×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

परिवार चलाउने नै बालबालिका !

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन्तोष राउत

    सोलुखुम्बु, वैशाख ३१ गते । घरको मुख्य मान्छे आमा तथा बुबा खेतीपाती लगाउन, पशु चौपायाको पालनपोषण गर्न, समाजमा भईरहने विभिन्न घटनाहरुमा सहभागी हुन र विकास निर्माणका कामहरु गर्नमै ठिक्क हुन्छ । उनीहरु फुर्सदिला कहिल्यै देख्दैनन् तर हातमा रकम भने कहिल्यै हात लाग्दैन । सामाजिक काम र घरधन्दामा मात्र व्यस्त यहाँका समुदाय घरमा चाहिने नुन खुर्सानी, तेल तथा खाद्यन्न लगायतको व्यवस्था गर्न बालबच्चामै निर्भर हुनु परेको छ ।

    सोलुखुम्बुको कोशीपारिका गाविसहरु बुङ, छेस्काम र गुदेलमा यो अवस्था विद्यमान छ । गरीबी र अभावको पर्याय छेस्कामका बालबालिका हिड्नका लागि खुट्टा लाग्न साथ आफू अनुसारको डोको र तोक्मा बोकेर साहुको भारी खेप्न पुग्छन् । शुरुमा ओखलढेङ्गा तथा सल्लेरीदेखि छेस्कामसम्म भारी बोक्दै आएका उनीहरु हिजोआज गाडी आएपछि सोलुकै नेलेबाट भारी बोक्ने गर्छन् ।

    आफ्नो तौलभन्दा तेब्बर तौलको भारी बोक्ने उनीहरुले पाँच दिनको अवधिमा पाँच सय रुपियाँसम्म कमाउँछन् । भारी बोक्न थालेको पाँच बर्ष वितिसकेको बताउने बुङका १४ बर्षीय मणिधन कुलुङ आफूहरुले भारी बोकेर नकमाए घरमा नुन तेल टुट्ने बताउँछन् , ‘हाम्रा बुबा आमा खेतीपातीमै व्यस्त, त्यहाँबाट भएको उत्पादन खानमै ठिक्क हुन्छ, हामीले भारी नबोके कहाँबाट आउँछ हामीलाई पैसा ?’
    विद्यालय उमेरका यी बाल भारियाहरु अधिकाँशले विद्यालय छाडिसकेका हुन्छन् । पढे लेखेकाहरु पनि उनीहरु सँगसँगै भारी बोकिरहेको बताउने छेस्कामका राहुल कुलुङले भने ‘लाखौं रकम खर्चेर आईए, बीए पढेर पनि भारी नै बोक्नुपर्दोरहेछ भने हामीले किन पढ्ने ?’

    पढाईमा खासै चासो नदिने यस भेगका बालबालिकाहरु आफै पनि परिवार कसरी सञ्चालन गर्ने प्रति चिन्तित देखिन्छन् । ९÷१० बर्षको उमेरपछि कतिले पढ्न पाए पनि धेरैजसोलाई भने परिवार सञ्चालन गर्ने दायित्व थपिन्छ । यस भेगका बालबालिकाहरुले यो दायित्व आफैले बोध गर्छन् किनकि यो उनीहरुका लागि संस्कार जस्तै भईसकेको छ ।

    सँगैका साथीहरु विद्यालय पढ्न गएपनि पढ्न नपाएकोमा उनीहरुलाई रत्तिभर गुनासो छैन । उनीहरु यसै क्षेत्रमा रमिरहेका छन् । सोलुखुम्बुको बुङ, छेस्काम  र गुदेललाई सोलुको कर्णालीका रुपमा चिनिन्छ । सदरमुकामबाट २५ कोष टाढा यी गाविसहरुबाट सदरमुकाम आईपुग्न दुईदेखि तीन दिनको पैदल यात्रा गर्नुपर्छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.