×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

शिक्षकहरु पत्रकार, वन समिति र सहकारीको नेता बन्न नपाउने

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विभागको निर्देशन रद्दीको टोकरीमा, अस्थायी शिक्षक आन्दोलित

     

    १५ वैशाख, काठमाडौं । विद्यालय पढाउने शिक्षकहरु गाउँ-गाउँका सामुदायिक वनसमिति, सहकारी, वचत तथा एनजिओहरुमा संलग्न हुने गरेका छन् । त्यस्ता शिक्षकहरुलाई कारवाही गरिने शिक्षा विभागले गरेको परिपत्र रद्दीको टोकरीमा मिल्काइएको छ ।

    गतसाल नै शिक्षा विभागले देशभरिका जिल्ला शिक्षा कार्यालयहरुलाई सर्कुलर पठाई कुनै पनि शिक्षकलाई वचत ऋण तथा सहकारी एवं उपभोक्ता समितिहरुमा नबस्न भनेको थियो । साथै शिक्षकहरुलाई पत्रकार बन्नबाट समेत शिक्षा विभागले रोक लगाएको थियो, जसको अहिलेसम्म कार्यान्वययन भएको छैन ।

    विभागको ०७१ साल परिपत्रको २ (ङ) मा यस्तो लेखिएको थियो-‘ शिक्षकलाई विभागीय स्वीकृति विना विद्यालयको कामबाहेक अन्य काममा लाग्न लगाउन नपाउने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउने ।’

    परिपत्रको सोही बुँदामा भनिएको छ- शिक्षकहरुलाई उपभोक्त समिति, सामुदायिक वन, वचत तथा ऋण सहकारी संस्था, गैरसरकारी संस्थाहरु, पत्रकारिता, व्यवसाय, निर्माण लगायतका कामहरुमा सञ्चालक तथा संस्थापक कर्मचारीको रुपमा काम गर्न रोक लगाउने ।’

    विभिन्न विद्यालयका शिक्षकहरु गाउँ गाउँमा वनसमिति र वचत संस्थाहरुमा बस्ने गरेको भन्दै यसअघि अख्तियारमा समेत उजुरी परेको थियो । उजुरीपछि अख्तियारले शिक्षा मन्त्रालयलाई पत्र लेखेर शिक्षकहरुलाई त्यस्ता समितिमा नबस्न भनेको थियो ।

    अख्तियारको निर्देशनलाई पालना गर्दै विभागले जिल्लामा सर्कुलर पठाएको हो । तर, त्यस्तो परिपत्रको अहिलेसम्म कार्यान्वयन भएको छैन ।

    राहत कोटाका शिक्षक आन्दोलनमा

    यसैवीच सामुदायिक विद्यालयमा कार्यरत राहत कोटाका शिक्षकहरु विद्यालयमा पढाउन छाडेर आन्दोलनमा उत्रिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेनको आयोजना गरेर थप आन्दोलनमा उत्रने सरकारलाई चेतावनी दिएको छ ।

    अस्थायी शिक्षकहरुले राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई उमेरको हद नलाग्ने गरी प्रक्रिया पुर्‍याई स्थायी गरिनुपर्ने माग अगाडि सारेका छन् ।

    त्यसैगरी शिक्षा ऐनमा राहत शिक्षकको स्पष्ट पारिभाषा गर्नुपर्ने, स्थायी शिक्षक सरह सुविधा दिनुपर्ने र राहत शिक्षकहरुलाई स्थायीसरह सरुवा गर्नु पर्ने एवं राहत कोटामा विद्यालय व्यवस्थापन समितिको हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका मागहरु अस्थायी शिक्षकले अघि सारेका छन् ।

    शिक्षकलाई उक्साउँदै सांसद र नेता

    रिपोर्टस क्लबमा बुधबार आयोजित कार्यक्रममा केही सांसदहरुले शिक्षकलाई आन्दोलन गर्न हौस्याएका छन् । नेपाली कांग्रेसका सांसद धनराज गुरुङ्गले संसदमा विचाराधीन रहेको शिक्षा ऐन संशोधन विधेयकमा राहत शिक्षकको विषयमा एक शब्द पनि उच्चारण नभएको भन्दै आन्दोलनकारी शिक्षकलाई समर्थन जनाए ।

    त्यसैगरी नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले राहत शिक्षकको समस्याको विषयमा संसद र राज्यको ध्यानार्कषण गराउने प्रतिवद्धता जनाए ।

    एमाओवादी सांसद एवम पार्टीका शिक्षा विभाग प्रमुख धनिराम पौडेलले आफ्नै भविष्य अनिश्चित रहँदा समेत बालवालिकाको भविष्य उज्वल बनाउन लागि परेको उल्लेख गर्दै मुलुकमा विद्यमान रहेका १७ प्रकारका शिक्षकलाई अन्त्य गरेर एकै प्रकारको स्थायी शिक्षक बनाउनुपर्ने बताए ।

    कार्यक्रममा उपस्थित शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले राहत शिक्षकलाई अन्य शिक्षकसरह दुर्गम भत्ता, लुगाभत्ता र बिरामी विदा दिन सकिने भन्दै सामूदायिक विद्यालय निर्देशिका बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले राहत शिक्षकको तलब स्थायी शिक्षकहरुसँग समान भइसकेकाले यस्ता शिक्षकको पक्षमा धेरै काम भइसकेको बताए ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष केशब निरौलाले आफूहरु राहत शिक्षकको पक्षमा रहेको भन्दै शिक्षकहरु आफ्नै असुरक्षाले विद्यार्थीको शिक्षामा पूर्णरुपमा केन्दि्रत हुन नसकिरहेको तर्क गरे ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकलाई दरवन्दीमा नल्याउँदासम्म आन्दोलनलाई जारी राख्ने बताए । त्यसैगरी अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बीसीले राहत शिक्षकले आफ्नो हकका लागि एकीकृत रुपमा आन्दोलन गर्नुपर्ने बताए । कार्यक्रमका सभापति एवं नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष गोकुल रोकायले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

    online

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.