×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पुनर्निर्माण प्राधिकरणको पाँच वर्षे योजनाः यी हुन्, प्राथमिकताका क्षेत्रहरू

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बजेट बढेर ८ खर्ब ३० अर्ब पुग्यो, दुई वर्षभित्र निजी आवासको पुनर्निर्माण

    ३० वैशाख, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पपछिको नेपालको पुननिर्माणका लागि पाँच वर्षे योजना तयार पारेको छ । प्राधिकरणले आज साँझ ४ बजे सोल्टी होटलमा दाताहरुलाई बोलाएर पाँच वर्षे योजना सार्वजानिक गर्ने भएको हो ।

    प्राधिकरणले तयार पारेको पाँच वर्षे योजनामा आगमी २ वर्षभित्र सम्पूर्ण निजी आवासको पुनर्निर्माण गरिसक्ने लक्ष्य छ । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजानिक गरेको सरकारको नीति तथा कार्यक्रममा पनि आगामी २ वर्षभित्र निजी आवासको पुनर्निर्माण गरिसक्ने उल्लेख थियो ।

    प्राधिकरणका सचिव मधुसुदन पौडेलका अनुसार अझै पनि कति  निजी आवासको पुनर्निर्माण गर्नुपर्ने हो भन्ने पूर्णरूपमा सर्वेक्षण प्रतिवेदन आइसकेको छैन । तर, ८ लाखको हाराहारीमा पुनर्निर्माण गर्नुपर्ने घरहरुको संख्या रहेको अधिकारीले जानकारी दिए ।

    त्यसैगरी, पुनिर्माणका लागि लाग्ने बजेट डेढ खर्ब रुपैयाँले बढाइएको छ । प्राधिकरणले आगामी पाँच वर्षमा नेपालको पुनर्निर्माण गर्न ८ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने बजेट तयार पारेको थियो । यसअघि राष्टिय योजना आयोगले विपद पछिको आवश्यकता आँकलनमा ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

    अमेरिकी डलरको भाउ बढेको र पुनिर्माण गर्नुपर्ने थप क्षेत्रहरुको पहचान भएकाले पुनर्निर्माण बजेट बढेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । गत वैशाख १२ गतेनै पाँच वर्षे पुर्निर्माण योजना सार्वजानिक गर्ने प्राधिकरणको योजना रहेपनि आवश्यक तयारी नभएकाले ढिला भएको उनले बताए ।

    प्राधिकरणले करिब डेढ दर्जन क्षेत्रहरु तोकेर कुन क्षेत्रमा कुन वर्ष कसरी पुननिर्माण गर्ने भन्ने पञ्चवषिर्य योजनामा समेटिएको छ । जसमा ग्रामिण घर, शहरी घर, पोषण, सामाजिक समावेसीता, कृषि, पशुपालन र सिँचाई, साँस्कृतिक सम्पदा, वातावरण र बन रहेका छन् ।

    त्यस्तै, लैङ्गीकता र समावेशीता, सुशाशन, सरकार निर्माण, स्वास्थ्य, विपत्त जोखिम व्यवस्थापन, शिक्षा, विद्युत र नविकरणीय उर्जा, रोजगार र जीबीकोपार्जन, पर्यटन, यातायात, पानी तथा सरसफाई रहेका छन् । यी क्षेत्रमा पुनर्निर्माण केन्द्रित हुने थपलियाले जानकारी दिए ।

    ‘हतारहतारमा पीडीएनए तयार पार्दा धेरै कुराहरु छुटेका रहेछन्’  थपलियाले सँग भने- ‘अहिले नयाँ क्षेत्रहरुको पहिचान भएको छ । जसले गर्दा पुननिर्माणको लागत बढ्ने देखिएको हो ।’

    पीडीएनएमा सर्वोच्च अदालत, नेपाली सेनाका भत्किएका संरचनाको पुर्निर्माण गर्नुपर्ने कुरा छुटेको र शैक्षिक क्षेत्रबाट पनि थप रकम आवश्यक देखिएको थपलियाले जानकारी दिए ।

    त्यस्तै, प्राधिकरणले पुनर्निर्माणका लागि कुन वर्ष कति खर्च गर्ने भन्ने योजना पनि सार्वजानिक गर्नेछ । प्राधिकरण गठन भएको पाँच महिना वित्नै लाग्दा पनि कूल बजेटको १० प्रतिशत पनि खर्च गर्न नसकेको भन्दै प्राधिकरणमाथि चौतर्फ आलोचना भइरहेको छ । यो वर्षका लागि प्राधिकरले प्राप्त गरेको ९१ अर्ब रुपैयाँ बजेटमध्ये हालसम्म १० अर्ब रुपैयाँ पनि खर्च भएको छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.