×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दोलखाका भूकम्पपीडित अवस्था: एक वर्षमा पनि उस्तै

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुवास योञ्जन

    फोटो :भूकम्पपछि पीडामा जीवन गुजारिरहेको नरमाया महतको परिवार ।
    जफे (दोलखा): एक वर्षअघि भूकम्पमा परिवारका चारजना सदस्य गुमाएर घरबारविहीन भएकी ६४ वर्षीया नरमाया महतको अवस्था अहिले पनि दयनीय छ । नरमाया भूकम्पको कहालीलाग्दो पीडा बिर्सने प्रयासमा परिवार गुमाएको थातथलो छोडेर खेतको गरामा बाँसका भाटाले बारेको टहरामा बसेर गुजारा चलाइरहेकी छन् ।
    गत वर्ष वैशाख १२ गतेको भूकम्पमा नरमायाका पति ६८ वर्षीय अम्बरबहादुर महतसहित ३० वर्षीय छोरा उत्तम, २५ वर्षीया बुहारी दिव्या र १३ महिनाकी नातिनी दीक्षाको ज्यान गएको थियो । भूकम्पमा परी नरमायाको पनि ढाड भाँच्चिएको थियो । उनी अझै अशक्त छिन् । बाँचेका परिवारका सदस्यमा २५ वर्षीया छोरी सुनिताले बाँकी रहेका दुई नाति र नातिनीको पालनपोषण गर्दै आएकी छिन् ।
    सुनिता गाउँकै एक विद्यालयमा मासिक तीन हजार तलबमा निजी स्रोतकी शिक्षिका हुन् । उनको त्यही तीन हजारले चारजनाको परिवार पालिनुपर्ने बाध्यता छ । घरमा खेतीपाती गर्नसक्ने कोही नभएपछि उनीहरू अभावग्रस्त र कष्टकर जीवन गुजारिरहेका छन् । सुनतिाले भनिन्, ‘मेरो कमाइले दुई बच्चालाई पालनपोषणदेखि आमाको स्याहारसुसार गर्न कसरी पुगोस् ? आखिर जे परिआए पनि बेहोर्नै पर्दोरहेछ जसोतसो ।’
    वृद्धा नरमायाले ६ वर्षका दीपेश र तीन वर्षकी दीपिकालाई राम्रो विद्यालय पढाउने इच्छा हुँदाहुँदै पनि खर्च नभएकाले पढाउन नसेको दुःखेसो पोखिन् । उनले बाँसको टहरामा हावाहुरी चल्दा र पानी पर्दा परिवारलाई राख्न निकै समस्या हुने गरेको बताइन् । भूकम्पपीडितका नाममा गाउँमा धेरै संघसंस्था आए पनि आफूहरूको अवस्था उस्तै रहेको उनको गुनासो छ ।
    नरमायाले धेरै संस्था जिल्लामा आएको सुने पनि आफूहरूले भने केही सहयोग नपाएको बताइन् । सामान्य सहयोग पाए पनि घर बनाउन कसैले सहयोग नगरेको उनको गुनासो छ । ‘घर बनाउने इच्छा त छ नि, पैसा छैन’, सुनिताले भनिन् । उनले आफूहरूको जीवन निकै कष्टकर भएकाले घर बनाइदिन र परिवारलाई सहयोग गरिदिन सबैलाई अनुरोध गरेकी छन् ।
    नरमायाको परिवार भूकम्पको पीडा बेहोर्ने एउटा नमुना परिवार हो । केही धेरै, केही थोरैमात्र हो, बारीको पाटामा टहरो बनाएर राहतको पर्खाइमा बस्ने यहाँका सबैजसो भूकम्पपीडितको अवस्था उस्तै छ । गत वर्ष वैशाख १२ को भूकम्पले तहसनहस भएको दोलखा वैशाख २९ गतेको भूकम्पको केन्द्रबिन्दु थियो । त्यसपछि दोलखाका बस्ती थप ध्वस्त भएका थिए ।
