×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

थारूमाथि भारतीय नजर

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चूडामणि भट्टराई

    काठमाडौं: मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारूहरूको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र बाह्य प्रयास हुन थालेका छन् ।
    वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारू सम्मेलनमा नेपालका विभिन्न भागहरूसँगै भारतबाट पनि थारूहरू सहभागी थिए । त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ ‘रोटीबेटीका सम्बन्ध’ भएका समुदायहरू सँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले अन्नपूर्णलाई बतायो ।
    भारत सरकारका प्रतिनिधिहरूसमेत सामेल ती सम्मेलनमा थारूहरू भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना विशेषगरी थारूहरूप्रति पनि लक्षित हुने आश्वासन दिइएको छ ।
    भारतीय एजेन्सीहरूले मधेस आन्दोलनलाई जस्तै थारू समुदायभित्र घुसी उनीहरूलाई आन्दोलित गर्ने रणनीतिका रूपमा यसलाई नेपाल सरकारले हेरेको छ ।
    वीरगन्जस्थित कन्सुलेट अफिस र काठमाडौंस्थित दूतावासका एक वरिष्ठ अधिकृतले चितवन सम्मेलनमा थारू म्युजियम र संस्कृति संवद्र्धनका लागि पाँच करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए । सम्मेलनमा नेपाल सरकारका कुनै प्रतिनिधि भने थिएनन् ।
    एक साताअघि प्रधानमन्त्री केपी ओलीसमक्ष प्रस्तुत भएको सुरक्षा परिषद्को अति गोप्य प्रतिवेदनमा सम्मेलन शुद्ध रूपमा सांस्कृतिक नरहेको र त्यसको राजनीतिक प्रयोजन हुनसक्ने उल्लेख छ ।
    सुरक्षा रिपोर्टअनुसार सम्मेलनबाट नेपाल–भारत थारू मैत्री संघ गठनको प्रयास गरिए पनि त्यसमा सहमति जुट्न नसकेपछि नेपाल–भारत सहकारी संघ भने गठन गरिएको छ ।
    सम्मेलनमा भारतका तर्फबाट थारू समुदायको उत्थानका लागि थारू संग्रहालयलाई ५ करोड रुपैयाँ, छात्रवृत्तिलगायत अन्य सहायता दिने घोषणासमेत गरिएको थियो । सम्मेलनमा भारतीय थारू समुदायका तर्फबाट राजकिशोर चौधरीको नेतृत्वमा एउटा टोली सहभागी थियो भने नेपालका तर्फबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति नेपालका केन्द्रीय नेता दाङ निवासी सुरेन्द्र चौधरी मुख्य हर्ताकर्ता थिए । चौधरी यूएनडीपीका पूर्वकर्मचारी हुन् ।
    थारू कल्याणकारिणी सभाले भने कार्यक्रमबारे असहमति प्रकट गर्दै आफूहरू सहभागी नहुने जानकारी भारतीय दूतावासलाई दिएको थियो ।
    सम्मेलनमा भारतका तर्फबाट थारू समुदायको उत्थानका लागि थारू संग्रहालयलाई ५ करोड रुपैयाँ, छात्रवृत्तिलगायत सहायता दिने घोषणासमेत गरिएको थियो ।
    सभाका अध्यक्ष धनीराम थारूले अन्नपूर्णसँग भने, ‘दुई देशका थारू समुदायबीचको सम्बन्ध बढाउन नै भारतीय दूतावासले चाहेको भए नेपाल र भारतका आधिकारिक संस्था थारू कल्याणकारिणी संघ र थारू कल्याण महासंघको नेतृत्वमा गर्न सकिन्थ्यो ।’ कुनै खास पार्टीको खास नेतालाई सारेर गरिएको कार्यक्रम भएकाले आफूहरू सहभागी नभएको उनले बताए ।
    सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिन पोखरा जानेक्रममा भारतीय विदेशसचिव एस जयशंकरले मधेसी नेताहरूसँगको भेटमा आदिवासी थारू जनजाति समुदायले मधेसी दलको आन्दोलनमा साथ देलान् भन्ने प्रश्न गरेका थिए । त्यसको सेरोफेरोमा सम्पन्न यो सम्मेलनलाई मधेसकेन्द्रित दलहरूको समर्थन र सहकार्यमा थारूहरूलाई उतार्ने प्रयासका रूपमा गृह मन्त्रालयले हेरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
    तराईका मूल बासिन्दा भनेर चिनिने र त्यहाँको जनसंख्याको ३५ प्रतिशतमा रहेको थारू समुदायका लागि आर्थिक सहयोग रकम र अन्य सहयोग भारतले घोषणा गरेको यो पहिलोपटक हो । तर यो सम्मेलनलाई मधेसी दलको आन्दोलनमा थारू समुदायको समूहगत सहयोग तत्काल प्राप्त हुनेबारे समुदायमा अलगअलग मत देखापरेको छ । चौधरीले भने, ‘हाम्रा माग राष्ट्रवादी छन् । संविधान पुनर्लेखन हामीलाई चाहिएको छैन । उपलब्धि रक्षा गर्दै समुदायको हित हाम्रो माग हो ।’ उनको यो अभिव्यक्ति मधेसकेन्द्रित मोर्चाभन्दा फरक छ ।
    थारू समुदाय गत भदौमा कैलालीको टीकापुरमा आन्दोलित भएको थियो र त्यसलाई केही मधेसकेन्द्रित नेताहरूले उक्साएको सरकारी छानबिनले पुष्टि गरेको छ । यसले आपसी सामाजिक सद्भाव बिगारेको निष्कर्ष निकाल्दै अधिकारका लागिमात्र राज्यविरुद्ध आन्दोलित हुने निष्कर्षमा थारू अगुवाहरू पुगेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.