×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

संघीय गठवन्धनले यसरी घेर्दैछ सिंहदरवार

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हनुमानस्थान र माइतीघर मण्डला टार्गेटमा

     

    १ जेठ, काठमाडौं । संघीय गठबन्धनले आइतवार गर्न लागेको सिंहदरवार घेराउ कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू सडकमा ओर्लिने भएका छन् ।

    सरकार मधेसका माग सम्बोधन गर्न तयार नभएको भन्दै गठवन्धनले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । त्यसका लागि बिभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरुलाई राजधानीमा ओसारिएको छ । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

    दक्षिणी गेटतर्फ महतोको नेतृत्व

    सिंहदरवारको सबैभन्दा संवेदनशील मानिने दक्षिणी गेट घेर्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतृत्व गर्ने भएका छन् ।

    संघीय समाजवादी फोरम नेपाल बाहेक संघीय गठवन्धनमा आबद्ध मधेसी मोर्चाका घटकहरू र अन्य मधेस केन्द्रित दलहरूको नेतृत्व गर्दै सदभावनाका अध्यक्ष महतोले दक्षिणी गेटमा हुने प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ ।

    महतोलाई सघाउनका लागि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), महेन्द्र यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी (तमसपा), शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहने बताइएको छ ।

    नयाँबानेश्वर ३ नम्बर गेटबाट बिजुलीबजार हुँदै हनुमानस्थानसम्म जुलुसको नेतृत्व गर्दै आउने र त्यसपछि प्रहरी घेरा तोडी दक्षिणी गेटसम्म पुग्ने अध्यक्ष महतोको योजना रहेको स्रोतको दावी छ । आफै सडकमा ओर्लिए कार्यकर्ताहरूको हौसला बढ्ने र कार्यक्रम सफल हुने ठम्याई महतोको छ ।

    माइतीघर मण्डलामा उपेन्द्र यादव

    Maitighar-Mandalaसंघीय गठबन्धनका प्रचार विभाग संयोजक आङकाजी शेर्पाले दिएको जानकारी अनुसार माइतीघर मण्डलाबाट सिंहदरबार घेराउको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् ।

    उता उपेन्द्र यादवसँगै माइतीघर मण्डलामा सबै जनजाति दलहरू हुनेछन् । यसअघि संघीय गठबन्धनले चार स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरवार घेराउ गर्ने जनाएको थियो ।

    तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरवार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन गरिने उपसमितिका संयोजक आङकाजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।

    शेर्पाले दुई स्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

    सोचे जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुई स्थान हनुमानस्थान र माइतीघर मण्डलामा केन्दि्रत गरेको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ भने हनुमानस्थानमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतले बतायो ।

    बल प्रयोग भए प्रतिकारको रणनीति

    यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि चेतावनी दिइसकेका छन् ।

    स्रोतका अनुसार प्रहरीसँगको झडप हुन सक्ने भएकाले प्रतिकारका लागि बौद्धतिरका युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी गराउने गोप्य तयारी गरेको स्रोतको दाबी छ ।

    जेठ २ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ माइतीघर मण्डला आर्कमा संघीय समाजवादी फोरम नेपाल, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, संघीय जनमुक्ति पार्टी, थरूहट तराई पार्टी नेपाल, संघीय लिम्बुवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, लिम्बुवान संयुक्त संघर्ष समिति, शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति, नेवाः स्वायत्त राज्य मंका संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, थरूहट संयुक्त संघर्ष समिति, संयुक्त मगरात मन्च, संयुक्त दलित अधिकार मन्च, लिम्बुवान मुक्ति मोर्चा नेपाल, किरात राज्य संघर्ष समिति र राष्ट्रिय दलित मुक्ति रहने छन् ।

    त्यस्तै हनुमानस्थान आर्कमा तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सदभावना पार्टी, मजफो (गणतान्त्रिक), नेपाल राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी, लोक दल, लोकतान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल र खसान राष्ट्रिय संयुक्त संघर्ष समिति रहने बताइएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.