×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चिनियाँ टोलीद्वारा पेट्रोलियम अन्वेषण

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – कृष्ण आचार्य/जनक नेपाल, दैलेख/नेपालगन्ज

    वैशाख २७, २०७३- नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चिनियाँ सरकारी टोलीले पेट्रोलियम पदार्थ अन्वेषणको अध्ययन सुरु गरेको छ ।

    वरिष्ठ भूगर्भविद् ज्याङ दाक्युनसहित वाणिज्य मन्त्रालयका अधिकारीको ६ सदस्यीय विज्ञ टोलीले श्रीस्थानमा ग्यास अन्वेषणका लागि अध्ययन सुरु गरेको हो । यो स्थानमा हाल ग्यास बाहिर निस्किरहेको छ । जमिनमुनिबाट निस्किरहेको ग्यासमा आगो बलिरहेको छ । उक्त स्थान दर्शनार्थीहरूले दैवी शक्ति भन्दै पूजापाठ गर्ने गरेका छन् । योसहित मुलुकभर सम्भावना रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि अध्ययनको काम चिनियाँ टोलीले सुरु गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । ‘तीन वर्षभित्र अध्ययन सम्पन्न भई सम्भाव्य भएका क्षेत्रमा अन्वेषणको काम सुरु हुने छ,’ अध्ययनको शनिबार उद्घाटन गर्दै पाण्डेले भने ।

    उद्योगमन्त्री पाण्डेले जमिन मुनिबाट ग्यास निस्किरहेको स्थानको चट्टान निकाली विज्ञ टोलीलाई हस्तान्तरण गरेर अध्ययन शुभारम्भ गरेका हुन् । विभिन्न अध्ययनहरूले नेपालका विभिन्न स्थानमा पेट्रोल तथा ग्यासको रहेको पत्ता लगाए पनि सरकारी उदासीनताका कारण काम अघि बढ्न सकेको थिएन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपालको पेट्रोल अन्वेषणको अध्ययनको काम चीन सरकारले गरिदिने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार मुलुकका विभन्न स्थानमा अन्वेषण अध्ययनको काम अघि बढेको पाण्डेले बताए । सरकारले पेट्रोलियम ग्यास अध्ययन, उत्खनन् र उत्पादनका लागि २७ वर्षपछि चासो देखाएको हो ।

    पाँच महिनाको तयारीपछि अन्वेषण तथा उत्खननको अध्ययन थालिएको मन्त्री पाण्डेले बताए । ‘प्रधामन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतापछि चिनियाँ विज्ञ टोलीको सहयोगमा अध्ययन थालिएको छ,’ उनले भने । टोलीले दैलेखपछि नेपालगन्ज, पाल्पाको चुरे शृंखला, चितवन, मुस्ताङ, मोरङ चतरासहित १० स्थानमा प्रारम्भिक अध्ययन गर्ने छ । खानी विभागका पेट्रोलियम अन्वेषण शाखाका सहसचिव सुधीर रजौरियाले अध्ययनपछि खनिज ग्यास तथा पेट्रोलियम पदार्थको भण्डारण परिणाम पत्ता लाग्ने बताए । चिनियाँ टोलीले २५ दिन नेपालमा रहेर काम गर्ने छ । पेट्रोलियम अन्वेषणमा ०४५ सालमा सेल नेपालले अध्ययन गरेको थियो । जापानी सहयोग नियोग जाइकाले काठमाडौंका ग्यास कुवामा केही भएबाहेक उत्खनन् र उत्पादनमा सरकारले बेवास्ता गर्दै आएको थियो ।

    उद्योगमन्त्री पाण्डेले तीन वर्षभित्र नेपालका सबै सम्भावित भूभागमा अवस्थित खानी क्षेत्रको अध्ययन गरी कुन खनिज कति परिमाणमा छ भन्ने पत्ता लगाउने घोषणा गरेका छन् । काठमाडौंमा २५ किलोमिटरको क्षेत्रफलमा ७२ वटा ग्यास कुवा पत्ता लागेको थियो । त्यहाँ ३१ करोड घनमिटर ग्यास रहेको विज्ञहरूले दाबी गर्दै आएका छन् ।

    त्यसबाट २० हजार घरलाई ५० वर्षका लागि ग्यास पुग्ने भनिएकामा भर्खरै गरिएको परीक्षण अध्ययनमा तीन वटा कुवाको ग्यास उडेर सकिएको पत्ता लागेको उनले बताए । ‘२७ वर्ष अघिको रिपोर्टअनुसार अहिले ग्यास छैन भन्ने आएको छ,’ मन्त्री पाण्डेले भने, ‘जेजति छ, अध्ययन तथा उत्खनन गरेर व्यावसायिक उत्पादन थाल्न सरकार लागेको छ ।’ उद्योग मन्त्रालयले काठमाडौंमा मिथेन ग्यास पाइपबाट वितरणको योजना पनि बनाएको छ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरै ग्यास पाइप जोड्ने बताएका थिए । तर, प्रविधि र विज्ञ अभावले उक्त योजना कार्यान्वयनमा ढिलाइ भएको उद्योगमन्त्री पाण्डेले बताए ।

    चालू आर्थिक वर्षमै औद्योगिक क्षेत्र उद्योगमन्त्री पाण्डेले बाँकेको नौबस्तामा निर्माण गर्न लागिएको बृहत् औद्योगिक क्षेत्र निर्माणस्थलको पनि आइतबार निरीक्षण गरेका छन् । मन्त्रिपरिषद्को निर्णयबाट औद्योगिक क्षेत्रका लागि नौबस्ताको ५ सय २५ बिघा जग्गा उपलब्ध गराइसकिएको र एक साताभित्र स्रेस्ता कायम भई काम सुरु हुने उद्योगमन्त्रीले बताए । ‘विस्तृत अध्ययन गरी काम सुरु गरिने छ,’ निर्माणस्थलमा उनले भने, ‘चालू आर्थिक वर्षभित्रै शिलान्यास गरी काम सुरु हुने छ ।’

    सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा बृहत् औद्योगिक क्षेत्र निर्माण गर्न लागेको छ । त्यसका लागि नौबस्तामा ५ सय २५ बिघा, झापाको दमकमा ५ सय बिघा, हेटौंडाको मयुरढापमा २ सय बिघा, रुपन्देहीको मोतीपुरमा ८ सय १३ बिघा र कञ्चनपुरको दैजीमा ९ सय बिघा जग्गा उपलब्ध गराइसकेको छ । ती औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला मात्र नभई बहुराष्ट्रिय कम्पनीका उद्योग स्थापना हुने मन्त्री पाण्डेले बताए । ७ वटै औद्योगिक क्षेत्र निर्माण सुरु गर्न उद्योग मन्त्रालयले आउँदो बजेटमा ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

    कृषिजन्य उद्योग, जडीबुटी र वन पैदावारका उद्योगहरूलाई प्राथमिकता दिन लागिएको उल्लेख गर्दै उनले भने, ‘यो दशकलाई औद्योगिक दशक बनाउने छौं । १० वर्षमा १० लाख युवाका लागि प्रत्यक्ष रोजगारी सिर्जना गर्ने हाम्रो योजना छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.