×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कतिपय भूकम्पपीडित अझै सरकारी सूची बाहिर

  •  
  • आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भूकम्प गएको करिब एक वर्ष पुग्नै लाग्दा बल्ल प्राधिकरणको संयोजनमा राहत वितरण भइरहेको छ

    भूकम्प गएको एक वर्ष पुग्न लाग्दा समेत प्रभावित जिल्लाका कतिपय पीडितको नाम अझै सरकारी सूचीमा छैन। सरकारी सूचीमा नपर्दा राहत पाउन कठिनाइ भोगेका पीडितहरुले कठ्यांगिद्रो जाडो पनि आफैले बनाएको अस्थायी टहरामुनि कटाए। तर अहिले उनीहरुलाई आउंदो बर्खायामसम्म पनि कुनै व्यवस्था नहुनेको कि भन्ने चिन्ताले सताएको देखिन्छ। त्यस्तै पीडा भोगिरहेको भूकम्पप्रभावित नुवाकोटको खरानीटार पुगेकी बीबीसीकी सहयोगी शक्तिमाया तामांगको रिपोर्ट।

    सरकारले नुवाकोटको खरानीटार गाविसमा राहत अनुदान वितरण यसै सातादेखि सुरु गरेको हो।

    गत वैशाख १२ गतेको विनासकारी भूकम्पबाट घर भत्केका खैरेनीटार गाविसका ४ सय ५७ परिवारले भूकम्प पीडितको परिचयपत्र पाएका थिए।

    भूकम्पले घर पूर्ण क्षति भएको तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेको पीडितको सूचीमा नाम नपरेकाहरु भने थप समस्यामा परेका छन्। सबैको घर भत्केकै हो, यहाँ कोहीले पाउने, कोहीले नपाउने काम भयो, कि हामी नेपाली नागरिक नै होइन भन्नु पर्यो हरिकृष्ण श्रेष्ठ, भूकम्पपीडित

    लाभग्राहीको सूचीमा नाम नपरेको र आफूलाई वास्तविक पीडित बताउने हरिकृष्ण श्रेष्ठ भन्छन्, “सबैको घर भत्केकै हो, यहाँ कोहीले पाउने, कोहीले नपाउने काम भयो, कि हामी नेपाली नागरिक नै होइन भन्नु पर्यो।”

    लाभग्राही सूचीमा नाम भएकाहरुलाई राहत रकम वितरण गर्न खरानीटर पुगेका स्थानीय विकास अधिकारी नाराणप्रसाद रिसालले वास्तविक पीडित भएकाहरुको नाम सूचिकृत गर्न छुटेको स्वीकार्दै उनीहरुलाई पनि समावेश गरिने बताए।

    उनले भने, “केहीको नाम छुटेका पाएका छौ, यसको लागि यहाँबाट हुंदैन हामी प्राधिरकणको कार्यालयमा भन्छौं।”

    लाभग्राहीको सूचीमा नाम छुटेका, जग्गा प्रमाणपत्र नभएका, घरमूलीको नाम फरक परेकालगायतका गुनासो संकलन गरी केन्द्रमा पठाइएको उप–क्षेत्रीय कार्यालय विदुरका निमित्त प्रमुख लालबहादुर बस्नेतले बताए।

    उनले भने, “सुझाव तथा गुनासोहरु संकलन गरेका छौं, समाधान गर्नुपर्छ भन्नेमा लागेका छौं, माथिल्लो निकायबाट नयां निर्देशन आएपछि नयां सम्झौता गर्छौं”।

    लाभग्राहीको सूचीमा देखिएको यस्तै समस्याका कारण अनुदान वितरणमा पनि ढिलाइ भइरहेको छ।

    यसले वर्षा लाग्नुभन्दा अगाडि नै स्थायी घरमा बस्ने आशा आशामै सीमित हुने हो कि भन्दै नुवाकोटको खरानीटारका बासिन्दाहरु चिन्तित बनेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.