा जाने हो र हाम्रो कार्यक्रम हेर्न आउने पनि नेपालीहरु नै हुन् । सबै खर्च गर्ने नेपालीहरुकै पैसा हो । आजसम्म कुनै पनि देशका स्थानीय संस्थाले नेपाली कलाकारलाई बोलाएर कार्यक्रम गरेको मलाई थाहा छैन । स्थानीय सुरक्षा निकायले स्कर्टिङ गरेको वा सरकारी प्रतिनिधि विमानस्थलमा स्वागत गर्न आएको अनुभव छैन । जसरी नेपालमा विदेशी कलाकारलाई गरिन्छ । भारतमा त झन् हामीलाई चरो-मुसो जति पनि गन्दैनन् ।’

    ‘विकसित देशमा जाँदा त नेपाली कलाकारलाई विमानस्थलमा सँधै शंकाको नजरले हेरिन्छ । उनीहरु हताश हुने गरि चाहिने नचाहिने प्रश्नहरु सोधिन्छ’- जितु भन्छन् । उनले एउटा अनुभव सुनाए, क्यानाडाको । गायिका कोमल ओली र गायक राज मोक्तानसँगै जितु त्यहाँ गएका थिए कार्यक्रमका लागि । ओली र मोक्तानको एक महिनाको भिसा थियो भने जितुको तीन दिनको मात्रै ।

    एयरपोर्टमा ओर्लेपछि अध्यागमनकी एक बुढी कर्मचारीले फाल्तु प्रश्नहरु सोधेर हैरान् बनाइन् । नेपालको चर्चित कलाकार हुँ भन्दा पत्याइनन् । ‘तिमीलाई म यहीँबाट फर्काइदिन पनि सक्छु’ भन्दै धम्की समेत दिइन् । अन्तिममा यूट्यूबमा उनको नाम खोज्न थालिन् । यूट्युवले भररर्र देखायो । अनि बल्ल विश्वास गरिन् । त्यसपछि भनिन्, ‘तिमी तीन दिन होइन तीन महिना बस । तीन दिनमा क्यानाडा घुमेर भ्याइदैन ।’

    नेपाली कलाकारमाथि सबैभन्दा बढि शंका अमेरिकी दूतावासले गर्छ । जितुलाई दुई पटकसम्म त अमेरिकी दूतावासले भिसा नै दिएन । तेस्रोपटकमा भने उनी सफल भए । अमेरिका गएका धेरै कलाकारहरु उतै लुकेकाले सबैमाथि शंकाको आँखाले हेर्ने गरिएको जितु बताउँछन् ।

    उनको अनुभवमा जुनसुकै देशमा जाँदा पनि नेपालीहरुले माया गर्छन् नेपाली कलाकारलाई, तर नेपाली नियोगहरुले भने खासै वास्ता गर्दैनन् । यद्यपि अपवादका रुपमा केही राजदूतहरुले निकै सद्भाव देखाउने गरेको जितुले बताए । ‘म बहराइन जाँदा तत्कालिन राजदूत दुवसु क्षेत्री प्लेनसम्मै लिन आउनुभएको थियो । साउदी अरबमा पहिलो कार्यक्रम गर्दा तत्कालिन राजदूत अमिष अन्सारी राजदूतावासमा निम्त्याउनुभयो । अस्ति अमेरिका भ्रमणमा रहँदा अर्जुन कार्कीले निवासमा बोलाएर डिनर खुवाउनुभो । योभन्दा बाहेक नेपाली नियोगहरुले म जाँदा कुनै बोलावट गरेको छैनन्’- उनले सुनाए ।

    सम्वन्धित देशका निकायहरुले कलाकारको रुपमा सम्मान वा सुविधा दिने कुरा त उडि छुनु चन्द्र एक जस्तै छ ।

    प्रस्तुती: चिरञ्जीवी पौडेल

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.