    भूकम्पलगत्तै आएका आईएनजीओ र एनजीओले भूकम्पपीडितका नाममा अर्बौं खर्च गरेको हिसाब देखाएका छन्् तर पीडितको अवस्थामा केही सुधार आएको छैन । नरमायाको परिवारले किरिया खर्चबाहेक सरकारी राहत २७ हजार रुपैयाँ पाएको छ । दोलखामा भूकम्पबाट मृत्यु भएका एक सय ७७ जनामध्ये जफे गाविसका १३ जना छन् । त्यसमा महत परिवारका मात्र चारजनाको ज्यान गएको थियो । दोलखामा मात्र भूकम्पका कारण ८० हजार सात सय ११ परिवारका घर भत्केका छन् ।
    आईएनजीओ र एनजीओको आठ अर्ब खर्च
    जिल्ला विकास समिति दोलखाका अनुसार सरकारी निकाय, आईएनजीओ र एनजीओले सात अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । सरकारी कार्यालय, यूएन एजेन्सी, एनजीओ र आईएनजीओले पाँच अर्ब ५८ करोड खर्च गरेका छन् भने भूकम्पसम्बन्धी सचेतना कार्यक्रम, स्वास्थ्य, खानेपानी विद्यालयलगायतको पुनर्निर्माणका लागि दुई अर्ब २३ करोड रुपैयाँ प्रस्ताव गरेर खर्च गरिरहेको जिविसले जनाएको छ ।
    जिल्लामा हाल काम गरिरहेका ११ आईएनजीओले एक वर्षमा एक अर्ब ८६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । त्यसमध्ये प्लान इन्टरनेसनलले ८४ करोड ६१ लाख रुपैयाँ ३१ गाविसमा खर्च गरेको छ । उद्धार, राहत, अस्थायी आवास निर्माण, जनचेतना कार्यक्रमलगायतमा खर्चेको प्लानको एक वर्षको प्रशासनिक खर्च १८ करोड ७० लाख रुपैयाँ छ ।
    भूकम्पलगत्तै दोलखामा आठवटा संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्था आएका थिए । तीमध्ये विश्व खाद्य कार्यक्रम फर्किसकेको छ । सातवटा यूएन एजेन्सीले वर्ष दिनमा ४९ करोड ७२ लाख रुपैयाँ खर्च गरेका छन् । सबैभन्दा बढी खर्च यूएनडीपीको १८ करोड ७० लाख र आईओएमको १८ करोड ३८ लाख रुपैयाँ देखिएको छ । डब्लूएफपीले गरेको खर्च स्थानीय साझेदार संस्थामार्फत देखाइएको छ ।
    सेभ द चिल्ड्रेनले ३७ करोड ८२ लाख, एक्टेडले १८ करोड, मर्सी कप्र्सले १७ करोड, एक्सन एडले नौ करोड, कारितास नेपालले ६ करोड २० लाख, वल्र्ड भिजनले चार करोड ७३ लाख, एलडब्लूएफले ३ करोड ५८ लाख, एनएचएसएसपीले दुई करोड २१ लाख, हेल्भेटासले एक करोड ४३ लाख र हेन्डिक्याप इन्टरनेसनलले ७३ लाख रुपैयाँ खर्च गरेको छ ।
    जिल्लामा भूकम्पपछि काम गर्न जिविसमा सम्झौता गर्न आएका ४३ वटामध्ये ३७ संस्थाले मात्र खर्च विवरण कार्यालयलाई बुझाएका छन् । ३७ संस्थाले एक अर्ब एक करोड ९५ लाख रुपैयाँ भूकम्पपछि खर्च गरिसकेका छन् ।
    सबैभन्दा बढी रेडक्रसको जिल्ला शाखाले ३३ करोड ४१ लाख र आरआरएनले १८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.