×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

वन-जङ्गल: डढेलोको प्रकोप

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डढेलो नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने वनक्षेत्र सखाप हुन सक्छ ।

    –डा. भाेगेन्द्र मिश्र र भाेजराज घिमिेरे (दायाँ)

    बढ्दो तापमानले दक्षिण तथा पूर्वी एशियाको जनजीवन कष्टकर बन्दै गइरहेको छ। गर्मीले हरेक दिन मानिससँगै अन्य जीवजन्तुको मृत्यु भइरहेको छ। त्यसै पनि एक वर्षअघिको विनाशकारी भूकम्पले भौगोलिक नक्शामै फेरबदल गरिदिएका कारण साविकका पानीका मूल, तालतलैया सुकिरहेका छन्, नयाँ मूल फुट्न नसकेर पानीको संकट चुलिएको छ। खडेरीले बालीनाली सखाप बनेको छ।

    यहीवेला डढेलोको प्रकोप देखिएको छ। सुन्दा सामान्य लागे पनि यो भयावह समस्या हो। तथ्यांक अनुसार, संसारमा जति वनजङ्गल तस्कर र अनधिकृत फडानीबाट विनाश हुन्छ, करीब त्यति नै परिमाणमा डढेलोबाट नष्ट हुन्छ।

    अमेरिकी संस्था नेशनल एरोनोस्टिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रहबाट सन् २००६–२०१६ सम्म खिचिएका तस्वीरहरूको अध्ययनबाट नेपालमा गएको ११ वर्षमा करीब १० लाख हेक्टर वन क्षेत्रमा डढेलो लागेको देखिन्छ। यो भनेको सिंगो नेपालको ७ प्रतिशत, नेपालको सम्पूर्ण वनको १९ प्रतिशत हो जो आकारमा भक्तपुर जिल्ला भन्दा ९० गुणा ठूलो हुन्छ।

    यो अवधिमा सन् २००७ मा सबैभन्दा कम २२ हजार ८०० हेक्टर र सबैभन्दा बढी सन् २०१४ मा १ लाख ८० हजार ९०० हेक्टर वनलाई डढेलोले सिध्याएको थियो। नासाकै तस्वीर विश्लेषणमा चालू वर्ष सन् २०१६ को दुई महीना फेब्रुअरी र मार्चमा मात्रै ६६ हजार ३०० हेक्टर वन जलेको देखिन्छ। (हे.इन्फोग्राफिक्स)

    0ZVSNvvडढेलोको क्रम सुक्खा महीनासँगै बढ्दै जान्छ र पानी पर्न थालेपछि रोकिन्छ। सामान्यतः फागुनदेखि शुरू हुने डढेलो चैत/वैशाखमा उग्र हुन्छ र जेठ/असारमा वर्षासँगै निभ्छ। हिउँदमा रूखका पात तथा हाँगा सुक्छन् र र्झ्छन्।

    विस्तारै शीत पर्न छोड्छ र दिन तातो हुँदै जान्छ। यस्तो अवस्थामा कहिलेकाहीं चट्याङ, रूख, ढुंगा आदिको घर्षणबाट प्राकृतिक रूपमा नै आगो लाग्न शुरू हुन्छ। ननिभाई फालिएको चुरोट, वनभोज गएकाहरूको लापरवाही, खेतबारीमा मलको लागि बालेको आगो अनियन्त्रित हुने जस्ता समस्याले डढेलो लाग्ने गरेको छ। तर, कतिपय अवस्थामा वन तस्कर र शिकारीले नियोजित रूपमा पनि आगो लगाउँछन्। हावा बढी चल्ने यो मौसममा एक ठाउँमा लागेको आगो तुरुन्तै अर्को ठाउँमा फैलन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ।

    हिमाल, पहाड, तराई सबैतिर डढेलो लाग्ने गरेको छ। डढेलोले क्षति पुर्‍याएको जंगलको कुल क्षेत्रफलमध्ये ५९ प्रतिशत तराईमा, ४० प्रतिशत पहाडमा र १ प्रतिशत हिमाली भागमा रहेको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रका वरपर डढेलोको असर डरलाग्दो छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्र फागुनदेखि वैशाखसम्ममा १६ हजार हेक्टर वनमा डढेलो लागिसकेको छ ।

