×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

५ नेपाली शिक्षक एक महिनादेखि भारतीय जेलमा

  •  
  • सोमबार, जेठ ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘जालीनोट मुद्धाको सुनुवाइ अलाहावाद उच्च न्यायालयमा’

    – देवेन्द्र भट्टराई, नयाँ दिल्ली

    जेष्ठ ३, २०७३- नेपाल–भारत सिमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार खरिद गर्ने क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेका ५ नेपाली शिक्षक एक महिनादेखि थुनामै छन् ।

    दिल्ली/आग्राको एक साता लामो शैक्षिक/धार्मिक भ्रमण पुरा गरेर गत चैत २९(अप्रिल ११)मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए । चितवन नगरपालिका–१२,  दिव्यनगरस्थित युवा माध्यमिक बिद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे(कर्मचारी) र शिवभक्त पण्डित(निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानूनी कारवाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका ५ बाहेक अरु सबै यात्रु चितवन घर पुगिसकेका छन् ।

    थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचै जनालाई कानूनी कारवाहीका क्रममा नौतनवा प्रहरी चौकी हुँदै महाराजगञ्ज जिल्ला अदालत र राज्यको अलाहबाद उच्च न्यायालयमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत साटेको भारतीय पैसामध्ये ४ हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारवाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए । यो घटनाबारे पोखरेलले नेपाली दुतावासलाई जानकारी गराइसकेका छन् ।

    चैत २३ देखि एक साता लामो बिदा लिएर शैक्षिक भ्रमणमा निस्किएका शिक्षकलाई चितवनकी आरती चौधरी, काठमाडौंका भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठले भारु रकम सटही गरिदिएको सूचना नेपाल प्रहरीले पाएको छ । सटही गर्नेमध्ये दुइलाई नेपाल प्रहरीले चितवनमा पक्राउ गरेर केरकार अघि बढाइसकेको स्थितिमा ‘कारवाहीको परिबन्दमा परेका ५ शिक्षकलाई थुनामुक्त गराउन’ परराष्ट्र मन्त्रालय(काठमाडौं)ले भारतीय दुतावासमार्फत अनुरोध गरिसकेको जानकारी पोखरेलले दिए । अनाहकमा थुनामा परेका शिक्षकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दुतावासलाई पत्र लेखिसकेको र दुतावासले विदेश मन्त्रालयलाई उद्धारमा आवश्यक समन्वयका लागि अनुरोध गरिसकेको जानकारी दिएपनि थुनामा रहेका शिक्षकको पछिल्लो स्थिती तथा अबको प्रकृयाबारे कुनै सूचना छैन ।

    भारतमा ‘नक्कली नोटको कारोवार’ सम्बन्धी मुद्धालाई गम्भीर रुपमा लिइने भएकाले अदालती प्रकृया पुरा भएपछि मात्रै थुनामा परेका शिक्षकको रिहास्थिति स्पष्ट हुने देखिएको छ । उत्तर प्रदेशमा पर्ने नौतनवा सहर सिमावर्ती सुनौली–भैरवहा नाकाबाट ७ किलोमिटरको दूरीमा पर्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.