×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘सरकार, दुई लाखले घर बन्दैन, वर्षामा कसरी बाँच्नु?’

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    माधव प्रसाद नेपाल
    सिंगटी (दोलखा): सरकारले पुनर्निर्माणका लागि अनुदानबापत पहिलो किस्ता वितरण गर्न थाले पनि भूकम्पपीडित भने त्यति रकमले घरको पूर्वाधार तयार पार्न नपुग्ने भन्दै अन्योलमा परेका छन्।
    गिटी, बालुवा र सालको काठ प्रयोग गरी घर बनाउनुपर्ने सरकारी मापदण्ड, मजदुरको ज्याला तथा ढुवानीमा रहेको महँगीका कारण तोकिएको मापदण्डबमोजिमको जग राखेर दोस्रो किस्ता रकम लिन निकै चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ। अनुदान रकम पाए पनि पीडितले समयमै घर तयार पार्न नसक्ने संकेत देखा परेका छन्।
    सरकारले गत फागुन मसान्तमा दोलखाको सिंगटी क्षेत्रबाट लामिडाँडा, लादुक, लापिलाङलगायतका पीडितलाई पुनर्निर्माणका लागि पहिलो किस्ताबापत ५० हजार रुपैयाँ उपलब्ध गराउन थालेको थियो। अनुदान रकम पाएको झन्डै डेढ महिना बित्दा पनि त्यस क्षेत्रमा घर निर्माण सुरु भएको छैन।
    त्यस्तै पहाडको माथिल्लो क्षेत्रका भूकम्प पीडितले सम्झौता प्रक्रिया र अनुदान प्राप्तिमा सहज अनुभव गर्न सकेका छैनन्।पहिलो किस्ता रकम घडेरी तयार पारी घर निर्माण भएको प्रगतिपछि दोस्रो किस्ताबापत ८० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
    साथै सरकारले विभिन्न मापदण्ड तोकिएका १८ प्रकारका घरका नमुना वितरण गरेको छ। अनुदान पाउनेमध्ये वैकल्पिक आय स्रोत भएकाले थपथाप गरेर आवास निर्माण गर्न सके पनि अनुदानमै भर पर्ने सर्वसाधारण ५० हजार रुपैयाँ पाएपछि घर बनाउने कि नबनाउने भन्ने दोधारमा परेका हुन्।
    पहिलो किस्ता बुझेका लामिडाँडा- ८ पोखरेका टीकाबहादुर कार्कीले मापदण्डअनुसारको घर बनाउन आफूले नसक्ने बताए। उनले भने, ‘सरकारी मापदण्ड पूरा गरी बनाउँदा दुई लाख त जग निर्माणमा मात्रै सकिन्छ। यति पैसाले कसरी घर बनाउन थाल्नु ? अन्योलमा छु।’
    उनले सरकारी दिनेजति अनुदान रकम एकैपटक पाएको भए जसोतसो घर बनाउन सकिने बताए। सामान्य खेतीकिसानी गर्दै आएका उनले भने, ‘वैकल्पिक आम्दानी छैन। ज्याला र ढुवानी महँगो छ। कामदार पनि पाइँदैन।’
    कार्कीजस्तै अनुदान रकम हात पारेका अरु पीडित पनि तत्काल घर बनाउने वा बैंकमा जम्मा गर्ने भन्ने दोधारमा छन्। तत्काल घर बनाउन नथाले अनुदानको पैसा मदिरा सेवन, जुवातासजस्ता गतिविधिमा खर्च हुने प्रशस्त सम्भावना रहेको कालीनाग उच्चमाविका प्राचार्य दाताराम नेपालको भनाइ छ।
    गाउँमै पाइने सामान्य काठ र टिन निकेर घर बनाउँदा आफूले झन्डै नौ लाख रुपैयाँ खर्च गरेको जानकारी दिँदै स्थानीय कुमार अर्यालले दुई लाख रुपैयाँमा सरकारी मापदण्डअनुसारको भूकम्पप्रतिरोधी घर बन्न नसक्ने बताए।
    सरकारी अधिकारी भने पहिलो चरणमा अनुदानका लागि गरिएको सम्झौता, रकम वितरणमा भइरहेका विभिन्न समस्या तथा घर निर्माणको अभ्यास सिकेर समस्या समाधान गर्दै जाने तयारीमा छन्। डेढ महिना अवधिमा जिल्लाभर ६ सय ४१ भूकम्पपीडितसँग सम्झौता भएको र तीमध्ये तीन सय २७ पीडितले मात्र पहिलो किस्ता पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय चरीकोटका प्रमुख हरिप्रसाद शर्माले बताए।
    सरकारी निकायबीच समन्वय हुन नसक्दा र गाविस सचिवहरू पेसागत माग राख्दै आन्दोलनमा उत्रिएपछि सम्झौता र अनुदान रकम वितरण अवरुद्ध भएको थियोे। सरकारी अधिकारीहरू अनुदान सम्झौता र पहिलो किस्ता वितरण कार्यलाई चाँडै निरन्तरता दिने तयारीमा छन्।
    तर वितरण प्रक्रिया झन्झटिलो हुने हो भने पाँच वर्षमा पनि घर निर्माण हुन नसक्ने प्राचार्य नेपाल बताउँछन्। फागुन अन्तिम साता पहिलो किस्ता प्राप्त गर्दा एक सातासम्म धाउनुपरेको र ५० हजार पाउन झन्डै १० हजार रुपैयाँ खर्च गर्नुपरको कार्कीले जानकारी दिए।
    स्थानीय होमप्रसाद खतिवडाले जनताले बनाएको घरलाई सरकारले मापदण्डभित्र पारेमा सबैले घर निर्माण थाल्ने नत्र पहिलो किस्ता त्यत्तिकै खर्च हुने बताए। उनले भने, ‘ज्यानको माया सबैलाई हुन्छ। सरकारले नै बलियो घर बनाउन दुई लाख दिएको छ भने त्यहीअनुसारको घर हामी बनाउँछौं। तर सरकारले त्यसलाई मापदण्डभित्र पार्नुपर्छ।’
    एमालेका गाउँस्तरीय नेता घनश्याम पाठकले सिंहरदबारमा बनाइएको नक्साका आधारमा गाउँमा घर बन्न नसक्ने बताए। कांग्रेसका स्थानीय नेता लोकराज पाठकले सरकारले मापदण्ड तोकेपछि त्यहीअनुसारको अनुदान पनि दिनुपर्ने बताए। उनले भने, ‘घरको मापदण्ड भूकम्प प्रतिरोधी छ, त्यो राम्रो पक्ष हो।
    वैकल्पिक आम्दानी हुनेले त थपथाप गरेर बनाउलान् तर सरकारी पैसामा मात्र भर पर्नेले घर बनाउन कठिन छ। त्यसैले सरकारले मापदण्ड खुकुलो बनाउनुपर्छ।’
    सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले सरकारी नीतिनियम गाउँ अनुकूल नभएका कारण समस्या देखापरेको बताए। उनले भने, ‘हामी पनि गर्दै सिक्दैछौं, केकस्ता समस्या आउँछन्, समाधानका लागि माथिल्लो निकायसँग समन्वय गरेर अगाडि बढ्ने हो।’
    सबै गाविसको अनुदान लाभग्राहीको विवरण आइसकेकाले २२ गतेदेखि अनुदान सम्झौता र पहिलो किस्ता वितरण थालिने प्राधिकरणको उपक्षेत्रीय कार्यालयका प्रमुख शर्माले बताएका छन्।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.