×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीन जोड्ने गल्छी–बेत्रावती सडकको टेन्डर एक साताभित्र

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खिलानाथ ढकाल

     

    चिनियाँ नाकासँग जोड्ने बहुचर्चित गल्छी–बेत्रावती सडक दुई वर्षभित्र दुई लेन सक्नेगरी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) सरकारले तीब्र गतिमा अघि बढाएको छ। यो सडकको टेन्डर आह्वान सम्भवतः यसै साताभित्र हुनसक्ने सम्बद्ध अधिकारीले दाबी गरेका छन्।

    चीनबाट नेपालका लागि लक्षित सामान बोकेर रेल सिगात्सेसम्म आउन थालेपछि यो सडकको अवस्था र भविष्यबारे चौतर्फी चासो बढिरहेको छ। गल्छीदेखि बेत्रावती ४६ किलोमिटर सडक दुई लेन निर्माण गर्ने जिम्मा पाएको गल्छी–त्रिशुली–स्याप्रुबेसी सडक योजना कार्यालयका अनुसार साताभित्र टेन्डर आह्वानका लागि अहिले परामर्शदातासँग अन्तिम छलफल भइरहेको छ।

    ‘यसै साताभित्र टेन्डर आह्वान गर्नेगरी हामी परामर्शदातासँग अन्तिम छलफल गरिरहेका छौं,’ गल्छी–त्रिशुली–स्याप्रुबेसी सडक आयोजनाका प्रमुख प्रकाश भण्डारीले सेतोपाटीसँग भने, ‘डिपिआरको काम अन्तिम चरणमा पुगेको छ, सडक विभागले यसलाई स्वीकृत गरेपछि कन्ट्र्याक्टर नियुक्तिको प्रक्रिया अघि बढ्छ।’

    योजना सम्झौता भएको दुई वर्षभित्र दुई लेन सडक निर्माण सम्पन्न गर्ने समयसीमा हुनेछ। भण्डारीका अनुसार डिपिआर सकिएपछि मात्रै यो सडक निर्माणको लागत रकमबारे बताउन सकिनेछ।

    भण्डारीका अनुसार पूरै कालोपत्र गरिने दुई लेन सडक नालीबाहेक ११ मिटर चौडा हुने छ। उक्त सडक निर्माणका लागि सडक विभागले योजनाको छुट्टै कार्यालय त्यहाँ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेको छ।

    ‘जग्गा लिइसकेका छौं,’ भण्डारीले भने, ‘अफिस पनि स्थापना गर्दैछौं। सम्झौता भएको मितिबाट दुई वर्षभित्र काम सक्ने योजना हो।’

    चीनको उत्तरपश्चिम प्रान्त गान्सुको राजधानी लान्झोउबाट ल्हासा हुँदै आउने रेलले सिगात्सेसम्म सामान छोड्न थालेको छ। त्यहाँबाट ट्रक र कन्टेनरले केरूङ नाका हुँदै सामान नेपाल आउँछ। त्यहीबीचमा पर्ने यो भागको सडक अहिले एक लेनको मात्रै छ। त्यसलाई फराकिलो पारेर चीनबाट आउने सामान आवागमन सहजताका लागि दुई लेन बनाउने सरकारको तयारी हो।

    चीनको केरूङबाट रसुवागढी जोड्ने सडक स्तरीय भए पनि रसुवागढीबाट स्याप्रुबेसी, बेत्रावती हुँदै गल्छीसम्मको सडक स्तरहीन रहेका कारण सवारी आवागमन अप्ठेरो बन्दै आएको छ। चीनबाट धमाधम सामान छुट्न थालेपछि नेपालपट्टिको बाटो स्तरीय बनाउन सरकारसँग उद्योगी व्यवसायीले माग गरिरहेका छन्।

    यसैगरी, बेत्रावती–धुन्चे–स्याप्रुबेसी सडकमा ‘पासिङ जोन’ बनाउनका लागि पनि सरकारले प्रयास थालेको छ। सडक डिभिजन नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालका अनुसार यो सडक पनि विस्तारै दुई लेनको बनाउने योजना हो तर एकैपटक यसको प्रक्रिया अघि बढाइएको छैन।

    ‘क्रमशः सुधार गर्दै दुई लेनको बनाउने योजना हो,’ बिसुरालले भने, ‘हामीलाई माथिबाट कस्तो निर्देशन आउँछ त्यहीअनुसार मर्मत गर्दै जानेछौं।’ उनका अनुसार यसलाई पनि दुई लेन बनाउने योजना अघि बढाउने हो भने दुई वर्षभित्र पूरा गर्न सकिन्छ।

    ‘जग्गाको समस्या नभए दुई वर्षसम्ममा हामी नै बनाउन सक्छौं, तर कसरी निर्देशन हुन्छ त्यहीअनुसार काम गर्ने हो हामीले,’ उनले भने, ‘यसलाई तुरून्तै गर्नुपर्‍यो भनी सरकारले योजना बनायो भने हामी गरिहाल्छौं, विस्तारै गर्ने भन्यो भने सुधार गर्दै जाने हो।’ अहिले अप्ठेरो भएको ठाउँमा आवागमन केही सजिलो बनाउन काम गरिरहेको बिसुरालले बताए।

    एक लेनमात्र रहेको यो सडकमा ट्राफिक जामको समस्या छ। यो सडकको अवधारणा नै एक लेनको मात्र थियो।

    भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि केरूङ नाका खुलेको थियो। नाकाबन्दीकै बीचमा चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ यो बाटोबाट राजधानी आएको थियो।

    चिनियाँ नाका खुलेपछि यो बाटोको स्तरोन्नति हुनुपर्ने आवाज उठेको हो। अहिले यही मार्ग प्रयोग हुँदै सामान काठमाडौंसम्म आउने क्रम तीब्र बनिरहेको हुँदा जामको समस्या भएको हो।

    बेत्रावती–धुन्चे–स्याप्रुबेसी जाँदा बीच भागमा पर्ने मुलखर्च–राम्चे ६ किलोमिटर पहिरोग्रस्त क्षेत्र छ। यहाँ हरेक वर्ष पहिरो जाँदा बाटो बन्द हुने गरेको छ। पहिरोग्रस्त ठाउँको विकल्पका निम्ति पनि ट्र्याक खोल्ने काम भइरहेको छ। त्रिशुलीको किनारै–किनार मैलुन–स्याप्रुबेसी सडकको ट्र्याक नेपाली सेनाले खनिरहेको छ।

    बिसुरालका अनुसार एक लेनको यो सडकमा ठुल्ठूला ट्रक र कन्टेनर गुडिरहेका छन्। साँघुरो सडकमा ठूला मालबाहक सवारी गुडाउँदा जामको समस्या बढेको बिसुराल बताउँछन्।

    गत वर्षको भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका बन्द भएपछि सक्रिय रहेको यो नाका चीनबाट सामान अायात बढेसँगै थप व्यस्त हुन थालेको छ। चीनबाट अहिले धेरैजसो स्याउ, लुगाकपडा, इलेक्ट्रोनिक सामान र लसुन प्याज बढी भित्रिरहेको छ।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.