आइतबार मध्यान्ह १२ः०० बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए। काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीसमेत रहनुभएका उपाध्यायलाई पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो।
पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता पनि नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन्।
रासस



