×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ८ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

हिमपात घट्दै जाँदा मनाङबासी चिन्तित

  •  
  • सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मनाङ, वैशाख २७ । हिमाली जिल्ला मनाङमा केही वर्ष यता हिउँ पर्न कम भएको छ । हिउँले ढपक्कै छोपिने सदरमुकाम चामेमा पाँच वर्ष अघि जिल्ला फागुनको अन्तिम साता जिल्ला परिषद गर्न सेना, प्रहरी र स्थानीयको सहयोगमा हिउँ पन्छाएको अनुभव छ स्थानीय विकास अधिकारी कृष्ण प्रसाद धितालको । तर यो वर्ष चामेले हल्का हिउँमै चिक्त बुझायो । तीन तीन पटक हिमाली जिल्लाको स्थानीय विकास अधिकारीको जिम्मेवारी लिएका धिताललाई अचम्मै लाग्छ यहाँको परिवर्तन देखेर ।
    चामेभन्दा उत्तर पिसाङका बासिन्दाको भोगाइ पनि उस्तै छ । हिउँदमा हिउँ कम पर्नथालेपछि मनाङको परिचय स्याउको स्वाद नै विग्रिएको छ ।“पहिले यहाँको स्याउ रसिलो थियो तर अहिले स्याउमा रस नै छैन” पिसाङका पशुपति अधिकारी भन्छन् । अचेल तल्लो भागको भन्दा माथिल्लो भागमा स्याउ राम्रो फल्छ । यस्तै असर छ यहाँ उत्पादन हुने आलु, उवा लगायतका बालीमा । 13180931_10156973562695455_220849985_n
    मनाङमा अहिले यार्चाको मौसम छ, हिमाली भेगमा किरो टिप्नेको ताँती लागिसक्यो । तर किरो अर्थात् यार्चागुम्बा कति पाइने हो एकिन छैन । हिमपात कम भएकोले किरोबाट हुने आम्दानीपनि प्रभावित हुने छाँट छ ।
    हिउँले ढाकिने हिमाली जिल्लामा हिउँ कम पर्नुको कारण धेरैलाई थाहा छैन । विश्वव्यापी जलवायु परिवर्तनको असरहरु मनाङमा पनि असरल्ल भएको भुक्तभोगीको भनाइ छ । स्थानीय विकास अधिकारी धिताल भन्छन् हामी जलवायु जोखिमको हिसाबले उच्च जोखिममै भएजस्तो लाग्यो ।
    यो जोखिमसँग जुध्न नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन समानुकूलन नमुना कार्यक्रम अन्तर्गत विकास आयोजनाहरुमा जलवायु परिवर्तन जोखिम व्यवस्थापन मूलप्रवाहीकरणको आयोजना अन्तर्गत यो हिमाली जिल्लामा जिल्ला स्तरीय जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा तालिम आइतवार सम्पन्न भएको छ ।
    जिल्ला विकास समिति मनाङको स्थानीय संयोजनमा सम्पन्न छ दिने तालिममा यहाँका विभिन्न सरकारी कार्यालयका कर्मचारीका साथै गैर सरकारी संस्था, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको समेत सहभागिता थियो ।
    विकास आयोजनाहरुमा जलवायुजन्य जोखिमलाई मूलप्रवाहीकरण गर्ने उद्देश्यले आयोजना गरिएको तालिमले योजना निर्माणमा सरिक हुने व्यक्तिहरुको क्षमता विकास गर्ने अपेक्षा लिइएको छ । 13162274_10156973614435455_2056120523_n
    एशियाली विकास बैंक (एडीबी) को संयोजन र जलवायु लगानी कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको सहजीकरण रुपान्तरण नेपालको नेतृत्वमा सामुहिक अभियान, गाविस राष्ट्रिय महासंघ नेपाल र नेपाल वातावरण पत्रकार समूहले गरिरहेका छन् ।
    कार्यक्रमको सुभारम्भ र समापन मनाङका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जलवायुजन्य जोखिमलाई मध्यनजर गरी जिल्लाको विकास योजनाहरुको तर्जुमा हुनसके दिगो विकास लक्ष्यमा सघाउ पुग्ने धारणा प्रकट गरे ।
    त्यसैगरी स्थानीय विकास अधिकारी धितालले जिल्ला विकास समितिले यो विषयलाई आगामी योजना अवधिदेखि गम्भीरतासाथ लिने बताए ।
    तालिमको क्रममा सहभागीहरुले जलवायु परिवर्तन, अनुकुलन योजना निर्माणका विभिन्न पक्षबारे जानकारी पाएका थिए । तालिमको पाँचौ दिन शनिवार स्थलगत रुपमा स्थानीयको समस्या बुझ्ने र सोही अनुरुपको अनुकुलन योजना बनाउने स्थलगत अभ्यास पनि गरियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.