×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सूर्यमाथि हिँड्दैछ आज बुध ग्रह

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘खगोल क्षेत्रको यो विरल घटना नांगो आँखाले हेर्नु हुँदैन’

    आज सोमबार घाम अस्ताउने बेला सूर्यलाई नियालेर हेर्ने हो भने त्यसमा एउटा प्वाल परेजस्तो देखिनेछ। काठमाडौंमा अपराह्न ४:५५ देखि सूर्यास्त हुने बेला अर्थात् ६:४२ सम्म यस्तो रोमाञ्चकारी दृश्य देखिने खगोलशास्त्रीहरूले बताएका छन्।
    सूर्यमै प्वाल परेजस्तो देखिने यस्तो विरल घटना के हो त?
    वाल्मिकी क्याम्पसका वरिष्ठ खगोलविद जयन्त आचार्यका अनुसार जब बुध ग्रह (मर्करी) आफ्नो बाटोमा हिँड्दै गर्दा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ, तब यस्तो दृश्य देखिन्छ। यसलाई खगोलशास्त्रमा ‘सूर्यबुध गमन’ (मर्करी ट्रान्जिट) भनिन्छ। सौर्य मण्डलमा सूर्यको सबभन्दा नजिकको ग्रह बुध हो।
    खगोल क्षेत्रको यस्तो रोमान्चकारी घटना एक शताब्दीमा जम्मा १३ वा १४ चोटि हुन्छ। खासगरी मे र नोभेम्बरमा हुने खगोलशास्त्री बताउँछन्। एउटा मे महिनामा यस्तो घटना भए, अर्कोचोटि १३ वा ३३ वर्षपछि हुन्छ। नोभेम्बरमा हुँदा अर्कोचोटि दोहोरिन ७, १३ वा ३३ वर्ष लाग्नेछ।
    अब यस्तो सूर्यबुध गमन १२ वर्षपछि मात्र देख्न पाइने आचार्यले बताए। फ्रेन्च खगोलशास्त्री पियरे ग्यासेन्डीले पहिलोचोटि यो घटना पत्ता लगाएका हुन्। उनले टेलिस्कोप आविष्कार भएको दुई दशकपछि सन् १६३१ मा पहिलोचोटि सूर्यबुध गमनको दृश्य देखेका थिए।
    खासमा जर्मन खगोलशास्त्री जोहानस केप्लरले बुध ग्रहले सूर्यको चक्कर काट्दा प्रयोग गर्ने बाटोको सही प्रक्षेपण गर्दै त्यसै आधारमा सूर्यबुध गमन हुने तिथि पत्ता लगाएका थिए। तर, त्यस्तो घटना हुनुअगावै १६३० मा उनको निधन भयो।
    यसअघिको पछिल्लो सूर्यबुध गमन १० वर्षअघि सन् २००६ नोभेम्बर ६ मा भएको थियो। यो घटना नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तानदेखि पूर्वी यूरोप तथा अफ्रिकाका धेरैजसो मुलुकबाट सूर्यास्त हुनुभन्दा केही घन्टाअघि देख्न सकिनेछ। बेलायत तथा उत्तर अमेरिकाबाट त अझ स्पष्ट देखिनेछ। उत्तर अमेरिकामा सूर्योदयलगत्तै देखिने यो दृश्य लगभग सात घन्टा रहने खगोलशास्त्रीहरूले बताएका छन्।
    पृथ्वी, बुध लगायत सबै ग्रहले आ–आफ्नो बाटोबाट सूर्यको चक्कर लगाइरहेका हुन्छन्। यही क्रममा सूर्य, पृथ्वी र बुध एउटै समानान्तर रेखामा आइपुग्दा यस्तो दृश्य देखिन्छ। बुध ग्रह सूर्य र पृथ्वीको बीचमा आउँदा त्यो सूर्यमै हिँडिरहेजस्तो लाग्नेछ। यो बेला सूर्यजत्रो देखिन्छ त्यो भन्दा १५८ गुना सानो कालो टीका सूर्यमा हिँडेको देखिनेछ। त्यो कालो टीका नै बुध ग्रह हो।
    सूर्यबुध गमनको यो दृश्य नांगो आँखाले भने हेर्नु हुँदैन। विशेष किसिमको फिल्टर प्रयोग गर्नुपर्छ। नांगो आखाले हेरे सदाको लागि आँखा बिग्रने खतरा भएको आचार्यले बताए।
    ‘विशेषज्ञको निगरानीमा टेलिस्कोपबाट वा सूर्यलाई परावर्तन गरी छायाँमा हेर्दा आँखा सुरक्षित हुन्छ,’ उनले भने, ‘सूर्य हेर्न भनेर बनाइएको विशेष किसिमको चस्मा प्रयोग गरेर पनि यो दृश्य देख्न सकिन्छ।’ एक्सरे वा सिसामा ध्वाँसो लगाएर वा अन्य कुनै किसिमबाट पनि हेर्न नहुने उनले बताए। उनका अनुसार असावधानीपूर्वक हेर्दा कहिलेकाहीँ थाहै नहुने गरी आँखा खराब भइदिन्छ।
    सेताेपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.