×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सुख्खाले आठ अर्ब नोक्सान हुने अनुमान

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालको कृषि मनसुनी वर्षामा निर्भर छ

    देशभर लागेको सुख्खाका कारण यस पटकको कृषि उत्पादनमा करिब आठ अर्ब रुपैँयाको नोक्सान हुने आँकलन गरेका सरकारी अधिकारीहरु यसै हप्तादेखि मनसुन अघिको गतिविधि शुरु भएर पानी परेपछि उत्साहित भएका छन्।

    गत वर्ष मनसुनमा औषतभन्दा कम पानी पर्यो, हिउँदभर पनि पानी पर्न सकेन।

    बैशाखदेखि शुरु हुनुपर्ने मनसुन पूर्वको गतिविधि पनि ठप्प रहेपछि कृषि मन्त्रालयले देशभरका कृषि कार्यालय परिचालित गरेर सुख्खा र त्यसको संभावित क्षति आँकलन गरेको थियो।

    विज्ञहरुले कम पानिको प्रयोग गरी खेती गर्ने वैकलपिक प्रणाली कार्यन्वयनमा जोड दिएका छन्।

    सुख्खाले मुख्य बालीहरु चामल, गहुँ, कोदो र तरकारीबारीमा नकारात्मक असर पारेको बताइएको छ।

    कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की भन्छन्, “प्रारम्भिक रुपमा सात आठ प्रतिशत नोक्सान हुन्छ भन्ने अनुमान थियो त्यो भनेको आठ अर्ब रुपैया बराबरको नोक्सान हो। तर अहिले मनसुन पूर्वको गतिविधि शुरु भएकाले हामी सकारात्मकमा गइरहेका छौं।”

    नेपालको कुल कृषि योग्य जमिनको करिब एक तिहाई भागमा मात्र वर्षैभर सिँचाइको पानी उपलब्ध हुने हुनाले सुख्खा लाग्ने वित्तिकै कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ।

    प्रारम्भिक रुपमा सात आठ प्रतिशत नोक्सान हुन्छ भन्ने अनुमान थियो त्यो भनेको आठ अर्ब रुपैया बराबरको नोक्सान हो। तर अहिले मनसुन पूर्वको गतिविधि शुरु भएकाले हामी सकारात्मकमा गइरहेका छौं

    योगेन्द्रकुमार कार्की, प्रवक्ता, कृषि मन्त्रालय

    आकाशे पानीको भर पर्नुपर्ने नेपालको कृषिक्षेत्रलाई यसपटक मनसुन औसत रहने खबरले खुशी तुल्याउन सक्छ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमवीद शान्ति कँडेल भन्छिन्, “यस पालीको मनसुन औषत हुने अनुमान छ सुदुर पूर्व र सुदुर पश्चिमका केहि भागमा मात्रै औषत भन्दा कम वर्षा हुने अनुमान छ।”

    विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेका कारण सुख्खाको समस्या बारम्बार दोहोरिन सक्ने मौसमविदहरु बताउँछन् ।

    त्यसैले कृषिप्रधान मुलुक नेपालले कम पानीमा पनि फष्टाउन सक्ने वैकल्पिक कृषि बिउ बिजनको व्यवस्था गर्ने देखि सिँचाइको व्यवस्था थप जमिनमा पुर्याउने योजना छिटो कार्यान्वयन गर्नुपर्ने देखिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.