कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख १२ गते । विनाशकारी भूकम्पबाट दिवांगत भएका आत्माको चिर शान्ति र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा शान्तिपुजा भएको छ ।
पुम्दिभुम्दि स्थित विश्व शान्ति स्तुपमा सामुहिक रुपमा विभिन्न धर्मका गुरुले स्वस्थी शान्ती गरेर शान्तिको कामना गरीएको थियो । पोखरा पर्यटन पूर्नजागरण समितिको आयोजनामा हिन्दु धर्म, बौद्धमार्गी, मुस्लिम, क्रिश्चियन, ओम शान्ति, हरेराम हरे कृष्ण लगायतका धर्म गुरुहरुले एकै ठाउँबाट स्वस्थीशान्ती गरेका हुन् ।
बिहान देखि नै पुजापाठ गरेर अघिल्लो वर्ष भूकम्प गए कै समयमा ५ मिनेट सामुहीक प्रार्थना समेत गरेका थिए । भुकम्पको कालो दिनको रुपमा स्मरण गर्दै आगामी दिनमा दुःख आपद् आइनपरोस भनी सबैधर्मका व्यतिmहरुलाई एकै ठाउँमा राखेर पुजा आयोजना गरेको संयोजक गणेश भट्टराईले जानकारी दिए ।
कार्यक्रमा विभिन्न व्यक्तिहरुले भूकम्पबाट पाठ सिकेर अझ उत्साहका साथ देश निमार्णमा लाग्नु पर्ने बताए ।
धर्मको गुरुहरु पोखरामा
धर्मको गुरुहरु पोखरामा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