    डढेलोको असर
    डढेलोबाट मुख्यतः बहुमूल्य जडीबुटी तथा काठपात नष्ट हुने, वनपैदावारको गुणस्तर घट्ने, जलेर सुकेका रूख र काठहरूको तस्करी बढ्ने, वनमा आश्रित जीवजन्तु मर्ने र बसाइँसराइ गर्ने जस्ता असर देखिन्छन्।

    कतिपय लोपोन्मुख जीवजन्तुका बासस्थानमा आउने परिवर्तनले त्यस्ता जातिको निरन्तरता माथि नै प्रश्नचिह्न लाग्न सक्छ। डढेलो बस्तीमा पसी हरेक वर्ष ठूलो जनधनको क्षति समेत भइरहेको छ। डढेलोकै कारण वनमा सञ्चित कार्बन नष्ट भई तापमान बढ्ने, श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने विज्ञहरूको निष्कर्ष छ।

    कतिपय विकसित देशहरूमा नियन्त्रित तथा व्यवस्थित डढेलो लगाएर निश्चित प्रकारका वन संरक्षण र सम्बर्द्धन गरिंदै आएको छ। यसो गर्दा जंगलमा सुकेका, मर्न लागेका, परजीवी तथा नसप्रने स–साना बुट्यान मासिन्छन्। खरानीले मलको काम गर्छ। वन फस्टाउँछ। तर, नियन्त्रित डढेलोबाट फाइदा लिन गतिलो योजना चाहिन्छ। बस्तीमै आगलागी हुँदासमेत नियन्त्रण गर्न कठिन भइरहेका वेला स्रोतसाधनको अभावमा नियन्त्रित डढेलो भनेको असम्भवप्रायः छ।

    अग्नि रेखाको उपयोग
    qChDdMLघना जंगल भएको ठाउँमा महीनौंसम्म डढेलो लागिरहन सक्छ। त्यसैले पनि डढेलोलाई तत्काल नियन्त्रण गरिहाल्नुपर्छ। अमेरिका तथा अन्य विकसित देशमा हेलिकप्टर दमकलको सहायताले आगो निभाएका प्रशस्त उदाहरण छन्।

    कमजोर अर्थतन्त्र तथा जटिल भूगोलका कारण हामीकहाँ अहिलेको लागि डढेलो नियन्त्रणमा हेलिकप्टर दमकलको प्रयोग सम्भव देखिंदैन। तर, हेलिकप्टर नहुँदैमा डढेलो नियन्त्रण गर्न नसकिने भने होइन।

    हाम्रा लागि अग्नि रेखाको प्रयोग डढेलो नियन्त्रणको उपलब्ध उत्तम विकल्प हो। डढेलो लागेको क्षेत्र वरिपरि नियन्त्रित डढेलो लगाउने कामलाई नै अग्नि रेखा भनिन्छ। यो रेखाले डढेलो लागेको र नलागेको वन क्षेत्र छुट्याउँछ।

    यसले ठूलो ज्वालासहित लागेको डढेलो वनको बाँकी क्षेत्रमा फैलनबाट रोक्छ। हामीकहाँ स्याउलाले हानेर डढेलो नियन्त्रण गर्ने प्रचलन छ, जुन स–सानो डढेलोमा प्रभावकारी भए पनि ठूलो डढेलो नियन्त्रणमा त्यति प्रभावकारी हुँदैन।

    समयमै ध्यान पुर्‍याउन सक्दा वर्षेनि लाग्ने डढेलो नियन्त्रण गर्न सकिन्छ। डढेलो सजिलै सल्किन र ठूलो मुस्लो भएर बढ्न सुकेका पात, घाँस, सल्ला र धुपीका रूखहरू सहायक रहन्छन्।

    हिउँदको शुरूमै मंसीर, पुसतिरै यिनलाई वनको बीचबीचमा बाटो जस्तै गरी हटाउन सक्दा डढेलो नियन्त्रणमा सहजता हुन्छ। त्यस्तै सामुदायिक वन उपभोक्तासँग समन्वय गरी यस्ता अग्नि रेखाहरू बनाउन सक्दा डढेलोबाट करोडौंको काठपातसँगै जंगली जनावर र चराचुरुङ्गीको वासस्थान जोगाउन सकिन्छ।

    (आईटीसी नेदरल्याण्ड्सबाट पीएचडी मिश्र र जापानमा पीएचडी गर्दै रहेका घिमिरेको अनुसन्धान क्षेत्र स्याटलाइट तस्वीर विश्लेषण सम्बन्धी हो।)

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.