×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

टेलियासोनेराको रहस्यमय विमान काठमाडौंमा किन

  •  
  • शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    काठमाडौं: एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिटा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।
    अन्नपूर्ण पोस्ट्लाई प्राप्त जानकारीअनुसार माघ ८ गते शुक्रबार (जनवरी २२) अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जे ई एफ ३३) अवतरण भएको थियो टेलियासोनेराका वरिष्ठ अधिकारी र एनसेल ग्रुप कार्यकारी प्रमुख जोहन डेनलिन्डलाई लिएर । साथमा डेनलिन्डका स्विडिस अंगरक्षक पनि थिए । त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी स्रोतले बतायो । विमान फिनल्यान्डबाट भाडामा लिइएको थियो र बाकु (अजरबैजान) मा रिफ्युल गरिएको थियो ।
    उक्त टोलीले उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट गरेको थियो । त्यही दिन मलेसियाबाट काठमाडौं एक्जिटाका कार्यकारी प्रमुख जमालुद्दिन अब्राहम पनि एनसेलका स्थानीय सेयरहोल्डर सतीष आचार्यद्वारा समन्वय गरिएका ती बैठकमा सामेल थिए ।
    यो उच्चस्तरीय आगमनभन्दा पहिला र पछि पनि डेनलिन्डका पुराना साथी र टेलियासोनेराका अर्का ‘स्टाफ’ सलामन वेकले नेपालमा एनसेल प्रकरणलाई निष्कर्षमा पुर्‌याउन आउने–जाने गरेका थिए । गत दुई वर्षमा उनी झन्डै दसपल्ट नेपाल आएका थिए र ‘डिल’ लाई सहज बनाउन उनले विभिन्न व्यापारी, सम्पादकहरू र प्रशासकहरूसँग भेटघाट गर्ने गरेको स्रोतले अन्नपूर्ण पोस्ट्लाई बतायो ।
    उनले आन्तरिक राजस्व विभाग प्रमुख चूडामणि शर्मालाई भेट्ने प्रयास गरेको तर प्रत्यक्ष भेटघाट हुन नसकेको स्रोतले बतायो । एनसेल प्रकरणमा निर्धारित कर तिर्न कसरी टार्ने भन्ने सेरोफेरोमा विभिन्न भेटघाट भएको पनि स्रोतको दाबी छ ।
    हालै करिब दस अर्ब रुपैयाँ कर तिरेपछि टेलियासोनेरा पदाधिकारीले आफूहरूलाई ‘कर तिर्नु पर्दैन’ भनेर नेपाली अधिकारीले नै भन्दै आएको दाबी गरेका छन् । तर किन उनीहरूले अन्त्यमा कर तिर्नुपर्‌यो र कस्ता आश्वासन नेपाली अधिकारीहरूबाट प्राप्त भएका थिए भन्नेबारे भने टेलियासोनेराका पदाधिकारीहरूले खुलाएनन् ।
    माघ ९ गते बिहानै (जनवरी २३) दुवै कार्यकारी प्रमुखले नेपाल छाडे तर डेनिलिन्ड भने त्यो प्राइभेट जहाजबाट नगई अन्य वायुसेवाबाट फर्के । निजी विमानमा सलामन वेकलेसहित पाँचजना स्विडिस उच्च पदाधिकारीहरू थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.