×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

चक्रपथमा ‘नक्कली’ महानगर यातायात

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदिल पोखरेल

     

    नेपाली सेनाका प्राविधिक सुबेदार आनन्द अधिकारी एयरपोर्टबाट कलंकी जान महानगर यातायातको बस चढे। छिर्नेबित्तिकै उनी छक्कै परे। बा२ख १६२२ नम्बरको त्यो बस उनले चढ्दै आएको महानगर यातायातको जस्तो थिएन। न त्यसमा वाइफाई थियो न त टेलिभिजन। न लोकेसन डिस्प्ले बोर्ड न स्टप बटन। न सिसिटिभी क्यामरा न आरामदायी सिट।
    पछि पो उनले थाहा पाए। त्यो त महानगर यातायातको नाम र उस्तै रङ प्रयोग गरेर चलाइएको ‘नक्कली’ गाडी रहेछ, जुन झट्ट हेर्दा महानगरजस्तै देखिन्छ। तर, त्यसमा कम्पनीले भनेजस्तो कुनै सुविधा छैन।
    तपाईं पनि महानगर यातायातको गाडी चढेर चक्रपथ डुल्न खोज्दै त हुनुहुन्न? झुक्किनुहोला है!
    महानगर यातायातका नाममा चलिरहेका यी गाडीको संख्या लगभग वास्तविक कम्पनीको जति नै छ। महानगरले ३९ वटा बस रिङरोडमा चलाइरहेको छ, जबकि यही नामका नक्कली बसको संख्या लगभग ४० पुगिसकेको छ।
    सुविधायुक्त र जहाँ पायो त्यहाँ गाडी रोकेर यात्रु नचढाउने हुँदा चक्रपथमा महानगर यातायात लोकप्रिय हुँदै गएको छ। यसले यात्रुसँग भाडा उठाएपछि टिकट पनि दिन्छ। उस्तै नाममा चलेको गाडीमा भने टिकट त पाइँदैन नै, भाडा पनि जथाभाबी छ।
    आफ्नै कम्पनीको नाममा नक्कली गाडी चल्दा पनि महानगर यातायात प्राइभेट लिमिटेडले प्रशासनसमक्ष उजुरी भने गरेको छैन। कम्पनी रजिस्ट्रार कार्यालयमा महानगर यातायतातको लोगो र कलरको ट्रेडमार्क दर्ता नभएका कारण त्यस्ता नक्कली गाडीविरुद्ध उजुरी गर्न नसकेको महानगर यातायात प्राइभेट लिमिटेडका उपाध्यक्ष सन्तोष खतिवडाले बताए।
    ‘हाम्रा गाडी जम्मा ३९ वटा मात्रै हुन्, हाम्रै नाम, लोगो र रङ प्रयोग गरेर ४० वटाजति नक्कली महानगर यातायात चलेका छन्,’ उनले बुधबार सेतोपाटीसँग भने, ‘कारबाही अघि बढाउन हामी सबभन्दा पहिला कम्पनीको लोगो र रङ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गराउने प्रक्रियामा लागेका छौं।’ महानगर यातायात स्वयम्भु बस व्यवसाय समितिअन्तर्गत सञ्चालनमा छ।
    स्वयम्भु बस व्यवसाय समितिले महानगर यातायातका ३९ वटा गाडीलाई चक्रपथमा सञ्चालन गर्न यातायात व्यवस्था कार्यालयबाट अनुमति लिएको छ। स्वयम्भु बस व्यवसाय समितिका अध्यक्ष धर्मराज रिमालले पनि अन्य व्यक्तिगत गाडी महानगर यातायात लेख्दै चक्रपथमा गुडिरहेको स्वीकार गरे।
    ‘महानगर कम्पनीका ३९ गाडी सञ्चालन गर्न हामीले यातायात व्यवस्था कार्यालयबाट अनुमति लिएका छौं,’ उनले भने, ‘कानुनमा प्रस्ट व्यवस्था नभएकाले अन्य बसले महानगर यातायात लेखेर चलाउँदा पनि हामीले त्यस्ता सवारीलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनौं।’
    यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत गणेश अर्याल भने महानगर यातायातका गाडी कम्पनीको नाममा नभई सञ्चालकहरूका नाममा दर्ता भएको बताउँछन्। सडकमा गुडेका गाडीको नियमन जिम्मा ट्राफिक प्रहरीको भएको उनको भनाइ छ।
    ट्राफिक प्रहरी भने आफूहरूकहाँ यससम्बन्धी कुनै उजुरी नआएको बताउँछन्। ट्राफिक प्रहरीका डिएसपी ज्ञानेन्द्र पाख्रिनले यसबारे महानगर कम्पनीले उजुरी गरे मात्रै कानुनअनुसार कारबाही गर्न सकिने बताए। ‘उनीहरूले उजुरी गर्नुपर्याे, त्यसपछि मात्र हामीले ती गाडी निगरानी गरी अध्ययन गर्न सक्छौं,’ उनले भने, ‘त्यसपछि कानुनअनुसार कारबाहीको दायरामा ल्याउन सक्छौं।’
    उजुरी दिने र लिने यो जटिलताबीच उपभोक्ता भने नक्कली महानगर यातायात चढ्न बाध्य छन्।
    हेर्नुहोस् नक्कली र सक्कली यातायातका केही तस्बिरहरू
    तस्विरः भरतबन्धु थापा

    सक्कली महानगर यातायात

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.