×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

पनामा पेपर्स लिकमा भेटिए सात नेपालीको नाम, उपेन्द्र महतो र अरुणकुमार चौधरीको पनि नाम

  •  
  • मङ्गलबार, बैशाख २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वभर हङ्गामा मच्चाएको पनामा पेपर्स दस्तावेजमा रहेका नेपालीहरुको नाम सार्वजनिक भएको छ।

    विश्वका धनी र शक्तिशाली नेताहरुको पोल खुल्ने गरी उनीहरुले ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर र अन्य कर छुट हुने अफसोर देशहरुमा शेल (छायाँ) कम्पनीहरुमार्फत् गरेको लगानीको खुलासा भएको लिक खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे) ले सोमबार मध्यरात गरेको हो।

    लिक भएका दस्तावेजमा सात जना नेपालीको नाम रहेको छ। त्यसमा उपेन्द्र महतो, चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी र चौधरी थर भएका थप तीन जना रहेका छन्। त्यसैगरी नवाङ डोल्मा र उमादेवी सि‍ंहानियाको नाम पनि पनामा पेपर्समा भेटिएको छ।

    उपेन्द्र महतो
    ​
    नेपालको सिराहा ठेगाना देखाएका उपेन्द्र महतो ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई कम्पनीका सेयर होल्डर देखिएका छन्। स्पार्टली भेन्चर्स लिमिटेड २६ जुन २००८ मा दर्ता भएको छ भने २०११ को मे १६ मा निस्क्रिय भएको छ।दस्तावेजमा यसको स्टायटसमा एजेन्ट परिवर्तन गरिएको भनिएको छ। स्पार्टली कम्पनीको ठेगाना भने युएईमा रहेको छ।

    महतो सेयरहोल्डर भएको अर्को कम्पनी हो- पन्कुर फाइनान्सेज लिमिटेड। यो पनि सोही मितिमा दर्ता भएर सोही मितिमा निस्क्रिय र एजेन्ट परिवर्तन स्टायटस देखिएको कम्पनी हो। यसको ठेगाना पनि युएईमा नै रहेको छ।

    अरुणकुमार चौधरी र चौधरीहरु
    चौधरी ग्रुपमा एमडी अरुणकुमार चौधरी उर्साइन लिमिटेडका सेयरहोल्डरको रुपमा रहेका छन्। ब्रिटिस भर्जिन आइल्यान्डसमा २४ जुन २००४ मा दर्ता भएको र २७ जुलाई २०१२ मा निस्क्रिय भएको यो कम्पनीको ठेगाना बेलायतमा राखिएको छ। चौधरीले आफ्नो ठेगानामा भने दक्षिण अफ्रिकाको राखेका छन्।दस्तावेजमा भएका अरु तीन चौधरीहरु शीला चौधरी, करणकुमार चौधरी र सुर्वशकुमार चौधरी पनि यही उर्साइन लिमिटेड कै सेयरहोल्डरहरु हुन्। शीला भारतको उर्साइन डेभलपर्स प्रालिका डाइरेक्टर पनि हुन्।

    नवाङ डोल्मा
    कर्पोरेट जगतमा खासै नाम नसुनिएकी नवाङ डोल्माको रजिस्टर्ड ठेगाना ब्राजिलको छ। उनी ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता गरिएका दुई सेल कम्पनीहर गोल्डेन सिम्बल इन्टरनेसनल लिमिटेड र फिक्स युनियन होल्डिङ्ग्स लिमिटेडकी सेयरहोल्डर छिन्। दुवै कम्पनीको लिङ्क हङकङसित जोडिएको छ।
    उमादेवी सिंहानिया
    यिनको नाम पनि कर्पोरेट जगतमा खासै सुनिएको छैन। ब्रिटिस भर्जिन आइल्यान्डसमा दर्ता भएको स्प्रिङ फल्स लिमिटेड कम्पनीका सेयरहोल्डरको रुपमा उनको नाम रहेको छ।
    सतीशलाल आचार्य
    मलेसियाको कम्पनी एक्जियटासँग मिलेर एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर खरिद गरेका भावना सि‍ंह श्रेष्ठका पति सतीशलाल आचार्यको नाम पनि सि‍ंगापुर अन्तर्गत रहेको भेटिएको छ। आचार्यको नाम पनामा पेपर्समा नभई अफसोर लिक्सको डाटामा रहेको छ।
    के हो पनामा पेपर्स?
    ब्रिटिस भर्जिन आइल्यान्डस, स्विटजरल्यान्ड, साइप्रस, सिंगापुर जस्ता कर सम्बन्धी प्रावधान खुकुलो भएका देश र क्षेत्रहरु, जसलाई अफसोर भनिन्छ, मा कम्पनी खोल्न सहयोग गर्ने एउटा ल फर्म ‘मोस्साक फोन्सेका’बाट लिक भएका डिजिटल डकुमेन्टहरुलाई नै पनामा पेपर्स भनिएको हो। यो ल फर्म पनामामा दर्ता भएको भएर यसलाई पनामा पेपर्स भनिएको हो। मोस्साक फोन्सेका यस्ता अफसोर कम्पनी फ्याक्ट्रीहरु झैँ दर्ता गर्ने विश्वका कयौँ कम्पनीमध्ये एक मात्र हो। ४२ देशमा ६०० जना यसका लागि काम गर्छन्। यसले गर्ने गैरकानुनी कामबारे अमेरिकाको भाइस म्यागेजिनले सन् २०१४ मै विस्तृत अनुसन्धानमूलक समाचार प्रकाशित गरेको थियो।
    कसरी भयो लिक?
    एक वर्षअघि एक अज्ञात स्रोतले जर्मन मिडिया Süddeutsche Zeitung  सित सम्पर्क गरी यो कम्पनीका डाटा दिन थाल्यो। डकुमेन्टहरु थपिँदै जाँदा १ करोड १५ लाख वटा र साइज २.६ टिबीसम्म पुग्यो। यो पत्रकारिताले ह्यान्डल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको डाटा हो। Süddeutsche Zeitung  ले इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिज्न (आइसिआइजे) सँगको सहकार्यमा प्राप्त तथ्याङ्क विश्लेषण गर्ने निर्णय गर्‍यो। आइसिआइजेले एक वर्षसम्म ८० देशका १०० मिडियाका करिब ४ सय पत्रकारहरुसँग मिलेर डकुमेन्टहरुबारे रिसर्च गरेपछि आजदेखि एकैसाथ समाचारहरु सार्वजनिक गर्न थालेको हो।
    गैरकानुनी हो?
    अफसोर इन्डस्ट्रीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छन्। तर यी कागजातहरुले बैँक, ल फर्म र अरु अफसोर प्लेयरहरुले कानुनी आवश्यकता पूरा नगरेको देखाएको आइसिआइजेको दावी छ। खासमा आपराधिक संस्था हो कि हैन, ट्याक्स डजिङ वा राजनीतिक भ्रष्टाचार छ कि छैन उनीहरुले निश्चित गर्नुपर्ने हुन्छ। तर फाइलहरुका अनुसार अफसोर मिडिलम्यानहरुले शंकास्पद कारोबारबाट आफू र आफ्ना ग्राहकहरुलाई जोगाएको, अफिसियल रेकर्डहरु म्यानिपुलेट गरेको देखिएको आइसिआइजे बताउँछ।
    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.