×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एक वर्षमा ठूलो भूकम्प जाँदैन : विज्ञ

  •  
  • आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एक वर्षअघि वैशाख १२ गते गएको भूकम्प भोलि पुनरावृत्ति हुने सम्भावना नरहेको विज्ञले बताएका छन् ।

    विगतमा पनि समयसमयमा भूकम्प गएका भएपनि ठीक एक वर्षमा त्यस खालको भूकम्प गएको नदेखिएको भन्दै एक वर्षको समयमा ठूलो भूकम्प आउँछ भन्ने हल्लाका पछाडि कुनै आधार नभएको प्रा डा हरिहर पौडेलले बताउनुभयो ।

    बनारस हिन्दु विश्वविद्यालयबाट सन् २००८ मा नेपालको भूकम्प र भूकम्पीय जोखिम विषयमा विद्यावारिधि गर्नुभएका पौडेलले भूकम्पको पूर्व घोषणा गर्न नसकिने भएपनि एक वर्षपछि सोही दिन ठूलो भूकम्प आउने सम्भावना भने नरहने बताउनुभयो ।

    भूकम्प विज्ञान विज्ञानमध्येकै कान्छो भएको तर भूकम्प मानिसको सबैभन्दा पुरानो दुश्मन भएको भन्दै उहाँले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको भएपनि यति नै बेला जान्छ भनेर घोषणा गर्न नसकिने बताउनुभयो ।

    नेपालमा यसअघि सबैभन्दा ठूलो भूकम्प वि।सं १९९० माघ २ गते दिनको २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको थियो । ८।४ रेक्टर स्केलको सो भूकम्पबाट आठ हजार ५१९ जनाको मृत्यु भएको थियो ।

    त्यसपछि वि।सं २०४५ भदौ ५ गते बिहान ४ बजेर ५४ मिनेट ३५ सेकेन्डमा नेपालको पूर्वी भाग उदयपुर जिल्लामा केन्द्रबिन्दु बनाएर गएको ६।६ रिक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु भएको थियो । वि।सं २०३७ साउन १४ गते बझाङ जिल्लामा गएको ६।४ रिक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु भएको थियो ।

    यसका अतिरिक्त विभिन्न समयमा सानातिना भूकम्पहरु गएको भएपनि नियमित भूकम्प भने नगएको उहाँले बताउनुभयो ।

    गतबर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिका ठूला पराकम्पनका कारण जमिनमुनिको भाग अत्यन्तै कमजोर भएकाकारण लामो समयसम्म पराकम्पन गइरहेको बताउँदै पौडेलले अझै केही समय पराकम्पन आइरहने बताउनुभयो ।

    नेपालको भूभागमा इन्डियन प्लेटसँग तिब्बती प्लेट निरन्तर ठोक्किइरहने कारणले ठूलो मात्रामा शक्ति सञ्चय हुन गएको र त्यही शक्ति भूकम्पको रुपमा बाहिर आउने हुनाले नेपालमा भूकम्पको सधैं जोखिम हुने गरेको उहाँले बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.