वैशाख ३१, २०७३- सर्वोच्च अदालतले सत्तारुढ एमाले र एमाओवादीबीच सरकार टिकाउन भएको ९ बुँदे सहमति विरुद्ध परेको रिटलाई खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलाशले शुक्रबार गरेको आदेशमा दलहरुबीच भएको सहमतिमा संविधानको धारा मिले/नमिलेको हेर्न नमिल्ने भन्दै रिटको क्षेत्राधिकार नपुगेको भनिएको छ ।
अधिवक्ता अनन्तराज लुँइटेलले दुई दलबीच भएको उक्त सहमतिविरुद्ध रिट दायर गरेका थिए ।




















