×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

इन्जिनियरको प्रमाणपत्र ७ लाख रुपैयाँमा

  •  
  • बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वैशाख १५, २०७३- प्रहरीले इन्जिनियरको नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न स्थानमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोप्य सुचनाका आधारमा नक्कली इन्जिनियरलाई उपत्यका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार अनुसार ललिपुर उपमहानगरपालिका गणबहालका अंकित खडा, ललितपुर नख्खिपोटका सुवित खडा, डोटी दिपायल सिलगढी नगरपालिकाका हितेश सिंह, खोटाङ बाकसिला गाविसका पुजनकुमार खत्री, काठमाडौं बुढानिलकण्ठका सनतत श्रेष्ठलाई पक्राउ गरेको हो ।

    गणबहालका अंकित खडा घरमै लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाई विक्री गर्दै आएको अनुसन्धानमा खुलेको महाशाखा एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।  खडाले सरकारी कार्यालयको नक्कली छाप र कागजातसमेत बनाउने गरेको उनले बताए ।

    चाँगुनारायणस्थित नेपाल इन्जिनिरियङ क्याम्पसमा अध्ययन गरेर इन्जिनियरिङ परीक्षा उर्तीण गर्न नसकेपछि अभियुक्तहरुले कम्प्युटरमै प्रोभिजिनल, ट्रान्सकिप्ट सर्टिफिकेट बनाई विभिन्न सरकारी तथा प्राइभेट नोकरीको लागि पेशको गरेको एसएसपी खनाले बताए ।

    ‘अधिकांसले पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ क्याम्पसबाट पासको गरेको शैक्षिक प्रमाणपत्र बनाएका छन्’ उनले भने, ‘प्रारम्भिक अनुसन्धान अनुसार मुलुकमा नक्कली इन्जिनियरिङको विगविगी छ, कि ? जस्तो लाग्न थालेको छ ।’ अंकिंत खडाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र सुवितले इन्जिनियरिङ काउन्सिलको लाइसेन्स मिलाउने गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । करिव २० जना भन्दा बढीको इन्जिनियरको शैक्षिक प्रमाणपत्र अनुसन्धान भइरहेको उनले बताए ।  ‘प्रति व्यक्ति ५ देखि ७ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ’ उनले भने, ‘डाक्टर नक्कली, इन्जिनियर नक्कली अब त अचम्म लाग्न थाल्यो, जनताले कसलाई विश्वास गर्ने ?’ ।

    विस्तृतरुपमा अध्ययन गरे नक्कली इन्जिनियरको ठूलो संख्यालाई पक्राउ गर्न सकिने उनले बताए । नेपाल इन्जिनियरिङ क्याम्पसको नक्कली प्रमाणपत्र प्रयोग गरि भारतका विभिन्न टीभी च्यानल र नेपालस्थित सुविसु केबलमा जागिर खाइरहेको समेत फेला परेको प्रहरी अनुसन्धानमा छ । इन्जिनियरङ कान्सिलसँग समन्वय गरेर नक्कली इन्जिनियरिङको शैक्षिक प्रमाण छानवीन गरिने उनले बताए । ‘यसले शैक्षिक विकृती बढाउँछ, नक्कली प्रमाणपत्र छानवी गरेर अभियुक्तलाई कानुनी दायरामा ल्याउनैपर्छ’ उनले भने, ‘ धेरै व्यक्तिको शैक्षिक प्रमाणपत्र अनुसन्धानको दायरामा छ, अहिल्यै सार्वजिनक गर्न मिल्दैन, अनुसन्धान प्रभावित हुन्छ, तर म दाबीका साथ भन्छु नक्कली इन्जिनियरको यहाँ विगविगी छ ।’ महाशाखाका प्रवक्ता सहकुल थापाले केही दिनभित्रै ठूलो संख्यामा नक्कली इन्जिनियरलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको बताए । ‘अनुसन्धान जारी छ’ उनले भने, ‘ उजुरी आउनेक्रम जारी छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.