×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

चीनले नेपालमा भारतलाई यसरी उछिन्यो

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    चीन बन्यो नेपालको ठूलो सहयोगी, भारत पाँचमा पनि परेन
    काठमाडौं: नेपाललाई सहयोग गर्ने देशमा चीन भारतभन्दा अगाडि आएको छ। केही वर्षयता सहयोग बढाइरहेको चीनले सन् २०१५४/१५ को सरकारी तथ्यांकमा भारतलाई पछारेको हो ।
    नेपाल सरकारको आधिकारिक विकास सहयोग (ओडीए) रिपोर्ट अनुसार सन् २०१४-१५ मा भारतको तर्फबाट नेपाललाई दिने सहयोगमा ५० प्रतिशत गिरावट आएको हो ।
    भारतले सहयोग घटाएका बेला  उता उता चीनले भने नेपालमा सहयोग बढाएको छ । त्यही कारण चीनले नेपालमा गर्ने सहयोगमा भारतलाई पछि पारेको हो ।
    चीनले सन् २०१४/१५ मा नेपाललाई ३७.९५ मिलियन डलरको सहयोग गर्दा नेपालको सबैभन्दा नजिकको छिमेकी मानिएको भारतले भने नेपाललाई केबल २२ मिलियन डलरमात्र सहयोग गरेको छ ।
    इतिहासमै पहिलो पटक अघिल्लो साल नेपाललाई सहयोग गर्ने शीर्ष पाँच देशको सूचीमा पनि भारत पर्न असफल भएको छ ।
    नेपाललाई सहयोग गर्ने शीर्ष देशहरुमा बेलायत, अमेरिका, जापान, चीन र स्विटजरल्यान्ड रहेका छन् । हालै नेपालको तर्फबाट जारी गरिएको रिपोर्ट अनुसार भारत र चीन नेपाललाई प्राविधिक सहयोग पनि गरिरहेका छन् ।
    यो मद्दत अध्ययन भ्रमण, तालिम र छात्रवृत्तिका रूपमा आइरहेको छ । यस्तो सहयोगलाई सरकारले आफ्नो तथ्यांकमा सामेल गर्ने गरेको छैन ।
    भारत र चीनको तर्फबाट नेपाललाई दिने सहयोग महत्वपूर्ण रहेको छ। नेपालमा गत साल आएको भूकम्पपछि भारतको तर्फबाट पुनर्निर्माणका लागि १४०० मिलियन डलर सहयोग दिएको दाबी गरिरहँदा चीनले ७६६ मिलियन डरल सहयोग दिएको जनाएको थियो ।
    भारतले चार महिनासम्म नाकाबन्दी लगाएपछि नेपाल सरकारले सहयोगको हात फैल्याएपछि चीनले पनि धक फुकाएर सहयोग गरेकाले भारत पछि परेको विश्लेषण गरिएको छ ।
    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीनतर्फ सम्बन्ध बढाउने निर्णयले भारतलाई ठूलो घाटा भएको बुझाइ भारतीय पक्षको छ ।
    नेपालमा नाकाबन्दी लगाएर पनि भारतले अन्तर्राष्ट्रियस्तरमा नेपालतर्फ कुनै अवरोध नगरेको जिकिर गर्दै आएको छ । भारतसँग नेपालको सम्बन्ध बिग्रँदै गएपछि चीनले नेपालमा सहयोग मात्रै बढाएको छैन, यहाँको राजनीतिक गतिविधिमा पनि उसले गम्भीरतापूर्वक चासो लिन थालेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.