×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सल्यानमा एकै परिवारका चार हत्याका अभियुक्त ‘यौन पिपासु’

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यौन सम्बन्ध राख्न नपाएपछि हत्याः प्रहरी

    १६ वैशाख, सल्यान । सल्यानको राना गाउँमा एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले सन्जय भारतीलाई पक्राउ गरेको हो । उनी राना गाउँकै हुन् र हत्या आरोपमा पक्राउ परेका भारती अन्दाजी १८ देखि २० वर्ष उमेरका छन् ।

    छायाँक्षेत्र गाविस राना गाउँकी सीता खाँड, उनकी दुई छोरी र बहिनीको मंगलबार राति हत्या भएको थियो ।
     
    यौन प्यास मेट्न नपाएपछि हत्या ?

    प्रहरीले कुकुरको सहयोगमा भारतीलाई पक्राउ गरेको हो । र, उनीसँग प्रारम्भीक बयान लिइसकिएको छ ।

    भारतीले प्रहरीलाई दिएको बयानअनुसार उनले मंगलबार दिउँसो दाउरा चिर्ने काम सकाएपछि मादक पदार्थ सेवन गर्न गएका थिए । राति करिब ८ बजेतिर घर पुगेका उनी ओड्ने र ओछ्यान बोकेर सुत्न भन्दै बारीतिर लागे ।

    मदिराले लठि्ठएका उनी यौन प्यास मेट्न गाउँ पसे । त्यही क्रममा चार जनाको हत्या गरेको पाइएको छ ।

    सल्यानका डीएसपी श्याम खत्रीका अनुसार भारतीले सुरुमा करिब २० मिटर तल रहेको एक घरमा बस्ने करिब ६० वर्षीया महिलासँग जर्बजस्ती यौन सम्बध राख्ने प्रयास गरेका थिए । तर प्रतिवाद गरेपछि गाईगोठमा रहेको किलाले आक्रमण गरेर घाइते बनाए ।

    त्यसपछि उनी अर्को घरमा गए, जहाँ सीता खाँडसहित ४ जना महिला-बालबालिका मात्र थिए । मदिराले मात्तिएका भारतीले सीता खाँडसँग पनि त्यस्तै व्यवहार गरे । त्यसक्रममा विवाद भयो र भारतीले किलाले आक्रमण गरेर उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सीताको हत्यापछि उनकी बहिनी गीता गिरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने प्रयास गरेको र असफल भएपछि आक्रमण गरेको पाइएको छ । उनले आक्रमणपछि पनि गीतासँग यौनसम्बन्ध राख्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उनले दुईजनाको हत्यापछि साढे दुई वर्षषा छोरी पवित्रा र ११ महिनाकी सविता खाँडको पनि हत्या गरेका थिए । सुरुमा २ वर्षीया पवित्राले चिन्न सक्ने भन्दै आक्रमण गर्दा ११ महिनाकी सविताको ज्यान गएको र त्यसपछि पवित्राको पनि हत्या गरेको पाइएको छ ।

    सल्यानका डिएसपी खत्रीले अनलाइनखबरसँग भने, ‘यौन उत्तेजनाले घटना भएको देखिन्छ । अभियुक्त पक्राउ परिसकेका छन् । कानुन अनुसार कार्वाही हुन्छ ।’

    कसरी भयो अनुसन्धान ?

    salyan-Murder

    मध्यरातमा एउटै परिवारका चार जनाको हत्या भएको खबर पाएलगत्तै डिएसपी खत्री सहितको टोलि घटनास्थल पुगेको थियो । ६० वर्षकी महिलामाथि आक्रमण गरेको स्थानमा रगतको टाटा देखिएपछि प्रहरीले त्यहीँबाट अनुसन्धान अगाडि बढाएको थियो ।

    घटनास्थल नजिकै रहेका सञ्जिव भारतीलाई प्रहरीले सुरुमै नियन्त्रणमा लियो । त्यसबेलासम्म थप अनुसन्धानको लागि कोहलपुरबाट कुकुरसहितको टोली सल्यान पुगेको थियो ।

    भुन्टी नामको कुकुर घटनास्थलमा भेटिएको रगतको आधारमा पछ्याउँदै संजय भारतीको घरसम्म पुगेर रोकियो । त्यसैको आधारमा उनी पक्राउ परेको डिएसपी खत्रीले बताए ।

    अनलाइन खबर

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.