×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सारेबुङ बेसक्याम्पमा अलपत्र २० जनाको उद्दार

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नवीनराज कुइँकेल

    बेसीशहर, जेठ १ गते । मनाङ र मुस्ताङको सिमानामा रहेको सारेबुङ हिमाल बेसक्याम्पमा अलपत्र दुई विदेशीसहित २० जना नेपालीको उद्धार गरिएको छ ।

    शुक्रबारदेखि अलपत्र परेका उनीहरुलाई शनिबार उद्धार गरि दुई विदेशी र दुई नेपालीलाई  काठमाण्डौँ पु¥याइएको छ । आरोही टिममा रहेका १६ जना नेपाली नागरिकलाई भने मनाङको फु गाविस वडा नं. ९ मा रहेको गुम्बामा राखिएको छ ।

    ५ हजार ९ सय मिटर उचाईको सारेबुङ बेसक्याम्पबाट उद्दार गरिएका आरोहीलाई मनाङको चामेबाट काठमाण्डौतर्फ लगिदैं । तस्विर सौजन्य ः दिलेन्द्र पन्त, सहायक प्रजिअ मनाङ ।

    मनाङका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार उद्दार गरिएका मध्ये नुवाकोट लप्चाङ–३ का वर्ष २६ का होमबहादुर गलान, वर्ष १९ का आइते तामाङ र जर्मनी नागरिक ४८ वर्षीय टोबियस् ग्रोएनेन र ४४ वर्षीया गुड्रन इग्रीड जिगर्मनलाई काठमाण्डौ पठाइएको हो । दुई नेपाली विरामी अबस्थामा छन । हाइअल्टिच्युटका कारण उनीहरुमा हातखुट्टा झमझमाउने, आँखा नदेख्ने समस्या देखिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी दिलेन्द्र पन्तले जानकारी दिनुभयो ।

    झण्डै छ हजार मिटर उचाईमा अलपत्र परेका पर्यटकसहितको समूहलाई पाँच हजार मिटर हुँदै तीन हजार मिटर उचाईको फु गाउँमा पु¥याइएको थियो । उद्दारमा सिम्रिक एयरको दुईवटा हेलिकप्टर प्रयोग गरिएको थियो । १९ हजार फिटबाट डोरीको सहायताले उद्दार गरिएको पाइलट विवेक खड्काले बताउनुभयो ।

    छ हजार तीन सय ४६ मिटर मिटर उचाईको सारेबुङ हिमाल बेसम्याम्पमा बसेको टोली हिमआँधीका कारण टेन्ट उडाएपछि अलपत्र परेको थियो । शुक्रबार अचानक आएको हिमआँधीले टेन्ट, ओढ्ने ओछ्याउने, पकाउने भाँडा, स्टोभ, खाद्यान्न लगायत उडाएपछि उनीहरु अलपत्र परेका थिए । शुक्रबार नै उद्दारको प्रयास गरिएपनि मौसम प्रतिकुलताका कारण सम्भव नभएको मनाङका प्रहरी नायव उपरिक्षक जगन्नाथ गौतमले बताउनुभयो ।

    टोलीमा जर्मन दम्पती ४८ वर्षीय टोबियस् ग्रोएनेन र ४४ वर्षीया गुड्रन इग्रीड जिगर्मन रहेका मनाङ प्रशासनले जनाएको छ । टोबियस् नेशनल जियोग्राफी च्यानलका पत्रकार रहेको मनाङ प्रशासनले जनाएको छ । नेपालीहरु एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।

    मनाङ प्रहरीका अनुसार उनीहरु मुस्ताङको दमोदर कुण्ड अवलोकन गरि सारेबुङ हिमाल चढेर मनाङतर्फ झर्दै थिए । हिमालबाट झरेर फेदीमा बस्दै गर्दा हिमआँधीले बसैकै ठाउँबाट उनीहरुका सबै सामान उडाएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.