×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘ससुराली जान्छु, पोइला नगएकी भए ल्याउनु पर्ला’

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दाह्रीले जोगाएका अरुणकुमार ७ वर्षपछि नेपाल फर्किंदै

    रामचन्द्र नेपाल
    मलेसिया। महिनौदेखि नकाटेको दाह्री सुम्सुम्याउँदै अरुणकुमार चमार बिहीवार क्वालालम्पुरमा आइपुगे । काँधमा एउटा थोत्रे झोला बोकेका थिए ।

    भाई अरुण हो ?

    उनले भने, ‘हो ।’

    दाह्री त लामै पालिएको रै छ नी ? प्रश्न खस्न नपाउदै उनले जवाफ दिए, ‘यहि दाह्रीले त आजसम्म जोगायो ।
    कसरी जोगायो दाह्रीले ?

    उनले बेलिविस्तार लगाए, ‘म कालो छु । मलेसियामा अवैधानिक भएर बसेको सात वर्ष भयो । प्रहरीले धेरैलाई चेकजाँच गर्दा मलाई स्थानिय तामिल मुलको जस्तो लाग्दो रहेछ, कहिल्यै चेकजाँचमा परिन । जोगाएन त दाह्रीले ?’

    अब नेपाल पुगेर मात्र काट्ने उनी बताउँदै थिए । डुमरी ५ सिराहा घर भएका अरुणकुमार चमार २१ वर्षको उमेरमा रोजगारीको लागि मलेसिया आएका थिए । अहिले उमेर २९ वर्षको भएको छ । चार दाजुभाई र दुई बहिनीमध्ये उनी सबैभन्दा जेठा हुन् ।

    दश कठ्ठा जमिन थियो परिवारको । धेरै ऋण लागेपछि वुवाले नै ऋण खोजेर अरुणलाई मलेसियाको पेनाङमा रहेको एक कम्पनीमा पठाएका थिए । आएको कम्पनीमा अरुणले एक वर्ष मात्रै काम गरे । नेपालबाट बुवाले पैसा पठाउन भन्ने यता कमाई नहुने भएपछि उनले कम्पनीछाडेर अवैधानिक अवस्थामा रहेर काम गर्न थाले ।

    सातवर्ष अवैधानिक भएर काम गर्दा उनले सातवटै कम्पनी चहारे । काम गर्ने ठाउँमै होस्टेल भएको हुनुपथ्र्यो उनलाई । टाढा-टाढा बस्नु पर्ने ठाउँमा उनले कहिल्यै काम गरेनन् । तल्लो कोठामा काम गर्यो माथिल्लो कोठामा सुत्यो । स्थानियस्तरको वजार समेत उनले देख्न र नजिकबाट चिन्न समेत पाएनन् । क्वालालम्पुरमा ठडिएका ठूला-ठूला टावरहरु हेर्दै भने, ‘ओहो मलेसिया त ठुलै रैछ ।  घर पनि कत्रा-कत्रा हुन् । म बस्ने ठाउँ त सिराहा वजार जस्तै थियो । यत्रा-यत्रा ठुला घर पनि हुँदा रैछन् ।’

    उनले अचम्म माने र पुराना कुरा सम्झिँए, ‘मेनपावरले म आउने बेलामा देखाएको ठुलो दुईटा विल्डिङ पनि यहि रहेछ । म्यानपावरले मलाई यहिँ नजिकै हो काम गर्ने भन्थ्यो । बल्ल आज पो देखियो ।’ उनले ट्वीन टावरतिर हात तेस्र्याए ।

    अवैधानिक अवस्थामा रहँदा धेरै दुख पाएका दिनहरु उनको आँखा अगाडि झलझली आउछन् । एक वर्ष अगाडिको कुरा हो प्रहरीले कम्पनीमा छापा मार्ने भएछ । जुन कुरा कम्पनी मालिकले पहिल्यै थाहा पाएछन् ।

    उनी सम्भिmन्छन्, ‘हामी १२ जना थियौ । गाडीमा हालेर जंगलमा लगेर छाड्यो । त्यहाँ एउटा छाप्रो थियो, त्यसैमा बितायौं । मालिकले खाना ल्याइदिँदा खाना खान्थ्यौं नत्र भोकभोकै बस्नु पथ्र्थाे । नौ दिनसम्म यसैगरी बितायौ ।’ एउटा अर्काे कम्पनीमा काम गर्दा पनि छापा हानेको थियो । उनलाई दाहि्रले नै जोगायो ।

    मलेसियाको आठ वर्षे बसाईमा उनले ६ लाख रुपैया घरमा पठाए । कमाइ नभएपछि घर जान पनि पटक-पटक खोजेका रहेछन् उनी । तर घर कसरी र्फकन सकिन्छ या यहिँ नै वैधानिक भएर कसरी बस्न सकिन्छ भनेर कसैले पनि भनेनछन् ।

    विवाहित अरुणले घरमा श्रीमतीसँग सम्पर्क नगरेको पनि आठ महिना भयो । ‘बुवाले भन्नु भयो कि तिम्रो श्रीमती छाडेर गैसकी । त्यसपछि फोन गर्न मन लागेन । पोइला गयो कि माइतमा बसेको छ मैले पनि चासो दिएको छैन । नेपाल पुगेपछि ससुराली जान्छु । अर्कैसँग पोइला गएको भए ल्याउने कुरा भएन । नत्र ल्याउनु पर्ला ।’ उनी खुलस्त भन्छन् ।

    अरुण कसैलाई पनि विदेशमा अवैधानिक अवस्थामा नबस्न सल्लाह दिन्छन् । ‘ओहो साह्रै गाह्रो पो हुन्छ दाजु । म त कसैलाई पनि इलिगल -अवैधानिक) भएर बस भन्दिन । कम्ता दुख हुन्छ,’ उनले कुरा टुग्याए ।    अरुण आइतवार नेपाल र्फकदैछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.