×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कोइराला र किशुनजीकै घाटखर्च अड्कियो

  •  
  • बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    अर्जुन सुवेदी

    कोइराला र किशुनजीकै घाटखर्च अड्कियो
    काठमाडौं–पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको क्रमशः ७ र ६ वर्ष पूरा भयो । उनीहरुको योगदानको खातिरदारी गर्दै राज्यले राजकीय सम्मानसाथ अन्त्येष्टि गरे पनि घाट एवं काजकिरिया खर्च भने अझै भुक्तान गरेको छैन । तत्कालीन सरकारले यी दुवै जनाको अन्त्येष्टि राजकीय सम्मानसाथ गर्ने एवं अन्त्येष्टिसहित काजकिरियाबापत लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेका थिए । दुवै जनाको किरिया खर्च भुक्तानीसम्बन्धी फाइल गृह मन्त्रालय, मन्त्रिपरिषद, संस्कृति मन्त्रालयलगायत ठाउँमा अड्किँदा भुक्तानीमा ढिलाइ भएको हो । पूर्वविशिष्टलाई दिइएको राजकीय सम्मानकै धज्जी उड्ने गरी घाटखर्चसमेत भुक्तान नगरिएको बारे मुख्यसचिव सोमलाल सुवेदीले चाल पाएपछि बल्ल यस सम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।
    तीन महिनाअघि निधन भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालासहित राजकीय सम्मान पाएका यी तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र किरिया खर्चबापत रकम भुक्तानी प्रक्रियाको फाइल बल्ल अघि बढेको हो । तत्कालीन मन्त्रिपरिषद निर्णयबाटै राजकीय सम्मान पाएका उनीहरुको अन्त्येष्टि र काजकिरिया खर्च भुक्तान हुन नसकेपछि गत साता मन्त्रिपरिषद बैठकले फेरि उनीहरुको अन्त्येष्टि र काजकिरिया बापतको खर्च बेहोर्ने निर्णय गर्नुप¥यो । सोही निर्णयअनुसार तीन पूर्वविशिष्टको अन्त्येष्टि र काजकिरिया खर्च भुक्तानी सम्बन्धी फाइल अहिले अर्थ मन्त्रालय पुगेको छ ।
    पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको २०६६ चैत ७, कृष्णप्रसादको २०६७ फागुन २० र सुशीलको २०७२ माघ २६ गते निधन भएको थियो । तीनै प्रधानमन्त्रीको निधनमा तत्कालीन सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेका थिए । यसअनुसार अन्त्येष्टि र किरियामा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्नुपर्छ ।

    वर्षाैंअघि निधन भएका पूर्वविशिष्टका नाममा दिने भनिएको रकम भुक्तान नगरेपछि मुख्यसचिव सोमलाल सुवेदी आफैंले अग्रसरता लिएर अघि बढाएका हुन् । ‘सरकारले नै निर्णय गरेर राजकीय सम्मान दिएका पूर्वविशिष्टको अन्त्येष्टि र किरियाखर्च वापतको रकम यतिका बर्षसम्म भुक्तानी नहुनु लाजमर्दाे हो,’ मुख्यसचिव सुवेदीले नागरिकसँग भने, ‘सम्बन्धित निकायले चासो नदिएर हो वा समयमै प्रस्ताव पेस नगरेपछि ढिला भएको हो, मैले जानकारी पाउँदासाथ मन्त्रिपरिषद प्रस्ताव लगेँ, प्रधानमन्त्रीज्यूसँग पनि कुरा राखेँ र मन्त्रिपरिषदबाट तीनै जना पूर्वविशिष्टको अन्त्येष्टि र काजकिरियाबापतको खर्च भुक्तान गर्ने निर्णय भएको छ ।’

    सुवेदीका अनुसार अर्थ मन्त्रालयले तीनै जनाको अन्त्येष्टि र किरिया खर्चबापतको एकमुष्ट रकम ३० लाख १९ हजार ६ सय ३१ रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निकासा दिनेछ । त्यसपछि मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई शोधभर्ना गर्नेछ । तीन पूर्वविशिष्टको अन्त्येष्टि र किरिया खर्चमध्ये गिरिजाप्रसाद कोइरालाको सबैभन्दा बढी छ । अन्त्येष्टि र किरियाखर्चमा लागेको रकममध्ये आधा कोष र आधा कोषका तत्कालीन सदस्यसचिव सुशील नाहाटाले हालेका थिए ।

    मन्त्रिपरिषद स्रोतका अनुसार लामो समयसम्म पूर्व विशिष्टको अन्त्येष्टिको रकम निकासा नभएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि जनाएका थिए । ‘सुशीलजी त आफंै प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरिजाप्रसाद र कृष्णप्रसादकै किन गर्नुभएन ?’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कि दिनै हुन्न, दिने निर्णय भइसकेपछि काजकिरिया खर्च रोकेर राख्नु राम्रो हुन्न ।’

    संस्कृतिसचिव प्रेमकुमार राईले मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले अब केही दिनमै निकासा हुने बताए । ‘मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि निकासाका लागि अर्थ मन्त्रालय पठाएका छौं,’ राईले नागरिकसँग भने, ‘गिरिजाप्रसाद र कृष्णप्रसादको खर्चको प्रस्ताव उतिबलै हामीले मन्त्रिपरिषद पठाएका थियौं, अध्ययनका लागि गृह मन्त्रालय पठाइएको रहेछ, गृहबाट फाइल अघि बढाउनुको सट्टा संस्कृतिमै फिर्ता पठायो । त्यसपछि अब त लाजमर्नु भयो भनेर अघि बढाइएको हो ।’

    तर गिरिजाप्रसाद र कृष्णप्रसादभन्दा पछि निधन भएका राष्ट्रपतिका उम्मेदवार बनेका रामराजाप्रसाद सिंह र गत वर्ष निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको अन्त्येष्टि र काजकिरिया खर्च भने उतिबेलै निकासा गरिएको थियो । सुशील कोइराला नेतृत्व सरकारले थापाको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । त्यसबेला थापाका छोरा सुनीलबहादुर मन्त्री थिए ।

    रामराजालाई तत्कालीन बाबुराम भट्टराई नेतृत्व सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । गिरिजाप्रसाद र कृष्णप्रसाद दुवैको अन्त्येष्टि र काजकिरियामा लागेको खर्च शोभभर्ना गरिदिन पशुपति क्षेत्र विकास कोषले २०६७ चैत ६ गते पहिलोपल्ट गृहसँग माग गरेको थियो । त्यसपछि गृहले २०६८ वैशाख १२ गते कोषसँग निर्णय माग्यो । त्यही बेला अन्त्येष्टिमा लागेको खर्च नदिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो ।

    अख्तियारले २०६८ असोज ६ गते राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने भनी मन्त्रिपरिषदबाट निर्णय भएकाको अन्येष्टिमा लागेको खर्च विवाद र चर्चामा ल्याउन वाञ्छनीय नहुने भन्दै कोइराला र भट्टराईको निधनमा भएको खर्च उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दियो । अख्तियारले आइन्दा यस्तो खर्च गर्दा नीति बनाउनसमेत सरकारलाई निर्देशन दियो । अख्यितारको निर्देशनपछि मुख्यसचिवको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयले मापदण्ड बनाउन २०६८ मंसिर १४ गते गृहलाई पठायो । त्यसैअनुसार गृह र अर्थको सहमतिमा संस्कृति मन्त्रालयले २०७० वैशाख ३० गते मन्त्रिपरिषद पठाएको फाइल गृह हुँदै संस्कृतिमै फिर्ता भएको थियो ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.