×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

राहातको खाद्यान्न बीचमै गायब, नक्कली भर्पाइ बनाएर रकम झ्वाम्

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सुमन मल्ल

    जुम्लाको गोठी ज्युलाको एक घरमा गोदाम गरि राखिएको अवस्थामा भेटिएको कुहिएको खाद्यन्न। दुई बर्ष पहिले नै बाँड्नुपर्ने खाद्यान्न पीडितले पाएनन्। तस्बिरः सुमन मल्ल
    वैशाख–२०७१ कार्तिक ८ गते परेको असिनाले अन्नबाली क्षति भएपछि सरबारबाट पीडितकालागि आएको राहतको खाद्यन्न जुम्लाको गोठी ज्युलाबाटै रातारात गायब भएको तथ्य खुलेको छ। पीडितलाई बाँडेको नक्कली विवरण बनाएर खाद्य संस्थान सुर्खेतबाट लाखाैं भुक्तानी लिएको तर राहतकाे खाद्यान्न बीचमै गायब पारिएको रहस्य बाहिर आएपछि यसबारे समिति गठन गरेर छानविन थालिएको छ।
    असिना पीडितका लागि ल्याईएको राहतको खाद्यन्न कोटडाँडा गाविस–१ देखि ४ वडा सम्मका असिना पीडितले पाउनुपर्ने थियो। पीडितका लागि आएको ५४ क्विण्टल खाद्यन्न बीचमै रातारात गायब भएको हो। असिना पीडितले खाद्यन्न नपाएको र जुम्ला जिल्लाको सिंजास्थित गोठी ज्युला बजारमा गोदाममा राखिएको विवरण सार्वजनिक भएपछि जिल्ला खाद्य व्यवस्थापन समिति मुगुले पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। वैशाख १६ गते गठन गरिएको समितिको टोली २८ गते गोठी ज्ुयला पुगेको र लालसिंह बुढाको घरमा रहेको गोदाम हेर्दा केहिदिन अघि खाद्यन्न उठाईएको पाईएको छानविन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय मुगुका नायब सुब्बा धनप्रसाद पाण्डेले जानकारी दिए।
    असिना पीडितको खाद्यन्न बुझाईसकेको भन्दै फर्जी विल–भर्पाई बनाएर सुर्खेतदेखि मुगुसम्म खाद्यन्न पु¥याउने जिम्मा लिएका पुरु दमाईले ३ हजार ३ सय चालिस क्विण्टलको ढुवानी रकम १९ लाख ५० हजार एकबर्ष अघि नै नेपाल खाद्य संस्थान सुर्खेतबाट बुझिसकेको विवरण फेला परेको छ।

    कोटडाँडा गाविसका लागि आएको ३० केजी परिमाणका एक सय ८३ बोरा खाद्यन्न गोठी ज्युलामा गोदाम गरि राखिएको अवस्थामा भेटिएको थियो। गोदाममा घर मालिक लालसिंह बुढा र ईलाका प्रहरी चौकी हाटसिंजा जुम्लाका प्रहरी चौकी ईन्चार्ज गुञ्जबहादुर मगरको रोहबरमा प्रहरी मुचुल्का गरि दुईवटा ताला लगाईएको थियो। तर छानविन समिति गठन भईसके पछि रातारात गोदामको खाद्यन्न उठाईए पनि प्रहरीले कुनै चासो नदिएको समितिले जनाएको छ। घर मालिकको भाडा नदिए पछि लगाईएको ताला ढुवानी ठेकेदार पुरु दमाईले खटाएका व्यक्तिहरु सेरी गाविस वडा नम्बर ८ का जनक टमटा, जगत मल्ल र घर मालिक लालसिंह बुढाको सहमतिले ताला खोलेर खाद्यन्न लिएको प्रहरी चौकी हाटसिंजाका ईन्चार्ज मगरले बताए।

    घर मालिक बुढाकाअनुसार मुगु जिल्ला सेरी गाविसका जगत मल्लले घर भाडा ९३ हजार पछाडि दिने भन्दै खाद्यन्न वैशाख तेस्रो साता ट्याक्टरमा हालेर मुगु जिल्लाको खमाले गाविस तर्फ लगेका हुन्। तर त्यसरी लिएको खाद्यन्न कुन अवस्थामा कहाँ गयो भन्ने कसैलाई जानकारी समेत नरहेको छानविन समितिका सदस्य मिलनकुमार सेजुवालले बताए । उता कोटडाँडा गाविसका स्थानीयले राहतको खाद्यन्न नपाएको भन्दै जनक टमटा, जगत मल्ल लगायतका ढुवानी कर्तालाई घेरेपछि वैशाख ३० गते बिहीबारसम्म खाद्यन्न पुर्याउने कागज ईलाका प्रहरी चौकी कोटडाँडामा गरेपनि उनीहरु सम्पर्कमा नै नरेको कोटडाँडा–३ का स्थानी खडकजंग शाहीले बताए।

    राहतको खाद्यन्न ढुवानीको मुख्य जिम्मा पाएका पुरु दमाईले आफूले ढुवानीको सबै रकम टमटालाई दिईसकेको र खाद्यन्न वितरण गरेको भर्पाई समेत आफूलाई बुझाएको बताए। मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भटटराईले यसबारे समिति बनाएर छानविन थालिएको बताए।

    गोठी ज्युलामा रहेको गोदाममा रहेको १ सय ८३ प्याक खाद्यन्न मध्ये अहिले कुहिएको तीन बोरा खाद्यन्न मात्र रहेको छ। अरु सबै खाद्यन्न रातारात गायब बनाईएको स्थानीयले बताए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.