×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

१० वर्षसम्म मेडिकल कलेज खाेल्न नपाउने व्यवस्था सिफारिस

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मस्यौदा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ।

    गत माघ १० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सो आयोगले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको हो। चिकित्सा क्षेत्रमा लामो समयदेखि विभिन्न आन्दोलन, हड्ताल तथा विसङ्गति अन्त्यका लागि यसअघि केदारभक्त माथेमा आयोगले दिएको प्रतिवेदनको मर्मको प्रतिकूल नहुने गरी ऐनको मस्यौदा पेस भएको हाे।

    मस्यौदा ग्रहणपछि प्रधानमन्त्री ओलीले यसलाई विधेयकको अन्तिम रुप बनाई चाँडो व्यवस्थापिका–संसद्मा पेस गराउन मन्त्री पोखरेललाई निर्देशन दिए।

    मस्यौदामा चिकित्सा राष्ट्रिय स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न र चिकित्सा शिक्षाका गुणस्तर कायम गर्नु वर्तमान चुनौती भएकाले स्वास्थ्यसम्बन्धी मौलिक हक स्थापित गर्न तथा यस क्षेत्रमा गुणस्तर र नियमनका लागि एक स्थायी प्रकारको चिकित्सा आयोग गठनको व्यवस्था गरिएको छ।

    आयोगका अध्यक्ष प्रधानमन्त्री रहने र त्यस मातहत अनुगमन, एक्रिडेसन, पाठ्यक्रम, भर्ना प्रणाली, परीक्षा, छात्रवृत्ति र शुल्क व्यवस्थापनका लागि पनि सो आयोगले नीतिगत निर्णय गर्नेछ।

    चिकित्सा शिक्षामा भर्नालाई पारदर्शी बनाउन सबै (सरकारी, गैरसरकारी र निजी) मेडिकल कलेजमा योग्यताक्रमका आधारमा मात्र भर्ना गराउने, शुल्कबारे भर्नाको सूचनामै स्पष्ट हुने गरी मापदण्डअनुसार जानकारी गराउने, आगामी १० वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल, दन्त, नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न मनसायपत्र प्रदान नगरिने व्यवस्था सुझाइएको आयोगका कार्यकारी उपाध्यक्ष डा. भगवान कोइरालाले बताए। उनले उपत्यकामा पूर्वाधार तयार भई मनसायपत्र पाएका संस्थालाई सरकारले उचित मुअब्जा दिई स्वामित्व लिने भन्दै भविष्यमा नयाँ मेडिकल विश्वविद्यालय ऐनमार्फत खुल्ने संस्थाका हकमा आफूले बन्देज लगाउन नसक्ने स्पष्ट गरे। यस्तै नयाँ मेडिकल कलेज खोल्न आफ्नै जग्गामा ३ वर्ष अस्पताल सञ्चालन गरेको हुनुपर्नेछ।

    मस्यौदामा विदेशी विद्यार्थीले नेपालमा पढ्न र विदेश जाने नेपाली विद्यार्थीले प्रवेश परीक्षा लिनुपर्ने, यस क्षेत्रमा स्वास्थ्य र शिक्षा मन्त्रालयको समन्वय बढाउने विषय पनि छन्।

    आयोगको कार्यकाल अझै ३ महिना बाँकी छ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.