×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

घन्टाको पाँच लाख भाडा पर्ने सेनाको हेलिकप्टर लिएर मन्त्री चार दिन जिल्ला दौडाहामा

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खिलानाथ ढकाल

    काठमाडौंबाट उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावल सुदूरपश्चिमका जिल्ला भ्रमणमा जाँदैछन् भन्ने थाहा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक लगिदिन अनुरोध गर्‍यो। जनक शिक्षाको तर्फबाट रक्षामन्त्रीका स्वकीय सचिवलाई फोन गरेर केन्द्रका प्रतिनिधिले अनरोध गरे, ‘पाठ्यपुस्तक लैजान सहयोग गरिदिनू।’

    रक्षा मन्त्रीको सचिवालयबाट जवाफ आयो, ‘हेलिकप्टर खाली छैन, सिट सबै प्याक भइसके।’

    दुई क्वीन्टल तौल किताब अछाम जिल्ला पुर्‍याउनु थियो, रक्षामन्त्री चढ्ने हेलिकप्टर त्यही जिल्ला जाने भएकाले केन्द्रले अनुरोध गर्‍यो।

    लिमिटेडका प्रतिनिधिले सोचेका थिए, ‘हेलिकप्टरमा छिटो र एकैचोटीमा पुर्‍याउन सकिन्छ, १० गते मंगलसेनमा वितरणको कार्यक्रम राख्ने।’

    वितरण कार्यक्रमको मुख्य अतिथि भने उनै रक्षामन्त्री रावल थिए। तर दुई टन क्षमता भएको नेपाली सेनाको महंगो हेलिकप्टर एमआई–१७ मा रक्षामन्त्री, एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, पूर्वमन्त्री कर्णबहादुर थापालगायत पार्टीका नेता कार्यकर्ताको ‘दलबल’ अट्यो, किताब अटेन।

    केन्द्रका प्रतिनिधिले १० गतेको कार्यक्रम स्थगित गरे। काठमाडौं र धनगढीबाट केही किताब बोकेर प्लेनमा गए। १२ गते महेन्द्र माविमा उनै रावलको मुख्य आतिथ्यमा किताब बाँडियो। ती र धनगढीबाट अगाडि नै लगिराखिएका किताब रावलले बाँडे।

    ‘मन्त्रीलाई जानकारी भएन होला, पिएलाई भनेको थिएँ,’ केन्द्रका एक अधिकारीले सेतोपाटीसँग भने, ‘हेलिकप्टर प्याक भनेपछि किताब लैजान सकिएन।’

    रक्षामन्त्री रावलले हेलिकप्टर लिएर जाँदा महत्वपूर्ण सरकारी काम ‘पाठ्यपुस्तक’ वितरण गरेको भनेका थिए। डडेलधुरा, अछाम र बाजुरामा रक्षामन्त्री रावल आफू र पार्टीका कार्यकर्ता भरेर हेलिकप्टरमा उडे।

    ठूला–ठूला विपद् र राष्ट्रलाई पर्दा प्रयोग गर्न भनेर महाभूकम्पपछि नेपाल ल्याइएको एमआई–१७ मा चढेर रक्षामन्त्री रावलले चार दिन ती जिल्ला घुम्दा छात्राबासदेखि मन्दिर उद्घाटन र एमाले पार्टीको नगर कमिटि अधिवेशन उद्घाटन गरे।

    नेपाली सेनाको एमआई–१७ हेलिकप्टर कस्तो हो? यो कति खर्चिलो छ? र कस्ता ठाउँमा प्रयोग हुन्छ? 

    ‘यो सुन्दैगर्दा एउटा नागरिकको तर्फबाट म भन्छु, एमआई–१७ मा रक्षामन्त्रीको त्यो भ्रमण औचित्यपूर्ण देखिएन,’ पूर्व रक्षासचिव देवेन्द्र सिटौलाले सेतोपाटीसँग भने, ‘यस्तो महत्वपूर्ण चिजको दुरूपयोग हुनु हुँदैन, यस्तो सामग्री प्रयोग गर्दा औचित्य प्रष्ट खुल्नुपर्छ।’

    सिटौलाका अनुसार यो हेलिकप्टर चार दिन फन्फनी उडाउँदा लाख दुईलाख मात्रै खर्च हुँदैन, साइकलले काम चल्ने ठाउँमा रेल लिएर किन जानुपर्‍यो भन्ने चाही महत्वपूर्ण हो। ‘आपत–विपद आइलाग्यो भने लिएर हिँड्ने चिज हो, अथवा भीभीआईपीको विशेष भ्रमणमा दुई चार घन्टा लान सकिन्छ तर चार–चार दिनसम्म लगिनु र पार्टीका कार्यकर्ता घुमाइनु यो चानचुने विषय होइन,’ सिटौला भन्छन्, ‘मैले रक्षा मन्त्रालयमा सात वर्ष काम गरेँ, बाढीपहिरो आएको अवस्थामा भए एउटा कुरा हुन्थ्यो, सानो काममा घुमफिर गर्ने, व्यक्तिगत हिसाबले हिँड्ने प्रवृत्ति पहिलेदेखि नै छ।’

    यत्रो हेलिकप्टर नै लानुपर्ने काम के थियो? सेनासँग अरू पनि हेलिकप्टर थिएनन्? भन्दै सिटौलाले प्रश्न गरेका छन्। ‘राष्ट्रलाई ठूलो क्षति, बाढी पहिरोका बेला प्रयोग गर्नुपर्ने यो चिज सामान्य ज्ञान पनि नराखिकन डुलाउँदा राज्यलाई क्षति र व्ययभार परेको छ,’ सिटौलाले भने।

