×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीनले नेपालका लागि सुरु गर्‍यो रेलसेवा

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :चीनले नेपालका लागी सामान ढुवानी गर्न प्रयोग रेल । तस्बिर: पिपुल डेली चाइन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ ।
    काठमाडौंका लागि दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट बुधबार अपरान्ह मालवाहक रेल छुटेको हो ।
    लान्झोउबाट सामान बोकेर छुटेको मालवाहक रेलको अन्तिम गन्तब्य काठमाडौं हो । तर यो रेलले चीनकै स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आएर सामान खसाल्नेछ ।
    काठमाडौंका लागि सामान बोकेर आएको रेलले सिगात्सेमा सामान झारेपछि त्यहाँबाट सडकमार्ग हुँदै उपभोग्य तथा व्यापारिक सामान काठमाडौं आइपुग्नेछ ।
    चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ ।
    त्यसपछि ५ सय ६४ किलोमिटर लामो सडक छिचोल्दै सामान बोकेका कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् । त्यहाँबाट फेरि नेपाली कन्टेनरहरुले १६० किलोमिटर लामो सडक यात्रा छिचोल्दै चीनबाट छुटेका सामान काठमाडौं ल्याइपुर्याउनेछन् ।
    चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
    एक पटकमा  ४३ वटा कार र ८६ वटा कार्गो कन्टेनर बोक्न सक्ने यो मालवाहक रेलले नेपालका लागि घरायसी सामान र दैनिक उपभोग्य बस्तु ओसार्ने चाइना रेल्वेका कार्यवाहक निर्देशकले बताएका छन् ।
    चीनले यो सेवाको सुरुवात दुई देशबीचको सहयोग आदानप्रदानलाई अझै मजबुत बनाउनका लागि गरेको जनाएको छ ।
    उसले चीनका गान्सु प्रान्त, किङ्घाई प्रान्त, तिब्बतीयन स्वयत्त क्षेत्र र नेपालसहितका दक्षिण एसियाली क्षेत्रबीचको सम्बन्ध बिस्तारका लागि यो सुरुवात गरेको पिपुल डेली चाइनाले उल्लेख गरेको छ।
    संयोजन सेवाको सुरुवात थप चीनको गान्सु प्रान्तको , किङ्घाई प्रान्त , तिब्बती स्वायत्त क्षेत्र र दक्षिण एसियाली क्षेत्रमा सम्बन्धित उद्योग को तीव्र वृद्धि प्रचार हुनेछ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.