    जंगी अड्डा स्रोतका अनुसार रक्षामन्त्रीले ठूलै हेलिकप्टर मागेपछि एमआई–१७ पठाइयो । र, ब्यारेक भ्रमणको औपचारिक कार्यक्रम थिएन। यहाँबाट हेलिकप्टर उडेपछि मात्र स्थानीय ब्यारेकलाई जानकारी दिइएको थियो। रक्षामन्त्रीको औपचारिक भ्रमण हुँदा प्रधानसेनापति आफैं जाने परम्परा छ। सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरी भ्रमणबारे जानकारी दिन्छ। रक्षामन्त्रीको त्यो भ्रमणमा दुबै भएनन्।

    सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले लामो दूरीमा जानुपर्ने भएको र एमआई–१७ भरपर्दो हेलिकप्टर भएकाले पठाइयो। ‘हामीसँग जे उपलब्ध छ, त्यही दिने निर्णय भयो, लामो दूरीका लागि भरपर्दो हुन्छ भनेर पनि हो,’ कार्कीले भने। एमआई–१७ हेलिकप्टमा मन्त्री रावल बाहेक को–को चढे जंगी अड्डाले भन्न सकेको छैन। ‘त्यो रक्षाको समन्वयमा भएको भ्रमण भएकाले विस्तृतमा हामीलाई थाहा हुने कुरा पनि भएन,’ उनले भने।

    एमआई–१७ बाट चार दिन चक्कर लाउँदा रोचक घटना भए। अछामको रामारोशनमा राखिएको एउटा कार्यक्रममा एमआई–१७ बस्न सकेन, आवश्यक ठाउँ नभएका कारण। त्यसैगरी, बाजुराबाट फर्किंदा ऋषिदेवामा एउटा स्कुल उद्घाटन कार्यक्रम थियो, त्यहाँ पनि बस्न सकेन।

    बुढाकोटमा पनि कार्यक्रम थियो बस्न सकेन। फर्कियो।

    लुङग्रा गाविसमा एकपटक बस्न नसकेपछि मंगलसेन ल्याइयो। स्थानीयहरू परिचालन गरेर लुङ्ग्रामा बारीको गह्रो नै खनाइयो हेलिकप्टर बसाउनका लागि।

    मार्कु गाविसमा पनि बस्न सकेन, अन्त्यमा एक स्थानीयको गहुँ रोपेको ठूलो गह्रामा बसाइयो। स्रोतका अनुसार गहुँमा बसाउँदा भएको क्षतिको ‘हर्जाना’ तिर्ने सहमति भएको छ। तर अहिलेसम्म हर्जाना नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

    घन्टामै पाँच लाख खर्च गर्ने एमआई–१७

    डडेलधुरा वा अछाम हेलिकप्टरबाट त्यहाँ पुग्दा डेढ घन्टाभन्दा बढी समय लाग्छ। रक्षामन्त्री रावल ९ गते गएका थिए र १३ गते फर्केका थिए। चार दिन पुरापुर हेलिकप्टरमा डडेलधुरा, बाजुरा र अछामका विभिन्न गाविस घुमे।

    चार दिन तीन जिल्ला उड्दा हेलिकप्टर कति घन्टा उड्यो? सेनाले दिन मानेको छैन। तर यो एमआई–१७ हेलिकप्टरको खर्चबारे केही जानकारी प्राप्त भएको छ।

    सेनाको अति महंगोमध्येको हेलिकप्टर हो एमआई–१७। यस्ता हेलिकप्टर सेनासँग चार वटा छन्। दुई वटा महाभूकम्पपछि ल्याइएको थियो। त्यसअघि रहेका दुईमध्ये एउटा उडिरहेको छ भने एउटा मर्मतको क्रममा ग्राउन्डेड छ।

    सैनिक मुख्यालय स्रोतका अनुसार यसको खर्च भनेको प्रतिघन्टा पाँच लाख रुपैयाँ हो। यसले प्रतिघन्टा इन्धनमात्रै सातदेखि आठ सय लिटरसम्म खपत गर्छ। अहिले हवाई इन्धन प्रतिलिटर १०९ रूपैयाँ छ। हिसाब गर्ने हो भने यो हेलिकप्टरले घन्टामा झन्डै एक लाख त इन्धनमात्र सिध्याउँछ।

    ‘चार्टर गरेर लैजानुपर्थ्यो भने नेपाल राष्ट्र बैंकमा पाँच लाख रूपैयाँ डिपोजिट गरेपछि मात्र यो हेलिकप्टर उड्छ,’ सैनिक स्रोतले भन्यो। साधारणतया प्रधानमन्त्री र रक्षामन्त्रीले हेलिकप्टर प्रयोग गरेको खर्च सरकारले तिर्दैन, आफैंले व्यहोर्नुपर्दा अन्ततः सेनालाई नै व्ययभार पर्न जान्छ।

    ‘राष्ट्रको संवेदनशील क्षेत्र हो सेना त्यसमाथि उसले प्रयोग गर्ने स्रोतसाधनमा रणनीतिक कुरा हुन्छन्,’ पूर्वरक्षासचिव सिटौलाले भने, ‘मैले प्रश्न गरेको चाहीँ कुन कार्यका लागि यति धेरै खर्चिलो साधन प्रयोग गरियो? भन्ने हो।’

    सेताेपाटी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.